+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
0/0
VS
लुम्बिनी लायन्स 2025
0/0
Shares

एमाले रुपन्देहीका सचिवले छाडे पार्टी, आइतबार रास्वपा प्रवेश गर्ने

कार्की एमाले उपाध्यक्ष विष्णु पौडेलका पूर्व स्वकीय सचिव रहेर लामो समयसँगै काम गरेका थिए ।

टोपराज शर्मा टोपराज शर्मा
२०८२ मंसिर २७ गते १४:०६

२७ मंसिर, बुटवल । नेकपा एमाले रुपन्देहीका सचिव एवं सैनामैना नगरपालिकाका पूर्व नगर प्रमुख चित्रबहादुर कार्की राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेका छन्  ।

कार्की एमाले उपाध्यक्ष विष्णु पौडेलका पूर्व स्वकीय सचिव रहेर लामो समय पार्टीमा काम गरेका लोकप्रिय नेता हुन् ।

भदौ २३ र २४ को जेन जी आन्दोलनमा सरकारले अनावश्यक दमन गरेर युवा विद्यार्थीको हत्या गरेकोमा असन्तुष्टी र विरोध जनाउँदै कार्कीले उतिबेलै एमाले परित्यागको घोषणा गरेका थिए । त्यस यता उनी एमाले पार्टी काममा फर्कएका थिएनन् ।

राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल, उपसभापति स्वर्णिम वाग्ले लगायत शीर्ष नेताहरुसँग संवाद र छलफलपछि उनले रास्वपा रोजेको बताए । रास्वपा रुपन्देहीका नेता सुदन ज्ञवालीले कार्कीलाई औपचारिक रूपमा पार्टी प्रवेश गराउन आइतबार सैनामैनामा वृहत पार्टी प्रवेश कार्यक्रम आया्जना गरिएको बताए ।

‘कार्कीलाई पार्टीमा स्वागत गर्न उपसभापति स्वर्णिम वाग्ले लगायतका नेताहरू रुपन्देही आउँदै हुनुहुन्छ,’ ज्ञवालीले भने ।

सामाजिक सञ्जाल बन्द, भ्रष्टाचार र परिवारवाद विरुद्ध तथा सुशासनका पक्षमा युवा विद्यार्थीले गरेको विद्रोहलाई तत्कालीन सरकार प्रमुख एवं एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारले बर्बरतापूर्वक दमन गरेर दर्जनौंको ज्यान जांदा समेत कुनै नैतिक जिम्मेवारी नलिएको, गल्ती स्वीकार नगरेको बरु मुलुकलाई ंथप द्वन्द्वतर्फ लैजाने अभिव्यक्ति दिइरहेकाले पार्टी परित्याग गरेको र राजनीतिक व्यक्ति भएकाले मुलुक निर्माणका लागि रास्वपा रोजेको कार्कीले प्रष्ट पारे ।

कार्की नगर प्रमुख हुँदा रुपन्देहीमा अन्तर पालिका सहकार्यमा फोहोर व्यवस्थापन,अन्तर पालिका सार्वजनिक यातायात,नगर चक्रपथ, बेघरबारलाई आवास,सरकारी विद्यालयमा कम्प्युटर शिक्षा लगायत नमूना काम र अवधारण अघि सारेका थिए ।

२०७९ को निर्वाचनमा विष्णु पौडेलको जितमा कार्कीको भूमिका महत्त्वपूर्ण थियो । कार्कीको एमाले परित्यागले रुपन्देही २ मा विष्णु पौडेललाई धक्का लाग्ने राजनीतिक विश्लेषकहरू बताउँछन् ।

लेखक
टोपराज शर्मा

शर्मा अनलाइनखबरका बुटवल संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?