Comments Add Comment

कालोबजारी

List Grid
बजारमा ल्यापटप अभाव, यही मौकामा कालोबजारी

२२ साउन, काठमाडौं । बुढानीलकण्ठमा सफ्टवेयर डिजाइन कम्पनी खोलेका आकाश बज्राचार्यले राम्रो गुणस्तरका छवटा ल्यापटप खोजेको १५ दिन भयो । काठमाडौंका अधिकांश कम्प्युटर पसल र सप्लायर्स चाहारिसकेका उनी ल्यापटपहरुकै अभावमा नयाँ कम्पनी संचालनमा ढिला हुने पीरमा छन् । अहिले बजारमा राम्रा कम्पनीका ल्यापटप मात्र होइन, एसेसरिजको पनि अभाव छ । कम्प्युटर पसलहरुमा भीडभाड छ, तर […]

धरौटी बुझाएर छुट्नेबित्तिकै पक्राउ परे सुलभ अग्रवाल

१८ वैशाख, काठमाडौं । कालोबजारीसम्बन्धी मुद्दामा काठमाडौं जिल्ला अदालतबाट धरौटीमा रिहा भएका व्यवसायी सुलभ अग्रवाल पुन: पक्राउ परेका छन् । अदालतमा २५ लाख ५० हजार रुपैयाँ धरौटी बुझाएर रिहा हुनेबित्तिकै उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले पक्राउ गरेको हो । उनीमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी विषयमा पनि अनुसन्धान गर्नुपर्ने भएकाले पक्राउ गरिएको परिसरका प्रवक्ता डीएसपी होविन्द्र बोगटीले […]

संकटका बेला स्वास्थ्य सामग्रीमा नाफाखोरी !

१६ वैशाख, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन लकडाउन भएको आज ३६ औं दिनमा लाखौँ करोडौं लगानीका हजारौं व्यवसाय ठप्प छन् । अत्यावश्यक सेवा भएकाले औषधि पसल र मेडिकल सप्लायर्सहरुले २४ घण्टा व्यवसाय गर्ने छुट पाएका छन् । तर यही मौकामा कतिपयले कालोबजारीको धन्दा चलाएका छन् । कमजोर अनुगमनको फाइदा उठाउँदै उपभोक्ता […]

शुलभ अग्रवाललाई चार वटा मुद्दा चलाउन प्रहरीको सिफारिस

१४ वैशाख, काठमाडौं । थर्मल गन कालोबजारी गरेको आरोपमा पक्राउ परेका शंकर ग्रुपका सञ्चालक शुलभ अग्रवाललाई चार वटा मुद्दा चलाउन प्रहरीले सिफारिस गरेको छ । महानगरीय प्रहरी परिषद् काठमाडौंले अनुसन्धान प्रतिवदेन सरकारी वकिलको कार्यालयलाई बुझाएको छ, जसमा उनलाई कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन, २०३२अनुसार कालोबजारी, नाफाखोरी, जामाखोरी तथा कृत्रिम अभावको मुद्दा […]

व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न अनुमति

७ वैशाख, काठमाडौं । कालोबजारी गरेको आरोपमा पक्राउ परेका व्यवसायी सुलभ अग्रवाललाई थप १० दिन थुनामा राख्न जिल्ला प्रशासन कार्यालयले प्रहरीलाई अनुमति दिएको छ । ज्वरो नाप्ने थर्मल गनको कालोबजारी गरेको आरोपमा सुलभ गत चैत २५ गते पक्राउ परेका थिए । कालोबजारी गरेको कसुरमा उनीमाथि अनुसन्धान गर्न यसअघि प्रशासन कार्यालयले पहिलो पटक ७ दिन र […]

दरबारमार्ग प्रहरीको हिरासतमा राखिए व्यवसायी अग्रवाल

२५ चैत, काठमाडौं । कोरोना (कोभिड–१९) भाइरसको महामारी फैलिएका वेला स्वास्थ्य सामग्रीमा कालोबजारी गरेको आरोप लागेका व्यवसायी सुलभ अग्रवाललाई महानगरीय प्रहरी वृत्त, दरबारमार्गको हिरासतमा राखिएको छ । नियमित स्वास्थय परीक्षणका लागि वीर हस्पिटल लगेपछि उनलाई दरबारमार्ग प्रहरीको हिरासतमा राखिएको हो । महानगरीय प्रहरी परिसर, काठमाडौंका डीएसपी होविन्द्र बोगटीले अनलाइनखबरसँग भने, ‘टेकुको हिरासतमा धेरै मानिसहरु भएकाले […]

लाखको लोभले हिरासत पुगे अर्बपति अग्रवाल

२५ चैत, काठमाडौं । नेपाल एयरलाइन्सको चार्टर्ड विमानमा स्वास्थ्य सामग्री लिनका लागि शनिबार चीनको ग्वान्झाओतर्फ उड्यो । प्रारम्भमा विमानले २२ टन स्वास्थ्य सामग्री ल्याउने भनिए पनि फर्किँदा ७.५ टन सामान मात्र आयो । जसमा मंगलबार दिउँसो पक्राउ परेका शंकर ग्रुपका मालिक सुलभ अग्रवालसहित चौधरी ग्रुप, नर्भिक अस्पताल र अन्य मेडिकल सप्लायर्सका सामग्री थिए । यद्यपि, […]

कूटनीतिक नियोगको गाडी चढेर कालोबजारी !

२५ चैत, काठमाडौं । मंगलबार ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेको आरोपमा शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ परे । पाँच हजार रूपैयाँ पर्ने थर्मल गन १५ हजार रूपैयाँमा बिक्री गर्न खोजेको प्रहरीको दाबी छ । प्रहरीले उनको साथबाट ६७ थान थर्मल गन पनि बरामद गरेको छ । शंकर ग्रुपले शनिबार मात्रै चीनको ग्वान्झाओबाट सात […]

शंकर ग्रुपका मालिक सुलभ अग्रवाल पक्राउ, कालोबजारीको आरोप

२५ चैत, काठमाडौं । शंकर ग्रुपका मालिक सुलभ अग्रवाल कालोबजारीको आरोपमा पक्राउ परेका छन् । महानरीय प्रहरी अपराध महाशाखाको टोलीले उनलाई मंगलबार दिउँसो नक्सालबाट पक्राउ गरेको हो । प्रहरीकाअनुसार उनले ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेका थिए । पाँच हजार रुपैयाँ पर्ने थर्मल गन १५ हजार रुपैयाँमा बिक्री गर्न खोजेको आरोप छ । […]

कालोबजारी रोक्न सरकारले सहुलियत पसल सञ्चालन गर्ने

४ चैत, काठमाडौं । सरकारले सहुलियत पसल सञ्चालन गर्ने भएको छ । नोवेल कोरोना भाइरस (कोभिड-१९)का कारण बजारमा अत्यावश्यक बस्तुमा भएको कालोबजारी रोक्न पसल सञ्चालन गर्न लागेको हो । संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता समितिमा सांसदहरुको प्रश्नको जवाफ दिदै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङमार्फत […]

पेट्रोल कालोबजारी गर्ने ६ जना पक्राउ

७ मंसिर, महोत्तरी । महोत्तरीमा पेट्रोलियम पदार्थमा कालोबजारी गर्ने ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय महोत्तरीले गौशाला नगरपालिकामा गरेको अनुगमनको क्रममा उनीहरु पक्राउ परेका हुन् । अनुगमन टोलीले गौशाला बजार आसपासमा रहेको पेट्रोल पम्पमा अनुगमन गर्ने क्रममा प्लास्टिकका बोतलमा पेट्रोलियम पदार्थ बिक्री गरिरहेको अवस्थामा बिक्री वितरणमा संलग्न ६ जनालाई पक्राउ गरेको […]

तरकारीको भाउ छोइनसक्नु, व्यापारी भन्छन्- अझै बढ्छ

३१ साउन, काठमाडौं । एकसाता अघिमात्रै प्रतिकिलो ४५ रुपैयाँमा भिण्डी खरिद गरेका उपभोक्ता मंगलवार त्यही भिण्डी प्रतिकिलो ८५ रुपैयाँमा किन्न बाध्य भए । किन यस्तो भनेर सोध्दा ब्यापारीहरु भन्छन्- मधेसमा बाढी आएकाले । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अघिल्लो मंगलवार भिण्डी खुद्रामा प्रतिकिलो ४० रुपैयाँमा कारोबार भएको थियो । त्यही भिण्डीको मूल्य […]

राजविराजमा कालोबजारी गर्ने उमेशप्रसाद पक्राउ

२८ माघ, सप्तरी । सप्तरीको राजविराजस्थित आदर्श स्विट सेन्टरका सञ्चालक उमेशप्रसाद साह कालोबजारी गरेको आरोपमा बिहीबार पक्राउ परेका छन् । राजविराज नगरपालिका–३ स्थित मुख्य सडकमै रहेको आदर्श स्विट सेन्टर पसलमा सडेगलेको अवस्थामा बासी समोसा (सिङ्गडा) लाई ताजा राम्रो समोसा हो भनी बेचबिखन गर्ने ४२ वर्षीय साहलाई प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक दानबहादुर कार्कीले बताए । […]

कालोबजारीमा संलग्न दास पक्राउ

७ भदौ, सप्तरी। कालोबजारी गरी बढी मूल्य लिएर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको आरोपमा स्थानीय व्यापारी रञ्जित दासलाई आज प्रहरीले पक्राउ गरेको छ । बोरिया गाविस–७ घर भई हाल राजविराज–६ निवासी ३० वर्षीय दासले आफ्नै धान गोदाममा लुकाइराखेको करिब २३ लि पेट्रोल ग्राहकसँग बढी मूल्य लिएर बिक्री वितरण गरेको पाइएपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक दानबहादुर […]

पेट्रोलः बजारमा फालाफाल, पम्पमा हाहाकार

१४ वैशाख, रौतहट । रौतहटका पेट्रोल पम्पहरुको प्रभावकारी अनुगमन नहुँदा पेट्रोलियम पदार्थको कालोबजारी बढेको छ । रौतहटका पम्पहरुमा ‘पेट्रोल छैन’ भन्ने सूचना टाँसिएको देखिन्छ तर पम्प अगाडि नै बोतलमा राखेको खुल्ला पेट्रोल महंगो मूल्यमा किनबेच भइरहेको हुन्छ । एकसाता अघिदेखि जिल्लाका पम्पहरुमा पेट्रोल अभाव भएको हो । डिजल भने सबैजसो पम्पहरुले वितरण गरिरहेका छन् । […]