0 Days
:
00 Hrs
:
00 Min
:
00 Sec
To
GO!
+
+
Shares

एमालेमा पुनर्गठन सुझाव संकलन गर्न कार्यतालिका तय

बैठकले प्रदेशगत रुपमा सुझाव संकलन गर्न कार्य तालिका तय गरेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ २६ गते १५:५६

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेले पार्टी पुनर्गठनका लागि आगामी ३० जेठदेखि १९ असारसम्म प्रदेशगत रूपमा सुझाव संकलन गर्ने भएको छ ।
  • उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदलले सुझाव संकलनका लागि कार्यतालिका तय गरेको हो ।
  • सुझाव संकलन कार्यक्रममा सम्बन्धित क्षेत्रका केन्द्रीय सदस्य, प्रदेश र जिल्ला पदाधिकारीहरू सहभागी हुनेछन् ।

२६ जेठ, काठमाडौ । नेकपा एमालेको पुनगर्ठनको सुझाव संकलन प्रदेशगत रुपमा गरिने भएको छ ।

उपाध्यक्ष रामबहादुर थापाको नेतृत्वमा गठित कार्यदलको आज बैठक बसेको थियो । बैठकले प्रदेशगत रुपमा सुझाव संकलन गर्न कार्य तालिका तय गरेको छ ।

महासचिव शंकर पोखरेलका अनुसार ३० जेठमा बागमती, २ असारमा कोशी, ४ असारमा लुम्बिनी, ६ असारमा सुदूरपश्चिम, ८ असारमा कर्णाली, १३ असारमा मधेश र १६ असारमा राजधानी प्रदेशमा सुझाव संकलन हुनेछ ।

१७ असारमा सम्पर्क समन्वय, १८ असारमा जनसंगठन र १९ असारमा विभाग प्रमुख र पदाधिकारीहरुबाट सुझाव संकलन हुनेछ । सुझाव संकलन भेलामा सम्बन्धित भूगोलमा रहेका केन्द्रीय सदस्य, प्रदेश पदाधिकारी र जिल्लाका पदाधिकारीहरु सहभागी हुनेछन् ।

सुझाव संकलन कार्यको सदस्य सचिव महासचिव पोखरेल रहने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?