+
+
Shares

एमालेको सचिवालय बैठक आज बस्दै

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार, आजको बैठकले पार्टीको आगामी रणनीति तथा नयाँ कार्यदिशा तय गर्नेछ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ असोज २४ गते ६:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एमालेको सचिवालय बैठक २४ असोजमा बस्नेछ र पार्टीको आगामी रणनीति तथा नयाँ कार्यदिशा तय गर्नेछ।
  • बैठकमा असोज २७ देखि २९ गतेसम्म बस्ने केन्द्रीय समितिको एजेण्डा तयारीबारे छलफल हुनेछ।
  • आइतबारको बैठक अविरल वर्षाका कारण स्थगित भएपछि आजको बैठक पुनः आयोजना गरिएको हो।

२४ असोज, काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ ।

एमाले केन्द्रीय कार्यालयका सचिव डा. भीष्म अधिकारीका अनुसार, आजको बैठकले पार्टीको आगामी रणनीति तथा नयाँ कार्यदिशा तय गर्नेछ ।

साथै आगामी असोज २७ गतेदेखि २९ गतेसम्म बस्ने तय भएको केन्द्रीय समिति बैठकको एजेण्डाको तयारीबारे छलफल समेत हुनेछ ।

यसअघि आइतबारका लागि तय गरिएको बैठक, अविरल वर्षासँगै आएको बाढी, पहिरो र डुबानका कारण स्थगित गरिएको थियो ।

यसअघि असोज १२ गते एमाले सचिवालय बैठक बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?