+
+
Shares

कृषि मन्त्रालयले भन्यो- मलको अभाव छैन, झन्डै डेढ लाख मेट्रिक टन मौज्दात छ

पश्चिम एसियामा जारी द्वन्द्वका कारण विगत वर्षका तुलनामा मलको भाउ बढेको मन्त्रालयले जनाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८३ जेठ ५ गते २१:३३

५ जेठ, काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले एक लाख ४४ हजार ८०३ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताएको छ ।

मंगलबार पत्रकार सम्मेलन गरेर मन्त्रालयको कृषि विकास महाशाखा प्रमुख सहसचिव डा. रामकृष्ण श्रेष्ठले रासायानिक मलको मौज्दातबारे जानकारी दिएका हुन् । उनले तत्काल मलको अभाव नरहेको पनि दाबी गरे ।

पश्चिम एसियामा जारी द्वन्द्वका कारण ‘टेन्डर’ भइसकेको मल आउन ढिलाइ भएको बताउँदै उनले ‘स्ट्रेट अफ होर्मुज’ मा रहेको अवरोध खुल्ने बित्तिकै टेन्डर गरिएको चार लाख ९१ हजार मेट्रिक टन मल आउने विश्वास व्यक्त गरे । पश्चिम एसियामा जारी द्वन्द्वका कारण विगत वर्षका तुलनामा मलको भाउ बढेको मन्त्रालयले जनाएको छ ।

द्वन्द्वका कारण रासायनिक मल कहिले आउँछ भन्न नसकिने अवस्थामा प्राङ्गारिक मलको उपयोग गर्न पनि सहसचिव श्रेष्ठले आह्वान गरे । किसानलाई मल प्रयोग गर्दा रासायनिक मात्र नगरी माटोको स्वास्थ्य बचाउन पनि उनले आग्रह गरे । –रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?