Comments Add Comment

कृषि मन्त्रालय

List Grid
रासायनिक मल खरीदमा कृषि सामग्री कम्पनीलाई एक अर्ब ६ करोड बढी निकासा

४ भदौ, काठमाडौं । अनुदानको रासायनिक मल खरिद गर्दा कृषि मन्त्रालयले कृषि सामग्री कम्पनीलाई बढी रकम निकासा दिएको खुलासा भएको छ । शुक्रबार ५८ औं वार्षिक प्रतिवेदन सार्वजनिक गर्दै महालेखा परीक्षकको कार्यालयले मल आयातको परिणामभन्दा झण्डै सवा अर्ब रुपैयाँ भन्दा बढी रकम कम्पनीलाई निकासा दिएर असुल नगरेको जनाएको छ । आर्थिक वर्ष २०७५/७६ मा ९ […]

कृषि मन्त्रालय : मन्त्री नियुक्त भएन, सचिवले अवकाश पाए

२१ साउन, काठमाडौं । नयाँ सरकार गठन भएको तीन हप्ता पूरा भइसक्दा पनि विभागीय मन्त्री नपाएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा उच्च तहका कर्मचारीको पद पनि रिक्त भएको छ । मन्त्रालयमा एक सचिव पद रिक्त छ भने तीन वटा महत्वपूर्ण महाशाखासमेत नेतृत्वविहीन भएको छ । उमेर हदका कारण कृषि विकास तर्फका सचिव र दुई सहसचिव […]

न रासायनिक मल आयो, न ठेकदारलाई कारबाही भयो

१४ साउन, काठमाडौं । गहुँको मुख्य सिजन र बेमौसमी मकै बालीको लागि यो वर्ष देशभर एक लाख ५० हजार मेट्रिकटन रासायनिक मल चाहिने अनुमान छ । तर मल खरिद र बिक्रीको जिम्मा पाएको कृषि सामाग्री कम्पनी लिमिटेड र साल्ट ट्रेडिङकाअनुसार हालसम्म सो समयका लागि ३० हजार मेट्रिकटन मल मात्रै आउने निश्चित भएको छ । विभिन्न […]

प्रदेश १ ले अवलम्बन गर्‍यो ‘संरक्षित कृषि, सुरक्षित बचत’ नीति 

४ असार, काठमाडौं । केन्द्रीय कृषि मन्त्रालयले मस्यौदा गर्दै गरेको ‘संरक्षित कृषि, सुरक्षित बचत’को नीतिलाई प्रदेश १ सरकारले पनि अबलम्बन गरेको छ । आर्थिक वर्ष २०७८/७९ को नयाँ बजेटमा सो नीति समावेश गरेर कृषि कार्यक्रम डिजाइन गरिएको प्रदेश १ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री रामबहादुर मगरले जानकारी दिए । किसानलाई कृषिमा टिकाउन उक्त नीति […]

हेपिएको कृषि मन्त्रालय : ३ वर्षमा ४ मन्त्री

३१ जेठ, काठमाडौं । बिहीबार नवनियुक्त कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहले तीन वर्षमा चौथो मन्त्रीको रुपमा कार्यभार सम्हालिन् । मन्त्रालयको नयाँ राजनीतिक नेतृत्व आउँदा केही निर्णय गर्ने प्रचलन छ, तर त्यस्तो कुनै निर्णय गर्ने फाइल मन्त्री साहको टेबलमा तयार थिएन । कृषि सचिव डा. योगेन्द्रकुमार कार्कीका अनुसार, मन्त्रीले सौहाद्र्धपूर्ण रुपमा पदभार ग्रहण गरिन् अनि […]

नयाँ बजेटमा कृषकका सुविधा कटौती !

९ वैशाख, काठमाडौं । देशको ठूलो हिस्सा आज पनि कृषिमा निर्भर छ । मुलुकको पालनपोषण गर्ने भरपर्दो क्षेत्र कृषि नै हो । त्यसैले नेपाल आज पनि कृषिप्रधान देश भनेर मानिन्छ । तर आगामी आर्थिक वर्षको बजेटमा कृषकले पाउने सेवासुविधा कटौती हुने भएको छ । अर्थ मन्त्रालयले नयाँ बजेटमा कृषिले पाउने बजेट सीमा घटाइदिएपछि नियमित कार्यक्रम […]

रासायनिक मलको अभाव हुँदैन : कृषि मन्त्रालय

२० फागुन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले रासायनिक मलको अभाव नहुने बताएको छ । बिहीबार पत्रकार सम्मेलन गरेर मन्त्रालयले अहिलेदेखि आगामी असार, साउन र भदौसम्मका लागि किसानले मल पाउने अवस्था बनेको दाबी गरेको हो । यो वर्ष एक लाख ८७ हजार मेट्रिकटन वितरण भइसकेको, एक लाख ६२ हजार मेट्रिकटन रासायनिक मल मौज्दात रहेको […]

मल नल्याउने ठेकदारलाई कारबाही नगर्न मन्त्रालयबाटै नीतिगत निर्णय !

५ माघ, काठमाडौं । ठेक्का हत्याएर तोकिएकै समयमा रासायनिक मल नल्याउने मुक्तिनाथ कृषि कम्पनीलाई कारबाही नगर्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयले नीतिगत निर्णय गरेको खुलेको छ । मल नल्याउने ठेकदारविरुद्ध आक्रामकरुपमा प्रस्तुत भएका तत्कालीन कृषिमन्त्री घनश्याम भुसाल मन्त्रालयबाट बाहिरिएपछि ठेकदार जोगाउन मन्त्रालय लागेको पाइएको हो । ‘पुस १४ गते मन्त्रालयका सचिव डा. योगेन्द्र कार्कीको संयोजकत्वमा […]

कृषि मन्त्रालयको पहिलो चौमासिक प्रगतिको समीक्षा

२३ मंसिर,काठमाडौं । चालु आर्थिक वर्षको प्रथम चौमासिकमा कुल ७५ प्रतिशत प्रगति हासिल भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । यस अवधिमा वित्तिय प्रगति ७० प्रतिशत, चालु खर्च ७३ र पूँजीगत खर्चको प्रगति २७ प्रतिशत रहेको मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डा. हरिबहादुर केसीले जानकारी दिए । समीक्षा अवधिमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यन्वन, […]

कृषि मन्त्रालयको निष्कर्ष : नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव छ

३० असोज, काठमाडौं । कृषि मन्त्रालयको अध्ययन कार्यदलले नेपालमै रासायनिक मल कारखाना खोल्न सम्भव भएको निष्कर्ष निकालेको छ । कृषि मन्त्रालयका सचिव राजेन्द्र प्रसाद भारीको संयोजकत्वमा मन्त्रालयले गठन गरेको कार्यदलले बिहीबार सो सम्बन्धी प्रारम्भिक अध्ययन प्रतिवेदन कृषिमन्त्री घनश्याम भुसाललाई बुझाएको छ । प्रारम्भिक प्रतिवेदनमा नेपालमा रासायनिक मल कारखाना खोल्न सम्भव रहेको र थप विस्तृत प्राविधिक […]

अनुदानमा मल वितरण गर्ने निर्देशिकामाथि संसदीय समितिको प्रश्न

२३ असोज, काठमाडौं । संसदको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले अनुदानमा मल वितरण गर्ने निर्देशिकामाथि प्रश्न उठाएको छ । समितिले कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई पत्र लेखी अनुदानमा मल वितरण गर्ने निर्देशिकाको कानुनी स्रोत के हो भनी सोधेको छ । संसदबाट पारित ऐन भन्दा बाहिर गएर कृषि मन्त्रालयले आफैँ निर्देशिका बनाएर मल वितरण गर्दै […]

सेवानिवृत्त हाकिमको घरमा डीडीसीको बिग्रेको घिउ !

१३ असोज, काठमाडौं । तीन साताअघि काठमाडौंको बुद्धनगरस्थित एक डेरीमा कृषि मन्त्रालयका पूर्वसहसचिव तुलसी गौतमले एक लिटर तयारी घिउ किने । उनले सरकारी स्वमित्वको दूग्ध विकास संस्थान (डीडीसी) ले बजार पठाएको पाँच–पाँच सय एमएलको दुई प्याकेट घिउ किनेका थिए । एउटा प्याकेटको उत्पादन मिति २०७७ वैशाख २३ र अर्कोको ३१ गते थियो । घरमा प्याकेट […]

महामारीसँगै धान उत्पादनमा लाग्नुको विकल्प छैनः कृषि सचिव

१५ असार, काठमाडौं । कृषि मन्त्रालयका सचिव राजेन्द्रप्रसाद भारीले महामारीका रुपमा फैलिएको कोरोना (कोभिड–१९) भाइरसका कारण केही समस्या भए पनि धान उत्पादनलाई रोक्नु नहुने बताएका छन् । राष्ट्रिय धान दिवसका अवसरमा आयोजित कार्यक्रममा सहभागी हुन कृषि अनुसन्धान परिषद्, खुमलटार पुगेका भारीले अनलाइनखबरसँग भने, ‘महामारीसँगै धान उत्पादनमा लाग्नुको विकल्प छैन ।’ उनले कृषिकलाई प्रोत्साहन होस् भन्ने […]

कृषि मन्त्रालयले भन्यो : नेपाल आएको सलहको बथान सानो छ, नआत्तिनुस्

१४ असार, काठमाडौं । भारतमा सलह किराको ठूलो बथान सक्रिय भएकाले त्यसको गतिविधिमा निगरानी गर्न नेपाल सरकारले संयुक्त राष्ट्र संघ र भारतीय अधिकारीहरूसँग समन्वय गर्ने भएको छ । कृषि मन्त्रालयमा आइतबार विज्ञहरूसँगको छलफलपछि कृषिमन्त्री घनश्याम भुसालले यो जानकारी दिएका हुन् । विज्ञहरूले भारतको राजस्थानबाट सलह किराको अझै ठूलो मुभमेन्ट हुने देखिएको जानकारी गराएका थिए । […]

कृषि मन्त्रालयको बजेट ७ अर्बले बढ्यो

१५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७७/७८ मा कृषि क्षेत्रका लागि  ४१ अर्ब ४० रुपैयाँ विनियोजन गरेको छ । चालु आर्थिक वर्षको भन्दा सात अर्बले बढी हो । बिहीबार प्रतिनिधिसभामा बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनालाई संघ, प्रदेश र स्थानीय तहमार्फत परिचालन गर्ने नीति लिएको समेत बताएका छन् । […]

कृषिको वर्तमान चुनौती र प्राथमिकता

कृषि विकासका लागि हामीले २० वर्षको कृषि रणनीति बनाएका थियौ‌ं । त्यो योजनामा मकै, डेरी, तरकारी, चिया र मुसुरोको उत्पादनलाई प्राथमिकतामा राखिएको थियो । तर, हाल प्राथमिकता फेरिएका छन् । पछिल्लो समय बढ्दो कृषि उपजको आयातलाई हेर्दा सरकारको प्राथमिकता प्रमुख खाद्यान्न बाली उत्पादनमा हुनुपर्ने देखिन्छ । जुन खाद्य सुरक्षा र आयात प्रतिस्थापनका लागि पनि महत्वपूर्ण […]

नयाँ बजेट सिलिङमा कृषि मन्त्रालय असन्तुष्ट

२३ वैशाख, काठमाडौं । कोरोनाका कारण अर्थतन्त्र शिथिल बनिरहेको बेला कृषि क्षेत्रलाई सरकारले मुख्य प्राथमिकता बनाउनुपर्ने आवाज उठिरहेको छ । आयातमा निर्भर अर्थतन्त्र र कोरोना महामारीका कारण बिग्रिएको विश्व आपूर्ति व्यवस्थामा एक हिस्साको रुपमा रहेको नेपालले ठूलो मूल्य चुकाउनु पर्ने पूर्वआकलन स्वयं कृषिमन्त्री घनश्याम भुसालले गरेका छन् । वैदेशिक रोजगारीबाट फर्कनेहरू बढ्दा र हरेक वर्ष […]

कृषि मन्त्रालयको प्रस्ताव थन्क्याएर ढुवानी अनुदानको निर्णय

२२ वैशाख, काठमाडौं । वैशाख १४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपन्छीजन्य उत्पादन नजिकको बजारसम्म पुर्‍याउँदा लाग्ने ढुवानी खर्चमा किसानलाई २५ प्रतिशत अनुदान दिने निर्णय गर्‍यो । कोरोना पीडितका लागि मन्त्रिपरिषदले निर्णय गरेको दोस्रो चरणको यो राहत प्याकेज कृषि क्षेत्रका लागि भने पहिलो थियो । एक महिनाअघि कृषि मन्त्रालयले मन्त्रिपरिषदमा पेस गरेको प्रारम्भिक राहत […]

‘विषादीयुक्त केरा फिर्ता गर्‍यौं, तरकारीको परीक्षण रोकिएको छैन’

२८ साउन, काठमाडौं । भारतबाट आउने तरकारी तथा फलफूलको विषादीको परीक्षण थाल्ने र रोक्ने दुवै निर्णयले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनतासमक्ष माफी माग्ने अवस्थामा पुर्‍यायो । भारतीय दूताबासको पत्रपछि विषादी परीक्षणबाट सरकार पछि हटेको धेरैको बुझाइ रह्यो । मन्त्रिपरिषदले नै विषादी परीक्षण तत्काललाई नगर्ने भनेपछि सरकारमाथि जनतालाई विष खुवाएको आरोप पनि लाग्यो । विषादीमै विद्यावारिधि […]

राष्ट्र बैंकसँग भूमिका माग्दै कृषि मन्त्रालय

२७ साउन, काठमाडौं । कृषि तथा पशुपंक्षी मन्त्रालयले गत १९ साउनमा आफ्नो वार्षिक प्रगति समीक्षा गर्‍यो। सरकारले लिएका पहलहरुले एक वर्षको अवधिमा कृषि क्षेत्रमा सकारात्मक उपलब्धि हासिल भएको निष्कर्ष निकालियो । समीक्षामा केही सफल हुन नसकेका योजनाहरु समेत उल्लेख थिए, जसमध्ये एक थियो– कृषि कर्जा । मन्त्रालयले सहुलियत ब्याजदरको कृषि कर्जा प्रभावकारी नभएको मात्रै भनेन, […]

प्राङगारिक कृषि उपजबारे अध्ययन गर्न कृषिमन्त्रीको संयोजकत्वमा कार्यदल गठन

३० पुस, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले प्राङगारिक कृषि उत्पादनका बारेमा अध्ययन गर्न १५ सदस्सीय उच्च स्तरीय कार्यदल गठन गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालको अध्यक्षतामा रहेको कार्यदललाई अध्ययनका लागि ४ महिनाको समय निर्धारण गरिएको छ । प्राङगारिक कृषि उत्पादन प्रणाालीलाई व्यवस्थित रुपमा प्रवर्द्धन गर्ने तथा प्राङगारिक उपजहरुको प्रमाणिकरण […]