News Summary
Generated by OK AI. Editorially reviewed.- नेकपा एमालेले प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ।
- एमालेको टोली निर्वाचन आयोग प्रमुख निरज आचार्यसहित आयोग पुगेको छ।
- फागुन २१ गतेका लागि तय भएको निर्वाचनमा भाग नलिने निर्णय गरे पनि एमालेले समानुपातिक उम्मेदवारको नाम टुंगो लगाएको छ।
१४ पुस, काठमाडौँ । नेकपा एमाले पनि प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउन निर्वाचन आयोग पुगेको छ ।
एमालेको निर्वाचन आयोग प्रमुख निरज आचार्यसहितको टोली अहिले निर्वाचन आयोग पुगेको छ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि समानुपातिकतर्फको बन्द सूची बुझाउने आज अन्तिम दिन हो ।
फागुनको निर्वाचनमा भाग नलिने निर्णय गरेर निर्वाचनकै तयारी गरिरहेको एमालेले आइतबार समानुपातिकतर्फका उम्मेदवारको नाम टुंगो लगाएको थियो । आयोगले रसिद काट्ने र कार्यालय परिसर प्रवेश गर्ने दलहरूलाई बन्दसूची बुझाउन दिइने जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
यो पनि
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4