
कांग्रेसका उम्मेदवार आनन्द श्रेष्ठ (बाँया) र एमालेका उम्मेदवार दलबहादुर थापा
२३ कात्तिक, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका–१, को वडाध्यक्षमा हुने उपचुनावका लागि नेपाली कांग्रेस र नेकपा एमालेले उम्मेदवार टुंग्याएका छन् ।
कांग्रेसले आनन्द श्रेष्ठलाई वडाध्यक्षको उम्मेदवार बनाउने निर्णय गरेको छ । ३५ वर्षीय श्रेष्ठ तरुण दलमा राजनीति गरेका युवा नेता हुन् ।
एमालेले दलबहादुर थापालाई वडाअध्यक्षको उम्मेदबार बनाउने निणर्य गरेको छ । उनले २०७४ को चुनावबाट वडा सदस्य जितेका थिए । अन्य दलले भने उम्मेदवार टुंग्याउन बाँकी छ ।
२०७९ को चुनावमा यो वडाको अध्यक्षमा कांग्रेसबाट मोहन घिमिरे निर्वाचित भएका थिए । घिमिरेको २ भदौ २०८० मा धिन भएकाले उपचुनाव हुन लागेको हो । उपचुनाव हुने वडामा ३ हजार ८०८ मतदाता छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4