+
+
Shares

तरुण दलको अध्यक्षबाट विद्धानलाई हटाउन माग गर्दै अनुशासन समितिलाई पत्र

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २९ गते १९:०७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अध्यक्ष विद्धान गुरुङलाई पदमुक्त गर्न तरुण दलकै असन्तुष्ट केन्द्रीय सदस्यहरु पार्टीमा ज्ञापनपत्र बुझाएका छन्।
  • असन्तुष्ट केन्द्रीय सदस्यहरूले गुरुङको कार्यप्रति आलोचना गर्दै अनुशासन समितिलाई पत्र लेखेका हुन्।
  • गुरुङका कारण पार्टी र नेताहरू आलोचित हुने अवस्था सिर्जना भएको उनीहरुको भनाइ छ।

२९ जेठ, काठमाडौं ।नेपाली कांग्रेसको भ्रातृ संस्था तरुण दलका अध्यक्ष विद्धान गुरुङलाई पदमुक्त गर्न माग गर्दै पार्टीमा ज्ञापनपत्र बुझाइएको छ ।

तरुण दलकै असन्तुष्ट केन्द्रीय सदस्यहरुले मुख्य सचिव कृष्णप्रसाद पौडेल मार्फत अनुशासन समितिलाई पत्र बुझाएका हुन् ।

तरुण दलका अध्यक्ष गुरुङले सस्तो लोकप्रियताका लागि कार्यालय भवन बनाउनका लागि बजेट विनियोजन विषयलाई प्रचार गरेको असन्तुष्ट पक्षले जनाएको छ ।

गुरुङको कार्यले सिंगो पार्टी, सभापति शेरबहादुर देउवा र उपप्रधानमन्त्री प्रकाशमान सिंह आलोचित हुने अवस्था बनेको पत्रमा उल्लेख गरिएको छ ।

तरुण दलको भवनका लागि सहरी विकास मन्त्रालयले ३ करोड रकम बजेट विनियोजन गरेको जानकारी गराउँदै गुरुङले गत शनिबार सभापति देउवा र उपप्रधानमन्त्री सिंहलाई धन्यवाद दिएका थिए ।

एउटा व्यक्तिले आफ्नो ब्यक्तिगत लोकप्रियताको लोभमा प्रचारमुखी बन्दा आज प्रत्येक सञ्चार माध्यमको समाचारको हेडलाईन बनिरहेको छ । सामजिक सञ्जाल भरि हाम्रो नेता र मन्त्रीलाई आलोचना र गालीको वर्षा भैरहेको छ,’ अनुशासन समितिलाई लेखिएको पत्रमा भनिएको छ ।

तीनबर्ष सम्म महाधिवेशन गर्न नसकेर गुरुङ असक्षम सावित भएको असन्तुष्ट पक्षले जनाएको छ । अध्यक्षको अपरिपक्वताको सिंगो संगठन र पार्टी प्रति युवा संगै आम नागरिकहरूको वितृष्णा बढ्दै ग्एको पत्रमा लेखिएको छ ।

संगठनको विधि र पद्धति मिच्दै अनुशासनहीन कार्य गरेको, सामान्य नेतृत्वको क्षमता नरहेको, संगठन दिनानुदिन कमजोर बनाएको लगायतका कारण देखाउँदै पदमुक्त गर्न माग गरिएको छ ।

गुरुङलाई हटाउन माग गरेर पत्र लेख्नेहरुमा तरुण दलका केन्द्रीय सदस्यहरु रोजन राई, मनिष सिंजापति, मनोजकुमार कटुवाल, चन्द्रसुन्दर खेवाङ, सतेन्द्रसिंह ठकुरी, सिंहविक्रम पाण्डे र रोहित लामा छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?