Comments Add Comment

गृह मन्त्रालय

List Grid
सेनाबाट सशस्त्र प्रहरी प्रवेश गरेका ५ डीआईजी जागिर लम्ब्याउने प्रयासमा

५ मंसिर, काठमाडौं । नेपाली सेनाबाट प्रवेश गरेका ५ जना सशस्त्र प्रहरीका उच्च अधिकृत जागिर लम्ब्याउने प्रयासमा गृह मन्त्रालय पुगेका छन् । सशस्त्रका प्रहरी नायब महानिरीक्षक (डीआईजी) नागेन्द्र थापा, कृष्णभक्त बज्राचार्य, हरिशंकर बुढाथोकी, राजेन्द्र बस्नेत र हरिशचन्द्र अधिकारी जागिर अवधि लम्ब्याउन माग गर्दै गृह पुगेका हुन् । उनीहरुले गृहसचिव महेश्वर न्यौपानेलाई सम्बोधन गरेर तालिम अवधिपछिको […]

गृह मन्त्रालयमा ईश्वर पोखरेलको हस्तक्षेप, गृहमन्त्रीलाई थाहै नदिई एआईजीको दरबन्दी थपियो

५ मंसिर, काठमाडौं । गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालय, नक्सालको जानकारीविनै सरकारले नेपाल प्रहरीमा प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थपेको छ । मन्त्रिपरिषदमा पेश भएको संगठनात्मकस्वरुप निर्धारण (ओएण्डएम) मा संशोधन गर्दै सरकारले एआईजीको एउटा दरबन्दी थपेको हो । गोप्य राखिएको मन्त्रिपरिषदको यो निर्णयबारेको पत्र गृहको प्रशासन महाशाखामा पुगेसँगै सार्वजनिक भएको छ । र, […]

भाइटीकाको भोलिपल्ट पनि सार्वजनिक विदा

२६ कात्तिक, काठमाडौं । सरकारले तिहारको भाइटीकाको भोलिपल्ट मंसिर २ गते पनि सार्वजनिक विदा दिएको छ । मन्त्रिपरिषदको कात्तिक २४ गते बसेको बैठकले किजा पूजाको अवसरमा मंसिर २ गते मंगलबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो । गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले विज्ञप्ति जारी गरी मंसिर २ गते सरकारी कार्यालय, सार्वजनिक निकाय, संघसंस्था, […]

दर्ताविनै सञ्चालित क्रसर उद्योग तत्काल बन्द गराउन गृहको निर्देशन

२५ कात्तिक, काठमाडौं । गृह मन्त्रालयले विना दर्ता सञ्चालनमा रहेका क्रसर एवं बालुवा प्रशोधन उद्योग तत्काल बन्द गराउन निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा, उर्जामन्त्री वर्षमान पुन, उद्योगमन्त्री लेखराज भट्ट, वनमन्त्री शक्तिबहादुर बस्नेत लगायतको सिंहदरबारमा बसेको बैठकले निर्णय गरेपछि ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई विना दर्ता सञ्चालित उद्योग बन्द गर्न निर्देशन दिइएको हो […]

संकटकाल र कर्फ्यु लाग्ने सूचना गलत : गृह मन्त्रालय

३ कात्तिक, काठमाडौं । सर्ट म्यासेज सर्भिस (एसएमएस) र सामाजिक सञ्जालमा संकटकाल र कर्फ्यु लाग्ने भनेर फैलिएको सूचना गलत भएको गृह मन्त्रालयले जनाएको छ । गृह प्रवक्ता सह–सचिव चक्रबहादुर बुढाले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै सूचना तथ्यहीन, भ्रामक, निराधार र गलत भएको भनिएको हो । एसएमएस प्रकरणलाई गम्भीरतापूर्वक लिइएको भन्दै आवश्यक अनुसन्धान प्रक्रिया समेत […]

गृहमन्त्रीज्यू, कति महिलाको बलात्कारले तपाईंलाई चिन्तित बनाउँछ ?

माननीय गृहमन्त्रीज्यू ! म एक नेपाली हुँ, महिला हुँ, छोरी हुँ, बहिनी हुँ, श्रीमती हुँ, बुहारी हुँ र आमा हुँ । यीमध्ये ‘आमा’ मेरो जिन्दगीको सबैभन्दा प्रिय भूमिका हो । यही भूमिकाले, यससँग सम्बन्धित जिम्मेवारीले, भावुकताले आज मलाई देशको गृहमन्त्रीलाई पत्र लेख्न बाध्य बनाएको छ । (मेरो यो साहस तपाईंलाई दुस्साहस लाग्न सक्छ तर, सन्तानका […]

सरकारले नमानेपछि संसदीय समितिले ८ महिनापछि सच्यायो निर्देशन

१८ असोज, काठमाडौं । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आठ महिनाअघि दिएको निर्देशन आइतबार सच्याएको छ । तिब्बतसँग जोडिएका १३ उच्च हिमाली जिल्लाका ७३ स्थानमा २०२१ सालदेखि हेलिकप्टर उडानका लागि केन्दीय प्रशासन (गृहमन्त्रालय)को अनुमति अनिवार्य छ । यो व्यवस्थाले उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकहरु बिरामी हुँदा उद्धारमा समस्या भएको निष्कर्ष निकाल्दै २०७६ माघ ९ गते समितिले […]

प्रहरीमा डीआईजीको ५ दरबन्दी थप्ने प्रस्ताव मन्त्रिपरिषदमा

१८ असोज, काठमाडौं । नेपाल प्रहरीमा प्रहरी नायब महानिरीक्षक (डीआईजी) को ५ वटा दरबन्दी थप्ने तयारी गरिएको छ । गृह मन्त्रालयले निर्णयका लागि मन्त्रिपरिषदमा पठाएको संगठनात्मक स्वरुप निर्धारण (ओएण्डएम) अनुसार डीआईजीको ५ वटा दरबन्दी थपिन लागेको हो । मन्त्रालयका एक उच्च अधिकारीका अनुसार मन्त्रिपरिषद्ले गृहको प्रस्तावलाई हाल छलफलका लागि उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा […]

हुम्लाका सहायक प्रजिअलाई गृहले सोध्यो स्पष्टीकरण

८ असोज, सुर्खेत । चीनले नेपाली भूमि अतिक्रमण गरेको भन्ने विषयमा गृह मन्त्रालयले हुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी दत्तराज हमाललाई स्पष्टीकरण सोधेको छ । चिनियाँ पक्षले भवन निर्माण गरेको सूचना सञ्चार माध्यममा दिएको भन्दै बुधबार २४ घण्टे स्पष्टीकरण सोधेको मन्त्रालय स्रोतले जानकारी दिएको छ । गृह स्रोतका अनुसार प्रशासन शाखाले ‘नेपाल-चीन सीमा जस्तो संवेदनशील विषयमा […]

उपत्यकामा फेरि एक साता थपियो निषेधाज्ञा

१७ भदौ, काठमाडौं । उपत्यकामा जारी निषेधाज्ञा थप एक साता लम्ब्याइएको छ । गृह मन्त्रायलसँग छलफल गरेपछि उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप्ने निर्णय गरेका हुन् । तर, यसपटक केही सेवालाई सञ्चालनका लागि छुट दिइएको छ । एक प्रमुख जिल्ला अधिकारीका अनुसार टेकअवे, होम डेलिभरी र भन्सार पास भएका निर्माण सामग्रीलाई सञ्चालनका लागि छुट […]

‘स्वास्थ्यकर्मीलाई डेरामा जान नदिए ११४९ मा फोन गर्नुस्’

१३ भदौ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) को उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी वा राष्ट्रसेवक कर्मचारीलाई डेरा/घरमा आउजाउमा अवरोध गर्नेलाई गृह मन्त्रालयले कारवाही गर्ने भएको छ । महामारी नियन्त्रणमा खटिएकाहरूलाई हुलहुज्जत गर्ने, धम्की दिने, बसोबास गरेको घर वा डेरामा आउन–जान नदिने, घेराउ गर्ने वा दुर्व्यवहार गर्नेलाई कडा कारवाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयका […]

पुजारी हत्याको घटनामा गृहको सर्कुलरमाथि ११ संघ-संस्थाको आपत्ति

१२ भदौ, काठमाडौं । रौतहटस्थित एक मन्दिरका पुजारीको हत्यालाई लिएर विभिन्न ११ वटा धार्मिक संघ-संस्थाले साझा विज्ञप्ति जारी गरी विरोध जनाएका छन् । साथै, सो घटनाका सन्दर्भमा गृह मन्त्रालयले मातहतका निकायमा जारी गरेको परिपत्रमाथि पनि उनीहरुले आपत्ति जनाएका छन् । गत भदौ ३ गते रौतहटको माधवनारायण नगरपालिका-२ स्थित हनुमान मन्दिरका पुजारी श्रीराम साहको अज्ञात समूहले […]

गृहको गोप्य सर्कुलर– पुजारी हत्याको विरोधमा हुने प्रदर्शन रोक्नू

११ भदौ, काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका–२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी हत्या प्रकरणमा गृह मन्त्रालयले प्रहरी र प्रशासनलाई पठाएको गोप्य सर्कुलर बाहिरिएको छ । मन्त्रालयको शान्ति सुरक्षा तथा अपराध नियन्त्रण शाखाले नेपाल प्रहरीका प्रमुख महानिरीक्षक शैलेश थापा क्षेत्री र सबै जिल्ला प्रशासन कार्यालयलाई पठाएको गोप्य पत्रमा पुजारीको हत्याको विरोधमा हुने प्रदर्शन रोक्न निर्देशन दिइएको छ […]

चारआनाको राहत, बाह्रआनाको भ्रमण खर्च !

८ भदौ, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, पूर्वउपप्रधान एवं रक्षामन्त्री भीम रावललगायत धान खेतमा बनाइएको मञ्चमा देखिने एउटा तस्वीर अहिले सामाजिक सञ्जालमा चर्चाको केन्द्रमा छ । स्थलगत निरीक्षण र राहतका लागि भन्दै दलबलसहित अछाम पुगेका गृहमन्त्री थापाले जनताले लगाएको बालीमाथि उभिएर भाषण गरेका थिए । त्यही तस्वीरलाई लिएर […]

संक्रमण बढेपछि सवारी पास जारी नगर्न गृह मन्त्रालयको निर्देशन

२८ साउन, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड-१९) को संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले कुनै पनि सवारी पास जारी नगर्न जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले अर्को व्यवस्था नहुँदासम्मका लागि २९ साउनदेखि सवारी पास जारी नगर्न सबै जिल्ला प्रशासन कार्यालयलाई बुधबार परिपत्र गरेको हो । ‘…मन्त्रिपरिषद्का विभिन्न मितिमा भएका निर्णय तथा यस मन्त्रालयबाट […]

बर्सेनि दोहोरिन्छ विपत्ति, सरकार उद्धार र तथ्यांक संकलनमै सीमित

४ साउन, काठमाडौं । यो वर्ष मनसुन सुरु भएको ३० दिनमा ८३ जनाको मृत्यु भएको छ । तीमध्ये दुईजनाको मात्रै बाढीका कारण मृत्यु भएको हो । बाँकीले पहिरोका कारण ज्यान गुमाएका छन् । राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलका अनुसार यसपटक मनसुनको पहिलो महिनामा भएको मानवीय क्षति दशककै सबैभन्दा […]

उपत्यका प्रवेश गर्ने नाकाबाट झण्डै ४ सय गाडी फर्काइयो

१७ असार, काठमाडौं । प्रहरीले बुधबार काठमाडौं उपत्यका प्रवेश गर्न लागेका झण्डै चार सय सवारी साधनलाई नाकाबाटै फिर्ता पठाएको छ । गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीका अनुसार नागढुंगा, फर्पिङ र भक्तपुरको जगाती नाकाबाट झण्डै ४ सय गाडी र केही पैदलयात्रीलाई फर्काइएको छ । नागढुंगा नाकाबाट एउटा बस, एउटा ट्रक, पाँच वटा ट्याक्सीसहित ४६ वटा चारपाङ्ग्रे […]

गृह मन्त्रालयको परिपत्र : उपत्यकामा आउनेलाई १४ दिन होम क्वारेन्टिनमा राख्नू

९ असार, काठमाडौं । गृह मन्त्रालयले उपत्यका बाहिरबाट काठमाडौं भित्रिएकाहरुलाई १४ दिन होम क्वारेन्टिनमा राख्न तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई परिपत्र गरेको छ । पछिल्लो समय घरधनीले पीसीआर विधिबााट कोरोना संक्रमण परीक्षण नगरी घरमा प्रवेश गर्न नदिने गरेको भन्दै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक हजार बढी जाने गरेका छन् । पीसीआर टेष्टका […]

विभूषण पाउने व्यक्तिको संख्या तोकियो

७ असार, काठमाडौं । कामभन्दा पहुँचको भरमा दिन थालेपछि सरकारले हरेक वर्ष दिने विभूषण विवादित मात्र भएको छैन, यसको महत्व पनि घट्दै गएको छ । गृह मन्त्रालयले गत वर्ष संविधान दिवस (३ असोज) मा हालसम्मकै सबैभन्दा धेरै ६३४ जनालाई मानपदवी, अलंकार र पदकबाट विभूषित गर्ने निर्णय गरको थियो । जसमा सत्तारुढ दल निकट, विवादास्पद र […]

राति १० बजेदेखि बिहान ५ बजेसम्म हिँडडुलमा रोक

५ असार, काठमाडौं । सरकारले राति १० बजेदेखि बिहान ५ बजेसम्म सर्वसाधारणलाई हिँडडुलमा प्रतिबन्ध लगाएको छ । शुक्रबार गृहमन्त्रालयले जारी गरेको ‘बन्दाबन्दीलाई व्यवस्थित गर्ने सम्बन्धी सुरक्षा मापदण्ड २०७७’ मार्फत् अत्यावश्यक कामबाहेक राति १० बजेदेखि विहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको हो । असार १ गतेदेखि बन्दाबन्दीको अवस्था क्रमिक रुपमा खुकुलो भएको अवस्थामा सुरक्षा सतर्कता अपनाउनको […]

सबै सवारी पास खारेज गर्ने गृह मन्त्रालयको निर्णय

१ असार, काठमाडौं । गृह मन्त्रालयले निजी सवारी साधनलाई दिएको सबै सवारी पास खारेज गरेको छ । लकडाउन खुकुलो बनाएर जोरबिजोर प्रणालीमा निजी सवारी सञ्चालन गर्न दिएसँगै सबै पास खारेज गरिएको हो । पासले जोरबिजोर प्रणाली कार्यान्वयनमा समेत अप्ठ्यारो भएकाले खारेज गरिएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए ।