+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

भिटेनले घोषणा गरे युरोप टुर, भिसाले गर्दा रोकियो सज्जनराजको क्यानडा कन्सर्ट

अनलाइनखबर अनलाइनखबर
२०८० माघ १२ गते १३:२०

काठमाडौं । र्‍यापर भिटेनले अमेरिकापछि युरोप टुरको घोषणा गरेका छन् । फेब्रुअरी ११ देखि मार्च १० सम्म उनको कन्सर्टको लाइनअप तयार भएको छ । पोर्चुगलदेखि सुरु हुने उनको टुर बेल्जियम पुगेर टुंगिनेछ ।

हंगामा इभेन्ट्सको सहकार्यमा भिटेनले युरोप टुर गर्न लागेका हुन् । जसअनुसार पोर्चुगलमा फेब्रुअरी ११, फ्रान्समा फेब्रुअरी १३, फिनल्याण्डमा फेब्रुअरी १७, पोल्याण्डमा फेब्रुअरी २१, माल्टामा फेब्रुअरी २३, साइप्रसमा मार्च ३ र बेल्जियममा मार्च १० मा कन्सर्ट कार्यक्रम तय भएको छ ।

भिटेन नेपाली डायस्पोरामा सबैभन्दा डिमान्डेड र्‍यापर हुन् । २०८० सालको सुरुवाततिर उनले अमेरिका टुर गरेका थिए । छिटफुटरुपमा कुनै एक-दुई देशमा सांगीतिक प्रस्तुति दिंदै आएका कलाकारले पछिल्लो समय एक-दुई महिनाकै कार्यक्रम घोषणा गर्न थालेका छन् ।

स्पोटीफाइमा सर्वाधिक सुनिने तथा तन्नेरी पुस्ताका चर्चित गायक सज्जनराज वैद्यले भिसा समस्याका कारण क्यानडाको शो स्थगित भएको जनाएका छन् । सामाजिक सञ्जालमा विज्ञप्ति जारी गर्दै उनले जनवरी २६ मा टोरन्टोमा हुने भनिएको पूर्वनिर्धारित कन्सर्ट रोकिएको जनाएका छन् ।

भिसा समयमै नआइपुगेकाले टोरन्टो कन्सर्ट रद्द गर्नुपरेको उनले उल्लेख गरेका छन् । ‘निकै दुःखका साथ मैले भन्नुपरेको छ कि कार्यक्रम रोकिंदा हाम्रा फ्यान र शुभचिन्तक निकै दुःखी भएका छन्,’ उनले लेखेका छन्, ‘परिस्थिति हामीभन्दा पर गइसकेकाले कार्यक्रम रोक्नुको उपाय देखिएन ।’

भिसा समस्या टुंगिए जतिसक्दो चाँडो क्यानडामा प्रस्तुति दिन आफू अधैर्य रहेको समेत उनले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?