Comments Add Comment

तरुण दल

List Grid
सुर्खेतमा तरुण दलका जिल्ला सदस्यमाथि खुकुरी प्रहार

११ भदौ, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा तरुण दलका जिल्ला सदस्यमाथि खुकुरी प्रहार भएको छ । शुक्रबार बेलुका करीब साढे सात बजे वीरेन्द्रनगर नगरपालिका–८ धमला चोकस्थित वीरेन्द्रनगर–४ कालागाउँका सन्तोष गिरीमाथि खुकुरी प्रहार भएको हो । तरुण दल सुर्खेतका अध्यक्ष हरि विष्टका अनुसार गिरी धमला चोकस्थित एक कटेजमा बसेको अवस्थामा मोटरसाइकलमा आएको एक समूहले खुकुरी प्रहार गरेको […]

परिवर्तन संस्थागत गर्न युवाको सहभागिता र संलग्नता अनिवार्य : तरुण दल

२८ साउन, काठमाडौं । नेपाल तरुण दलले राजनीतिक परिवर्तनपछि प्राप्त उपलब्धिलाई संस्थागत र दिगो बनाउन युवाहरुको सहभागितामा जोड दिएको छ । अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा बिहीबार विज्ञप्ति जारी गर्दै तरुण दलले युवाहरु लोकतन्त्र र परिवर्तनको संवाहक भएको जनाएको छ । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृसंस्था तरुण दलका अध्यक्ष जितजंग बस्नेतले परिवर्तन संस्थागत गर्न युवाहरुको सहभागिता […]

तरुण दलले मास्क प्रयोग अभियान चलाउने

२७ साउन, काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल तरुण दलले जिल्ला कार्यसमितिलाई कोरोना महामारी नियन्त्रणमा सरकारी संयन्त्रसँग समन्वय गरेर काम गर्न निर्देशन दिएको छ । तरुण दलका केन्द्रीय अध्यक्ष जितजंग बस्नेतले कोरोना महामारीबाट बच्नको लागि स्थानीय प्रशासनसँग सहजीकरण गर्न ७७ वटै जिल्ला अध्यक्षलाई परिपत्र गरेका हुन् । तरुण दलले प्रत्येक जिल्लामा मास्क […]

तरुण दलले जिल्ला समितिलाई भन्यो : सहकार्य गरेर संघर्ष गर्नू

११ जेठ, काठमाडौं । नेपाल तरुण दलले स्वास्थ्य मापदण्ड पालना गर्दै संसद विघटनविरुद्ध संयुक्त संघर्ष गर्न आफ्ना जिल्ला समितिहरुलाई निर्देशन दिएको छ । तरुण दलसँग सहकार्य गरेका वाइसीएल, समाजवादी युवा संघ, युवा संघ, अखिल नेपाल युवक संघ, विवेकशील साझा युवा संगठनसँग समन्वय र छलफल गरेर संघर्ष गर्न तरुण दलले निर्देशन दिएको हो । तरुण दलका […]

संविधानमाथि ‘कु’ भयो, राष्ट्रपति र प्रधानमन्त्रीलाई अपदस्थ गरौं : तरुण दल

७ जेठ, काठमाडौं । संविधान माथि पटक–पटक ‘कु’ गरेको भन्दै राष्ट्रपति र प्रधानमन्त्रीलाई अपदस्थ गर्न नेपाली कांग्रेस सम्बन्ध तरुण दलले माग गरेको छ । तरुण दल अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गरी राष्ट्रपतिको भूमिका सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिएको भन्दै महाभियोग प्रस्तावबाट हटाउनुपर्ने बताएका छन् । ‘संविधानको धारा ७६ […]

प्रजातन्त्र दिवसमा तरुण दलले पाटन अस्पताललाई दियो स्वास्थ्य सामग्री

७ फागुन, काठमाडौं । नेपाल तरुण दलले ७१ औं प्रजातन्त्र दिवसको अवसरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान (पाटन अस्पताल)लाई स्वास्थ्य सामग्री उपलब्ध गराएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आज बिहान प्रतिष्ठानका रजिष्ट्रार डा. पारस आचार्यलाई दुई हजार पाँच सय थान मास्क, १० थान पीपीई सेट र २८ थान फेस शिल्ड हस्तान्तरण गरेका हुन् । […]

सुकीलाई रिहा गर्न तरुण दलको माग

२० माघ, काठमाडौं । म्यानमारकी स्टेट काउन्सिलर आङ साङ सुकी, राष्ट्रपति विन मिन्टलगायतलाई पक्राउ गरी सेनाले शासन सत्ता हातमा लिएको घटनाको नेपाल तरुण दलले निन्दा गरेको छ । तरुण दलले प्रजातन्त्रवादी नेतृ सुकीलगायतलाई रिहा गर्न र जनमतको कदर गर्न त्यहाँको सेनालाई आग्रह गरेको छ । तरुण दल अध्यक्ष जितजंग बस्नेतले आज विज्ञप्ति जारी गर्दै भनेका […]

सरकारविरुद्धको प्रदर्शनलाई प्रभावकारी र सशक्त बनाउन तरुण दलको निर्देशन

२० पुस, काठमाडौं । नेपाली कांग्रेसको तरुण संगठन नेपाल तरुण दलले सरकारविरुद्धको प्रदर्शनलाई प्रभावकारी र सशक्त बनाउन मातहतका जिल्ला कमिटीहरुलाई निर्देशन दिएको छ । नेपाली कांग्रेसले संसद विघटनको विरोधमा वडा तहसम्मै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । यही पुस २५ गतेदेखि माघ ८ गतेसम्म हुने ती आन्दोलनका कार्यक्रमलाई अझ बढी प्रभावकारी र सशक्त बनाउन नेपाल […]

संसद विघटनविरुद्धको प्रदर्शन भव्य र शान्तिपूर्ण बनाउन तरुण दलको निर्देशन

१० पुस, काठमाडौं । संसद विघटनविरुद्ध नेपाली कांग्रेसले यही पुस १३ गते गर्ने प्रदर्शन भव्य, व्यवस्थित र शान्तिपूर्ण बनाउन नेपाल तरुण दलले आफ्ना जिल्ला समितिहरुलाई निर्देशन दिएको छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आज सबै जिल्ला समितिहरुलाई परिपत्र गर्दै जिल्लाका सम्पूर्ण क्षेत्र, महानगर, नगरपालिका, गाउँपालिका एवं वडा तहका समितिहरुलाई आन्दोलनमा परिचालन निर्देशन दिएका हुन् […]

तरुण दल र नेविसंघको माग– कोरोनाको परीक्षण र उपचार आफैं गर्ने निर्णय सच्याइयोस्

५ कात्तिक, काठमाडौं । नेपाली कांग्रेस सम्बध तरुण दल र नेविसंघले कोरोना महामारीको बेला परीक्षण र उपचारको दायरा बढाउँदै लैजानुपर्ने बेलामा सरकारले त्यसको ठीक विपरीत निर्णय गरेको भन्दै खेद प्रकट गरेका छन् । तरुण दल अध्यक्ष जितजंग बस्नेत र नेविसंघ महामन्त्री बलदेव तिमल्सिनाले छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै कोरोना परीक्षण र शव व्यवस्थापन जनता स्वयंले गर्ने […]

चिकित्सक र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेलाई कारबाही गर : तरुण दल

८ भदौ, काठमाडौं । कोरोना संक्रमणको महामारीको बेला अग्रपंतिमा रहेर सेवा दिने चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई दुर्व्यवहार गर्नेहरुलाई कारबाही गर्न नेपाल तरुण दलले सरकारसँग माग गरेको छ । तरुण दलले सेवामा खटिएकाहरुले मनोबल बढाउने कार्य गर्न पनि सरकारसँग माग गरेको छ । तरुण दल अध्यक्ष जितजंग बस्नेतले सोमबार जारी गरेको विज्ञप्तिमा लेखिएको छ, ‘अमानवीय व्यवहारमा संलग्न […]

‘बाढी पीडितको सेवा गरेर वीपी स्मृति दिवस मनाउन तरुण दलको परिपत्र’

२९ असार, काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल तरुण दलले वीपी कोइरालाको ३८औं स्मृति दिवस बाढी पहिरोबाट पीडित भएका र क्वारेन्टिनमा बसेकाहरुको सेवा गरेर मनाउने भएको छ । वीपीको ३८औं स्मृति दिवस आउने साउन ६ गते हो । तरुण दल केन्द्रीय समितिले साप्ताहिक रुपमा विभिन्न रचनात्मक एवं सृजनात्मक कार्यक्रमहरु गरी मनाउने निर्णय गरेको छ । […]

सरिता गिरीलाई तत्काल पदमुक्त गर्न तरुण दलको माग

२८ जेठ, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस निकट तरुण दलले सांसद सरिता गिरीलाई तत्काल पदमुक्त गर्न माग गरेको छ । तरुण दलका अध्यक्ष जितजङ बस्नेतले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै सांसद गिरीले मुलुकको स्वतन्त्रता, राष्ट्रिय अखण्डता, स्वाभिमान, राष्ट्रिय एकता विरुद्ध अभिव्यक्ति दिएको भन्दै तत्काल कारबाहीको माग गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, […]

पूर्वसचिव भीम उपाध्यायलाई रिहा गर्न तरुण दलको माग

११ वैशाख, काठमाडौं । नेपाल तरुण दलले पूर्वसचिव भीम उपाध्यायलाई रिहा गर्न माग गरेको छ । सामाजिक सन्जालमा जथाभावी लेखेको आरोपमा बुधबार उपाध्याय पक्राउ परेको थियो । तरुण दल अध्यक्ष जीतजंग बस्नेतले बिहीबार विज्ञप्ति जारी गरी उपाध्यायलाई विनासर्त रिहा गर्न माग गरिएको छ । उपाध्यायलाई झुटा आरोप लगाई पक्राउ गरिएको तरुण दलको भनाइ छ । […]

श्रमिकलाई खाना, पानी र विश्रामको व्यवस्था गर : तरुण दल

५ वैशाख, काठमाडौं । नेपाल तरुण दलले पैदल हिँडेरै गन्तव्यमा गइरहेकाहरूलाई ठाउँ-ठाउँमा खाना, पानी र विश्रामस्थलको व्यवस्था गर्न आफ्ना कार्यकर्ताहरुलाई अनुरोध गरेको छ । नेपाल  तरुण दलका अध्यक्ष जीतजंग बस्नेतले कष्टपूर्ण यात्रा गरी आफ्नो घरसम्म गइरहेकाहरूलाई सरकारले उचित प्रवन्ध गर्न नसकेको भन्दै उनीहरुको यात्रामा सहजता प्रदान गर्न आफ्ना कार्यकर्ताहरुलाई अनुरोध गरेका हुन् । शुक्रबार विज्ञप्ति […]

कोरोना रोकथाममा सरकार संवेदनशील नभएको आरोप

२७ चैत, काठमाडौं । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका नेताहरुले कोरोना (कोभिड-१९) रोकथामका लागि सरकार संवेदनशील नभएको आरोप लगाएका छन् । तरुण दलका पूर्वअध्यक्ष विनोदप्रकाश कायस्थ र उदय शम्शेर राणा, नेविसंघका पूर्वअध्यक्ष महेन्द्र शर्मा, रन्जित कर्ण र नैनसिंह महरले संयुक्त विज्ञप्ति जारी गर्दै आम नागरिक र प्रतिपक्षी दलले पूर्ण रुपमा साथ दिँदा पनि […]

फुटसल प्रतियोगिता गरेर मिर्गौला पीडितलाई सहयोग

२४ माघ, बुटवल । बुटवलमा नेपाल तरुण दलले ६६ औं स्थापना दिवसको अवसरमा फुटसल प्रतियोगिता गरी मिर्गौला पीडितलाई सहयोग गरेको छ । बुटवलका पूर्वनगरप्रमुख स्व सूर्यप्रसाद प्रधान तथा स्व श्रीमती सुककुमारी प्रधानको स्मृतिमा तेस्रो तरुण फुटसल प्रतियोगिताको गरी मिर्गौला पीडित तिलोत्तमाका केवल गिरीको उपचारको लागि सहयोग गरेको हो । नेपाली कांग्रेस बुटवलका उपसभापति खेलराज पाण्डेलगायतले […]

तरुण दलको माग- सागका स्वर्ण विजेतालाई २५ लाख देऊ, खेलकुद मन्त्रीलाई बर्खास्त गर

२५ मंसिर, काठमाडौं । नेपाल तरुण दलले १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण पदक जित्ने खेलाडीहरुलाई जनही २५ लाख रुपैयाँको दरले सम्मान गर्न सरकारसँग माग गरेको छ । यस्तै रजत पदक जित्नेलाई १५ लाख र कांस्य पदक विजेतालाई १० लाख रुपैयाँको दरले सम्मान गर्नुपर्ने तरुण दलको माग छ । तरुण दलका अध्यक्ष जितजंग बस्नेतले […]

तरुण दलको बन्दले बाँकेको जनजीवन प्रभावित

२९ कात्तिक, नेपालगञ्ज । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस सम्बद्ध नेपाल तरुण दलले शुक्रबार बाँके जिल्ला बन्द गराएको छ । आफ्ना नेता-कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको विरोधमा तरुण दलले बन्द आह्वान गरेको हो । तरुण दल बाँके जिल्ला समितिले आह्वान गरेको बन्दका कारण जिल्लाको जनजीवन प्रभावित भएको छ । हतियारसहित पक्राउ परेको भनिएका नेपालगञ्ज नगरसभापति सन्दीपजंग शाहलाई […]

प्रहरीविरुद्ध उत्रियो तरुण दल, आज नेपालगञ्जमा विरोध सभा

२५ कात्तिक, नेपालगञ्ज । आफ्ना नेताहरुलाई पक्राउ गरेको विरोधमा नेपाली कांग्रेस सम्बद्ध तरुण दलले बाँकेको नेपालगञ्जमा प्रहरीविरुद्ध प्रदर्शन गर्दैछ । बाँके प्रहरीले तरुण दल नेपालगञ्ज नगर समितिका सभापति सन्दीपजंग शाहसहितका नेताहरुलाई हतियारसहित पक्राउ गरेको विरोधमा प्रदर्शन गर्न लागिएको हो । प्रदर्शनका लागि गाउँ-गाउँबाट कांग्रेस कार्यकर्ताहरुलाई नेपालगञ्जमा उतार्ने तयारी गरिएको छ । नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष […]

सरकारविरुद्ध हेटौंडामा तरुण दलको बिरोध प्रदर्शन

१० माघ, हेटौंडा । हेटौंडामा कांग्रेसको युवा संगठन नेपाल तरुण दलले र्‍याली सहित बिरोध प्रदर्शन गरेको छ सातै प्रदेशका राजधानिमा प्रदर्शन गर्ने कार्यक्रमअन्तर्गत बिहीबार तरुण दलले प्रदेश ३ को अस्थायी राजधानी हेटौंडामा पनि बिरोध प्रदर्शन गरेको हो । हेटौंडा-२ मा रहेको जिल्ला पार्टी कार्यालयबाट निस्किएको विरोध र्‍याली संगमचोक, कान्तिराजपथ, स्कुलरोड, सीमाचोक, टिसिएनरोड हुँदै बसपार्कबाट राप्तीरोड […]