
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाल बुद्धिजिबी परिषद्ले नेकपा एमालेको दोस्रो विधान महाधिवेशनका लागि गुगल सर्वेक्षणमार्फत् संगठनात्मक संरचना र पार्टी कार्यक्रमसम्बन्धी अभिमत संकलन गरिरहेको छ।
- परिषद्ले ७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने वा नहटाउने विषयमा खुला सर्वेक्षण गरिरहेको छ र केन्द्रीय कमिटीले दुवै व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ।
- परिषद्का अध्यक्ष गजेन्द्र थपलियाले भने, 'एमाले जनताको अभिमतबाटै यहाँसम्म आइपुगेको हो' र पार्टी कार्यकर्तासँगै जनताको अभिमत संकलन गर्ने तयारी भइरहेको छ।
२२ साउन, काठमाडौं । नेपाल बुद्धिजिबी परिषदले नेकपा एमालेको दोस्रो विधान महाधिवेशनमा प्रस्तुत गरिने विधानका अन्तर्वस्तुहरूमाथि गुगल सर्वेक्षण गरिरहेको छ ।
गुगल फारम मार्फत् सर्वेक्षण गरिरहेको हो । फारममा संगठनात्मक संरचनादेखि पार्टी कार्यक्रम जनताको बहुदलीय जनवाद (जबज) बारे समेत अभिमत लिन खोजिएको छ ।
७० वर्षे उमेर हद र दुई कार्यकालको व्यवस्था हटाउने वा नहटाउने विकल्पमा पनि सर्वेक्षण गरिएको छ । केन्द्रीय कमिटीले यो दुवै व्यवस्था हटाउने प्रस्ताव अनुमोदन गरेको छ ।
तर बुद्धिजिबी परिषद्ले यी प्रस्तावहरु खुला गरेर सर्वेक्षण गरिरहेको छ । आयोजक महाधिवेशनको स्वतः प्रतिनिधि हुने वा नहुने, ३३ प्रतिशत महिला पर्याप्त छ वा छैन, पदाधिकारी संख्या कति बनाउने जस्ता विषयमा पनि सर्वेक्षण गरिरहेको छ ।
परिषदका अध्यक्ष गजेन्द्र थपलिया नागरिकको अभिमत संकलन गर्नका निम्ति सर्वेक्षण विधि अपनाइएको बताउँछन् । ‘एमाले जनताको अभिमतबाटै यहाँसम्म आइपुगेको हो । जनताको अभिमत कस्तो छ भन्ने परीक्षण गरिरहनुपर्छ’ उनी भन्छन्, ‘पार्टीको विधान महाधिवेशन पनि हुँदै गरेकाले पार्टी कार्यकर्तासँगै जनतको अभिमत पनि संकलन गरेर बुझाउने तयारी गरेका हौं ।’
प्रतिक्रिया 4