+
+
Shares

केपी ओलीका सामू लम्पसार पर्न तयार हुनेहरू गए हुन्छ : माधव नेपाल

‘एमाले विरुद्ध विद्रोहको औचित्य छैन भन्‍ने कुरामा  कुनै दम छैन । हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको पछि लम्पसार पर्नु बाहेक केही होइन।’  उनले भने ।

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १२ गते १३:२९
तस्वीर : चन्द्रबहादुर आले/अनलाइनखबर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकताको कुरा गर्ने नेताहरूलाई पार्टी छोडेर जान चुनौती दिएका छन्।
  • नेपालले एमालेविरुद्ध विद्रोहको औचित्य थिएन भन्‍ने नेताहरू केपी ओलीका सामू लम्पसार तयार भएको टिप्पणी गरेका छन्।
  • उनले पार्टी खोलेर कुनै गल्ती नगरेको र चुनौतीको सामना गर्नुपर्छ भनेका छन्।

१२ कात्तिक, काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँग एकताको कुरा गर्ने नेताहरूलाई संकेत गर्दै पार्टी छोडेर जान चुनौती दिएका छन् ।

बुधबार पार्टी केन्द्रीय समितिको बैठकमा उनले एमालेविरुद्ध विद्रोहको औचित्य थिएन भन्‍ने नेताहरूलाई केपी ओलीका सामू लम्पसार तयार भएको टिप्पणी गरेका हुन् ।

पार्टीभित्र सम्मानित नेता झलनाथ खनाललगायतका नेताहरूले एमालेसँगको विद्रोहको औचित्य अझै पुष्टि हुन नसककेको भन्दै प्रश्न उठाइरहेका थिए ।

‘एमाले विरुद्ध विद्रोहको औचित्य छैन भन्‍ने कुरामा  कुनै दम छैन । हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ । विद्रोहको औचित्य थिएन भन्नु केपी ओलीको पछि लम्पसार पर्नु बाहेक केही होइन।’  उनले भने ।

उनले एकीकृत समाजवादी पार्टी खोलेर कुनै गल्ती नगरेको बताए ।  ‘चुनौती आइरह्नछन्। ती चुनौतीको सामना गर्नुपर्छ। हामीले चुनौतीको समाना गरेका थियौं।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?