+
+
Shares

अनुदानको रासायनिक मल वितरण व्यवस्थित बनाउँदै सरकार

यो प्रणालीबाट विशेषगरी स्थानीय तहमा आफू नजिकको मल बिक्री वितरण गर्ने कुन सहकारीमा कति मल छ भन्नेबारे किसान आफैंले जानकारी लिन सक्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ साउन ५ गते १८:४३
फाइल तस्वीर

५ साउन, काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले अनुदानको रासायनिक मल वितरण सहज तथा पारदर्शी बनाउन ‘अनुदानको मल वितरण व्यवस्थापन प्रणाली’ (फर्टिलाइजर म्यानेजमेन्ट डिस्ट्रिब्युसन सिस्टम) सुरु गरेको छ ।

कृषिमन्त्री रामनाथ अधिकारीले मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षको प्रगति विवरण सार्वजनिक कार्यक्रममा उक्त प्रणाली सुरु गरे ।

मन्त्रालयका अनुसार यो प्रणाली कार्यान्वयनमा आएसँगै अनुदान मल वितरण व्यवस्थित हुनेछ । उक्त प्रणालीको सुरुवात गर्दै कृषिमन्त्री अधिकारीले सफ्टवेयर मार्फत कति मल आयो, कति वितरण भयो, कहाँ कति स्टक छ, कसले कति मल खरिद गर्‍यो भन्ने सबै विवरण हेर्न सकिने जानकारी दिए ।

यो प्रणालीबाट विशेषगरी स्थानीय तहमा आफू नजिकको मल बिक्री वितरण गर्ने कुन सहकारीमा कति मल छ भन्नेबारे किसान आफैंले जानकारी लिन सक्नेछन् ।

कृषिमन्त्री अधिकारीले यो प्रणाली मार्फत मन्त्रालयबाटै मल के कति आयो, कसले टेन्डर पायोदेखि लिएर मलबारे विस्तृत विवरण थाहा पाउन सकिने तथा किसानलाई मल अभाव समस्या समाधान गर्न सहयोग पुग्ने जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?