
११ असार, काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी सदस्य डा. विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिनाको निलम्बन फुकुवा गरेको छ ।
बुधबार बसेको पार्टीको सचिवालय बैठकले सो निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
भाटभटेनी सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरूङबाट दानमा जग्गा लिने विषयमा प्रश्न उठाएका थिए । पार्टी निर्णयप्रति सार्वजनिक रुपमा विरोध गरेको भन्दै गत ६ कात्तिकमा उनीहरूलाई स्पष्टीकरण सोधिएको थियो ।
पाण्डे र तिम्सेनाले १२ कात्तिकमै स्पष्टीकरण पनि बुझाएकी थिइन् ।
तर, चित्तबुझ्दो जवाफ नआएको भन्दै १० पुसको सचिवालय बैठकले निलम्बनको निर्णय गरेको थियो ।
उनीहरूसहित पार्टीले भीम रावललाई पनि स्पष्टीकरण सोधेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय

सम्बन्धित खबर
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4