+
+
Shares

एमालेले एनआरएनएलाई दलीय हितमा प्रयोग गर्दैन : प्रधानमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख ३१ गते १३:५३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संगठनलाई दलीय हितमा प्रयोग नगर्ने प्रतिबद्धता व्यक्त गरे।
  • उनले विधिसम्मत क्रियाकलापमा मात्र अघि बढ्न र स्वेच्छाचारिता नदेखाउन आग्रह गरे।
  • गैरआवासीय नेपाली संगठनलाई नेपालको र डायस्पोराको हितमा मात्रै प्रयोग गर्नुपर्ने बताएका छन्।

३१ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेकपा एमालेले गैरआवासीय नेपाली संगठन (एनआरएनए) लाई दलीय हितमा प्रयोग नगर्ने बताएका छन् ।

बुधबार काठमाडौंमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को विश्व सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले गैरआवासीय नेपाली संगठनलाई एमालेले डायस्पोरा र देशको हितमा मात्रै प्रयोग गर्ने प्रतिबद्धता जनाए ।

‘विधि सम्मत क्रियाकलापमा सरकारको सधैँ साथ रहन्छ । मेरो पनि साथ रहन्छ । नेकपा एमाले जसको अध्यक्ष म छु, त्यस पार्टीको पनि विधिसम्मत कुरामा साथ रहन्छ,’ अध्यक्ष ओलीले भने, ‘नेकपा एमालेले गैर आवासीय नेपाली संगठनलाई आफ्नो हितमा, दलीय हितमा प्रयोग गर्नेछैन । डायस्पोराको हितमा र देशको हितमा प्रयोग गर्नेछ ।’

अहिलेको विश्व विधिको भएकाले विधि तोडेर अगाडि जानेकुरा स्वेच्छाचारिता हुने जिकिर प्रधानमन्त्री ओलीले गरे ।

‘विधिसम्मत ढंगले तपाईंहरू चल्नुस् । यो विधिको दुनियाँ हो । विधिको जमाना हो । विधि तोडेर यस जमानामा अगाडि जान्छु भन्ने कुरा त स्वेच्छाचारिता हुन्छ, त्यसो गर्न हुँदैन,’ प्रधानमन्त्री ओलीले भने, ‘यस संस्थाको अस्तित्व रक्षाका लागि यस कन्क्लेभले निष्कर्ष निकालोस् । यस संस्थालाई पोल्टिकल पार्टीका जनवर्गीय संगठन बन्नबाट बचाउनका लागि, यस संस्थालाई अरु कसैको बेनिफिटका लागि प्रयोग हुनेकुराबाट जोगाएर समग्र नेपाली डायस्पोरा र नेपालको हितमा काम गर्ने, समर्पित हुने संस्थाको रुपमा अघि बढाउन तपाईंहरु सफल हुनुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?