
News Summary
Generated by OK AI. Editorially reviewed.- नेपाली कांग्रेसको तरुण दलको केन्द्रीय समितिको म्याद थप्न असन्तुष्ट पक्षले विरोध जनाएका छन्।
- असन्तुष्ट पक्षले अध्यक्ष गुरुङको नेतृत्वमा रहेको कार्यसमितिको अवधि नबढाउन माग गरेका छन्।
- उनीहरूले महाधिवेशन गर्न नसकेका कारण म्याद थप्न नहुने बताएका छन्।
२३ जेठ, काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलको केन्द्रीय समितिको अवधि पुनः नथप्न असन्तुष्ट पक्षले माग गरेको छ ।
विद्वान गुरुङको नेतृत्वमा रहेको तदर्थ समितिको समयावधि नथप्न तरुण दलको वर्तमान कार्यसमितिमा रहेका केन्द्रीय सदस्यहरुले माग गरेका हुन् । गुरुङको नेतृत्वमा रहेको कार्यसमितिको अवधि थप्ने संकेत पाएसँगै तरुण दलका केन्द्रीय सदस्यहरुको एउटा समूह विरोध गर्न शुक्रबार पार्टी कार्यालय सानेपा पुगेका थिए ।
मोटरसाइकल र्याली सहित पार्टी कार्यालय पुगेका असन्तुष्ट पक्षले अध्यक्ष गुरुङ नेतृत्वका कार्यसमितिको अवधि नबढाउन पार्टीलाई चेतावनी दिए ।
छ पटकसम्म म्याद थप्दा समेत महाधिवेशन गराउन नसकेका गुरुङका लागि फेरि थप्न नहुने उनीहरुको माग छ । असन्तुष्ट पक्षले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘महाधिवेशन गर्न सक्छु भनेर म्याद थपिमाग्ने न हामी कसैको नैतिक धरातल छ । न त नेतृत्वमा त्यो विस्वास छ ।’
अध्यक्ष गुरुङलाई महाधिवेशनको सन्दर्भमा पटकपटक ध्यानाकर्षण गराउँदा समेत ध्यान नदिएको असन्तुष्ट पक्षले जनाएको छ ।
तरुण दलको केन्द्रीय समिति विघटनको माग गर्दै नाराबाजीमा उत्रनेमा सभापति शेरबहादुर देउवा पक्षका पनि थिए । २०७३ सालपछि निर्वाचित समिति तरुण दलमा आउन सकेको छैन ।
प्रतिक्रिया 4