Comments Add Comment

क्यानडा

List Grid
क्यानडाका पठानले विराटनगरबाट इपीएल खेल्ने

२३ भदौ, काठमाडौं। क्यानडाका रेयानखान पठानले आगामी असोजमा हुने एभरेष्ट प्रिमियर लिग (ईपीएल) विराटनगर वारियर्सबाट खेल्ने भएका छन् । विराटनगरले पठानलाई दोस्रो विदेशी खेलाडीको रुपमा अनुबन्ध गरिएको जनाएको छ । विराटगरले यसअघि जिम्बावेका अलराउण्डर सिकन्दर राजालाई अनुबन्ध गरिसकेको छ । चौथो संस्करणको ईपीएल टी२० क्रिकेट असोज ९ देखि असोज २३ गतेसम्म टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा […]

क्यानडाले जित्यो महिला फुटबलमा स्वर्ण

२३ साउन, काठमाडौं । क्यानडाले जापानमा भइरहेको टोकियो ओलम्पिकअन्तर्गत महिला फुटबलको स्वर्ण जितेको छ । शुक्रबार भएको फाइनलमा स्वीडेनलाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गर्दै क्यानडाले पहिलो पटक ओलम्पिक फुटबलमा स्वर्ण पदक जितेको हो । निर्धारित ९० मिनेट र थप गरिएको ३० किनेटको अतिरिक्त समयमा पनि १-१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो […]

अनौठो कानून : जहाँ मुसा पाल्न पनि सरकारको अनुमति चाहिन्छ !

उत्तर अमेरिकी मुलुक क्यानडा क्षेत्रफलको हिसाबको संसारको दोश्रो ठूलो देश हुनुका साथै संसारको विकसित मुलुकहरुमा एक हो । अमेरिकासँगको क्यानडाको सीमाना संसारको सबैभन्दा लामो भू-सिमानाको रुपमा रहेको छ जसको लम्बाई ८ हजार किलोमिटरभन्दा धेरै छ । यो भिमकाय मुलुकको ४० प्रतिशत भाग जंगलले ढाकेको छ । कतिपय जंगलहरु निकै विशाल छन् । भनिन्छ, क्यानडाका केही […]

क्यानडामा तातो हावाका कारण १३० जनाको मृत्यु

१६ असार, काठमाडौं । क्यानडामा अत्यधिक गर्मीका कारण १३० जनाभन्दा धेरैको मृत्यु भएको छ । त्यहाँको प्रहरीले दिएको जानकारीअनुसार क्यानडाको तापक्रम अहिलेसम्मकै उच्च विन्दुमा पुगेको अवस्थामा तातो हावाका कारण उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा धेरैजसो अन्य स्वास्थ्य समस्यासँग जुधिरहेका वृद्ध मानिसहरु छन् । मंगलबार क्यानडाको तापक्रम अधिकतम ४९.६ डिग्री सेल्सियममा पुगेको थियो । […]

भारत र पाकिस्तानबाट आउने यात्रुवाहक उडानमा क्यानडाको प्रतिबन्ध

१० वैशाख, काठमाडौं । क्यानडाले भारत र पाकिस्तानबाट आउने यात्रुवाहक उडानमा ३० दिनका लागि प्रतिबन्धको घोषणा गरेको छ । क्यानडाका यात्रायातमन्त्री ओमर अल्घाब्राले यी दुई मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पछिल्लो समय बढ्दो क्रममा रहेको भन्दै यात्रुवाहक उडानमा प्रतिबन्ध लगाउनुपरेको बताएका छन् । नले भारत र पकिस्तानबाट आउने धेरै मानिसमा कोरोना संक्रमण देखिएको बताएका […]

क्यानडाको लाइब्रेरीमा चक्कु आक्रमण

१५ चैत, काठमाडौं । क्यानडाको भान्कुभर सहरस्थित एक सार्वजनिक लाइब्रेरीमा अन्धाधुन्ध चक्कु प्रहार गरिएको छ । उक्त आक्रमणमा एक महिलाको मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् । प्रहरीले यो आक्रमणमा संलग्न रहेको आरोपमा एकजनालाई पक्राउ गरेको छ । यो घटना दिउँसो भएकाले प्रहरीले सबै प्रत्यक्षदर्शीलाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको छ । […]

क्यानडाले तीन वर्षमा १२ लाख आप्रवासी भित्र्याउने  

१६ कात्तिक, काठमाडौं । क्यानडाले अबको तीन वर्षमा १२ लाख आप्रवासीलाई आफ्नो मुलुकमा भित्र्याउने योजना अघि सारेको छ । क्यानडाका संघीय आप्रवासन मन्त्री मार्को मेन्डिसिनोले श्रम बजारमा देखिएको अभाव पूरा गर्न यो योजना अघि सारिएको बताएका छन् । साथै यसको माध्यमबाट मुलुकको अर्थतन्त्रमा पनि सुधारका लागि सहयोग पुग्ने उनको भनाइ छ । कोरोना भाइरस (कोभिड–१९) […]

क्यानडाले स्थितिलाई अमेरिकाभन्दा निकै राम्रोसँग सम्हाल्यो : ट्रुडो

२५ असार, काठमाडौं । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले कोरोना भाइरसको महामारीलाई क्यानडाले अन्य मुलुकको तुलनामा निकै राम्रोसँग नियन्त्रणको प्रयास गरेको बताएका छन् । उनका अनुसार यो कठिन अवस्थामा अन्य मुलुकका साथै अमेरिकाभन्दा पनि राम्रोसँग कोरोना भाइरस नियन्त्रणको प्रयास गरेको बताएका छन् । सामाचार संस्था रोयटर्सका अनुसार ट्रुडोको यो अभिव्यक्ति आफैंमा पनि महत्वपूर्ण मानिएको छ । […]

क्यानडामा बढ्दो क्रममा कोरोना भाइरसको संक्रमण

२० वैशाख, काठमाडौं । क्यानडामा निरन्तर कोरोना भाइरसका संक्रमितको संख्या बढिरहेको छ। मुलुकको सबैजसो स्थानमा कोरोना भाइरसका संक्रमित फेला परिसकेका छन् । क्यानडाको आर्कटिक सर्कल नजिकको करिब ४० हजार मानिसको बसोबास रहेको नुनावुत क्षेत्रमा पनि कोरोना भाइरसका संक्रमित फेला परेका छन् । सरकारी तथ्यांकअनुसार अहिलेसम्म मुलुकभर ५३ हजार छ सय ५७ संक्रमित फेला परिसकेका छन् […]

क्यानडाबाट म यसकारण नेपाल फर्कें

म नेपाल सरकारको वन सेवाको फस्ट क्लास अफिसर थिएँ । जागिरको अवधि अझै ६-७ वर्ष बाँकी थियो । त्यही अवधिमा म ०७२ सालमा सरकारी सेवाबाट राजीनामा दिएर क्यानाडा गएँ । नजिकैको सचिव पदलाई तिलाञ्जली दिएर सहसचिवको जागिरबाट राजीनामा दिने व्यक्ति सम्भवतः म नै पहिलो व्यक्ति लागिरहेको छ । क्यानाडा जानु मेरो सोख वा बाध्यता केही […]

नेपालले टस जित्यो, क्यानडालाई ब्याटिङको निम्तो

२ फागुन, काठमाडौं । विश्व क्रिकेट लिग डिभिजनमा क्यानाडाविरुद्ध नेपालले टस जितेको छ र फिल्डिङ रोजेको छ । एकआपसमा भिड्दा दुबै टोली ‘गर वा मर’ को अवस्था हुनेछन् । जित हासिल गर्ने टोलीले जिम्बाबेमा अर्को महिना हुने विश्वकप छनोट खेल्न पाउनेछ । हारले यो सपना टुट्नेछ । अंक तालिकामा शीर्ष स्थानमा रहेको क्यानाडाविरुद्ध जित निकाल्न […]

नेपाली जनसम्पर्क समिति-क्यानडा र क्यानडा सरकार स्वास्थ्य मन्त्रालयबीच वार्ता

क्यानाडा । नेपाली जनसम्पर्क समिति- क्यानडा(एनपीसी सी-क्यानाडा) ले नेपाली समुदाय मा रहेको बढदो बेरोजगारी को समस्या लाई आफ्नो पहिलो प्राथमिकता मा राखेर स्वास्थ्य सेवासंग सम्बन्धित सबैको हित, उन्नति, प्रगति को निम्ति ओन्टारियो सरकार, स्वास्थ्य मन्त्रालयको ध्यानाकर्सन गराएको छ । नेपालमा स्वास्थ्य सेवा मा कार्य गरेका, स्वास्थ्य सेवा संग सम्बन्धित बिषय अध्ययन, अध्यापन गरेका डाक्टर, नर्स, […]

क्यानडाको टोरोन्टोमा नेपाली नृत्य र लोक धून

टोरन्टो, क्यानाडा । क्यानाडाको टोरोन्टोको नर्थ योर्कमा प्रत्येक बर्ष संचालन गरिने ‘ग्लोबल भिलेज फेस्टिवल’ मा नेपाली नृत्य र लोक धून आकर्षणको केन्द्र बनेको छ । मेलामा नेवाःगुठीका युवा सदस्यहरुले ‘सय थरि बाजा एउटै ताल’ गीतमा विभिन्न भौगोलिक क्षेत्रको भेषभुषामा सामुहिक नृत्य प्रस्तुत गर्दा विदेशी दर्शकहरुको भीडका कारण आयोजकलाई व्यवस्थापनमा कठिनाइ भएको थियो । नेपालका प्रसिद्ध […]

क्यानाडामा नेपाल सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

क्यानडा । नेपालिज स्कलर्स एसोसीयसन (नेसा), युनिभर्सिटी अफ अल्बेर्टा, एडमन्टन, क्यानाडाले यहि जुन ११, शनीबार युनिभर्सिटी अफ अल्बेर्टा, एडमन्टन, क्यानाडामा “प्रथम नेसा  कार्यशाला गोष्ठी” आयोजना सम्पन्न गरेको छ। अल्बेर्टा राज्यका बिभिन्न स्थानमा रहेर अनुसन्धान गर्ने तथा यसमा रुची राख्ने कारीब ४५ जना नेपाली प्रध्यापक, शिक्षाबिद, बैज्ञानीक, ईन्जिनियर, डाक्टर, नर्स, पत्रकार आदीहरुको उपस्थिती थियो। “नलेज सेयरिंग […]

क्यानडाको आगो अझै निभेन, २४ घण्टामा दोब्बर फैलने खतरा

क्यानडाका अधिकारीहरुका अनुसार अलवर्टा प्रान्तको पोर्ट शहरस्थित म्याकमर्रेको र्जगलमा लागेको आगो आउने २४ घण्टामा दोव्वर क्षेत्रफलमा फैलनेछ । अधिकारीहरुका अनुसार अलवर्टा प्रान्तमा लागेको भीषण आगो अझै द्रूत गतिमा फैलिरहेको छ । यो छिट्टैने छिमेकी प्रान्त ससकाचेवानमा फैलन सक्ने छ । हजारौं अग्निनियन्त्रक आगलागी नियन्त्रणका लागि जुटेका छन् । शुख्खापन र तीव्र गतिको हावाका कारण आगलागी […]