
२५ पुस, काठमडौं। नेकपा एमालेले शैक्षिक संस्थामा तालाबन्दी, बन्द, हड्ताल नगर्ने निर्णय गरेको छ ।
शैक्षिक संस्थाहरूलाई हड्तालमुक्त क्षेत्र घोषणा गर्न र प्राज्ञिक वातावरण बनाउन सरकारलाई अपिल गरिएको एमाले शिक्षा तथा मानव स्रोत विभाग प्रमुख पार्वति रावलले बताइन् ।
‘शैक्षिक संस्थामा बन्द हड्ताल नगर्न माग गरेका छौँ । गुनासो सुन्ने युनिट राखेर समस्या समाधान गर्नुपर्छ। तालाबन्दी, बन्द, हड्ताल गरेरे होइन,’ उनले भनिन् ।
शैक्षिक संस्थामा बन्द हड्ताल गर्दा विद्यार्थी र अभिभावकमा नराम्रो असर परेको एमालेको ठहर छ ।
एमालेको हालै केन्द्रीय कमिटीको आठौं बैठकले पनि शैक्षिक संस्थामा अड्ताल नगर्ने प्रस्ताव पारित गरेको छ।
‘विश्वविद्यालय तथा शैक्षिक संस्थाहरुमा भइरहेका बन्द, हड्ताल र अवरोधका घटनाहरुप्रति गहिरो चिन्ता व्यक्त गर्दछ । यो बैठक त्यस्ता शैक्षिक संस्थाहरुलाई हडतालमुक्त क्षेत्र घोषणा गर्न र स्वस्थ प्राज्ञिक वातावरण निर्माणका लागि प्रभावकारी भूमिका खेल्न सरकारसँग आग्रह गर्दछ । सम्बद्ध विद्यार्थी, प्राध्यापक र कर्मचारी सङ्घसंस्थाहरुलाई यस अभियानमा सकारात्मक योगदान गर्न आह्वान गर्दछ,’ एमालेले पारित गरेको प्रस्तावमा भनिएको छ।
प्रतिक्रिया 4