+
+

क्यानडाबाट हिजोमात्रै फर्किएका थिए सिनामंगलमा मृत भेटिएका श्रीमान्-श्रीमती

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ९ गते १२:२६

९ मंसिर, काठमाडौं । सिनामंगलको एक होटलमा मृत भेटिएका युवा–युवती श्रीमान्–श्रीमती रहेको खुलेको छ ।

मृत भेटिएकाहरूमा सुनसरी दुहवीका ३४ वर्षीय रमेश माझी र उनकी २९ वर्षीया श्रीमती शर्मिला माझी छिन् । उनीहरू सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएको काठमाडौं परिसरका एसपी तथा प्रवक्रा नवराज अधिकारीले बताए ।

उनीहरू हिजो शनिबार मात्रै क्यानडाबाट फर्केको खुलेको छ । सन् २०२२ मा क्यानडा गएका उनीहरू २ वर्षपछि हिजो शनिबार काठमाडौं फर्केका थिए ।

त्यसपछि जन्मभूमि होटलमा बसेका उनीहरू पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकाले केही पारिवारिक कारण आत्महत्या गरको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।

काठमाडौं महानगरपालिका–९ प्रकाश सन्यास आश्रम जाने बाटोस्थित पर्शुराम आचार्यको घर भाडामा लिएर खोटाङका रामजी कटुवालले जन्मभूमि होटल सञ्चालनमा ल्याएका थिए । उनीहरू सोही होटलमा पौन ७ बजे पुगेका थिए । चौथो तलाको १२० नम्बर कोठामा उनीहरु बसेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?