
२४ असोज, काठमाडौं । नेकपा एमालेले इतिहासमा स्थापित दलहरूलाई इन्कार गर्ने बाटोमा नजान वर्तमान सरकारलाई आग्रह गरेको छ ।
शुक्रबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग बोल्ने क्रममा उपमहासचिव प्रदीप ज्ञवालीले यस्तो आग्रह गरेका हुन् ।
‘इतिहासमा स्थापित दलहरूलाई इन्कार गर्ने बाटोमा नजानुहोला । त्यो पार लाग्ने बाटो पनि होइन । त्यसले हामीलाई कहीँ पुर्याउँदा पनि पुर्याउँदैन,’ ज्ञवालीले भने ।
उनले आफूहरू मित्रवत् हिसाबले अघि बढ्ने पनि जिकिर गरे ।
पार्टीको महाधिवेशनबारे भोलिसम्म बैठक सकेर छलफल गर्ने पनि बताए । ‘सरकार दलहरूलाई साथ लिने भन्दा पनि निषेधको बाटोमा हिँडिरहेको छ,’ ज्ञवालीले भने ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4