Comments Add Comment

पोखरा

List Grid
चरा पर्यटनका लागि पनि उत्तिकै आकर्षक छ पोखरा

२३ कात्तिक, गण्डकी (पोखरा) । पर्यटकीय नगरी पोखरा तालैतालको सहर हो । यहाँका नौवटा ताल रामसारमा सूचीकृत छन् । पोखराको बीच भाग भएर बग्ने सेती नदी, फुस्रेखोला हुँदै दक्षिण भेगस्थित सुरौदीलगायतका खोलानाला महत्वपूर्ण जलाधार क्षेत्र हुन् । पोखरा आसपासका क्षेत्रका साथै हिमालपारिको जिल्ला मुस्ताङ हुँदै बग्ने काली गण्डकीसहितका विभिन्न जलसम्पदाले गण्डकी प्रदेशकै गरिमा र महत्व […]

आन्तरिक पर्यटकका कारण पोखरामा चहलपहल बढ्दै

१४ कात्तिक, पोखरा । चाँदी जस्तै टलक्क टल्केको माछापुच्छ्रे हिमालसहितका हिमाली शृङ्खला पर्यटक स्वागतको पर्खाइमा छन् । फेवाताल र पोखरा आसपासका बेगनासताल, रुपाताललगायतका विश्व रामसार सूचीमा सूचीकृत तालमा पानी टलपलाइरहँदा हिमाल र तालको अचम्मको सुन्दरता यतिखेर पोखरामा भरिएको छ । विश्वव्यापी फैलिएको कोरोना भाइरसको महामारीका कारण गत चैतयता सुनसान बनेको पर्यटकीय नगरी पोखरामा दशैँ लागेसँगै […]

कोरोना संक्रमणबाट बागलुङका ७२ वर्षीय पुरुषको मृत्यु

१३ कात्तिक, पोखरा । कोरोना भाइरस संक्रमणका कारण बागलुङका ७२ वर्षका पुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ उपचार केन्द्रमा उनको बिहीबार साँझ ५ बजेर ५ मिनेट जाँदा मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । कात्तिक ८ गते संक्रमण पुष्टि भएपछि उपचारका लागि भर्ना भएका उनमा निमोनिया र […]

पोखरामा कोरोनाबाट ३६ वर्षीया महिलाको मृत्यु

१३ कात्तिक, काठमाडौं । पोखरामा एकजना कोरोना संक्रमित महिलाको उपचारको क्रममा मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गतको कोभिड–१९ अस्पतालमा उपचाररत पोखरा महानगरपालिका–१३ की ३६ वर्षीया महिलाको मृत्यु भएको हो । आईसीयूमा उपचाररत ती महिलाको गएराति ११ बजे मृत्यु भएको अस्पतालका निर्देशक सहप्राध्यापक डा. अर्जुन आचार्यले जानकारी दिए । उनमा […]

पोखरातिर ल्याइँदैछ सैपालको च्याङ्ग्रा

४ कात्तिक,    महेन्द्रनगर  । सुदूरपश्चिमको पहाडी जिल्ला बझाङस्थित सैपाल हिमालको फेदको गाउँ धलनका उब्जन बोहरा बिक्रीका लागि भेँडा/च्याङ्ग्रा लैजाँदै गर्दा कैलालीको अत्तरियामा भेटिए । व्यावसायिक रुपले भेडा/च्याङ्ग्रा पालन गर्दै आएका साइपाल गाउँपालिका–१ धलनका बोहरा यस वर्ष दसैँमा लागि बिक्री गर्न ११२ वटा भेडा/च्याङ्ग्रा लिएर पोखरा हिँडेका छन् । बझाङ सदरमुकाम चैनपुरसम्म पुग्न दुई दिन पैदल […]

पोखरामा स्याङ्जाकी कोरोना संक्रमित महिलाको मृत्यु

२८ असोज, पोखरा ।पोखरामा उपचाररत स्याङ्जाकी एक महिलाको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत स्याङ्जा भीरकोट- २ की ५२ वर्षीया महिलाको आज बिहान मृत्यु भएको हो । २६ असोजमा अस्पताल भर्ना भएकी उनमा कोभिडसँगै थाइराइड र उच्च रक्तचापको समस्या रहेको प्रतिष्ठानका निर्देशक डा अर्जुन आचार्यले जानकारी दिए। उनको आईसीयूमा उपचार भइरहेको डा. […]

सात महिनापछि पुनः सञ्चालनमा आयो पोखरा क्यानोनिङ 

२६ असोज, पोखरा । कोभिड– १९ का कारण बन्द रहेको कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित पोखरा क्यानोनिङ सात महिनापछि पुनःसञ्चालनमा आएको छ । कोरोना महामारीको जोखिम उच्च रहे पनि स्वास्थ्य सतर्कताको मापदण्डलाई पूर्णरुपमा पालना गरेर सञ्चालन गर्न लागेको सञ्चालक राम गुरुङले जानकारी दिए । ‘अब कोरोनासँग सधैँ त्रासमा रहेर भन्दा पनि यसबाट जोगिएर कसरी अगाडि बढ्ने […]

सेती नदीको कटान रोकेर अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला

१८ असोज, पोखरा । पोखरा रंगशालाभित्र रहेको क्रिकेट मैदानलाई सुविधा सम्पन्न र व्यवस्थित गराउन गण्डकी प्रदेश सरकार१ करोड रुपैयाँ छुट्यायो भने संघीय सरकारले २ करोड । तर दुई सरकारबीच समन्वय नहुँदा काम भएन र ३ करोड रुपैयाँ फ्रिज भयो । गण्डकी प्रदेश सरकारले पहिलो वर्षको नीति तथा कार्यक्रम र बजेटदेखि नै अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला बनाउने […]

पोखरामा चट्टान र सुरुङ विषयको पढाइ सुरु

३० भदौ, कास्की । त्रिभुवन विश्वविद्यालय इञ्जिनियरिङ अध्ययन संस्थान पश्चिमाञ्चल क्याम्पस पोखरामा देशमै पहिलोपटक चट्टान तथा सुरुङ (रक एण्ड टनेल) इञ्जिनियरिङको पढाइ सुरु भएको छ । सुरुङ इञ्जिनियरिङका लागि आवश्यक दक्ष जनशक्ति स्वदेशभित्रै उत्पादनको लक्ष्यसहित स्नातकोत्तर तहमा यस वर्षबाट सो कार्यक्रमको पढाइ सुरु गरिएको हो । सिभिल इञ्जििनियरिङमा स्नातक पास भई इञ्जिनियरिङ अध्ययन संस्थानले लिएको […]

स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु

२७ भदौ, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मातहतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्याङ्जाको पुतलीबजार नगरपालिका वडा नं. १ निवासी ८५ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । आइसियूमा उपचाररत उनको आज बिहान ६ः३२ बजे मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । यही […]

शंका लागेर आफैं स्वाब दिए, आईसीयूमा सारेकै दिन मृत्यु

१८ भदौ, पोखरा । कोरोना संक्रमणको शंका लागेर आफैं स्वाब दिन पुगेका पोखराका एक पुरुषको संक्रमण देखिएको ३ दिनपछि मृत्यु भएको छ । पोखरा महानगरपालिका–६ का ३७ वर्षीय मृतक पुरुष सम्पर्कमा रहेका एक जनामा संक्रमण देखिएपछि शंका लागेर स्वाब दिन प्रदेश प्रयोगशाला पुगेका थिए । भदौ १५ गते उनमा कोरोना पोजेटिभ देखिएको थियो । सुरुमा […]

पोखराका २९ र तनहुँका २ जनामा कोरोना संक्रमण

१८ भदौ, पोखरा । कास्कीको पोखरामा थप २९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार पोखरा महानगरपालिकाका १० वटा वडामा ६ जना महिलासहित २९ जनालाई कोरोना संक्रमण पुष्टि भएकको हो । सबै संक्रमित यसअघि संक्रमित व्यक्तिको कन्टयाक्ट ट्रेसिङका आधारमा पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक विनोद विन्दु शर्माले जानकारी दिए । पोखरा […]

पोखरामा एकैदिन समातिए २८ जना फरार अभियुक्त

१७ भदौ, काठमाडौं । जिल्ला प्रहरी कार्यालय, पोखराले एकैदिन २८ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । दण्डहिनताविरुद्धको अभियान अनुसार कास्की जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयले दोषी ठहर्‍याएका व्यक्तिलाई पक्राउ गरिएको हो । कास्की प्रहरी प्रमुख एसपी जीवनकुमार श्रेष्ठले अनलाइनखबरलाई बताए अनुसार जिल्लाका विभिन्न क्षेत्रमा लुकिछिपी बसेका उनीहरुलाई जिल्ला प्रहरी कार्यालय र मातहतका युनिटबाट […]

पोखरामा कोरोना संक्रमित महिलाको मृत्यु

११ भदौ, पोखरा । पोखरा महानगरपालिका- १२ की ३२ वर्षीया कोरोना संक्रमित महिलाको उपचारका क्रममा बिहीबार विहान मृत्यु  भएको छ । कोरोना संक्रमण पुष्टि भएपछि भदौ ७ गतेदेखि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयूमा उपचाररत उनको बिहीबार विहान ८ बजे मृत्यु भएको प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । उनलाई पोखराको कास्की सेवा हस्पिटलबाट ७ […]

पोखरामा पत्रकार र सुरक्षाकर्मीसहित थप ११ जना संक्रमित

९ भदौ, पोखरा । गण्डकी प्रदेशमा मंगलबार विहान थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमध्ये ११ जना पोखरा महानगरपालिकाका छन् । पोखरामा  १ पत्रकार, २ सुरक्षाकर्मी र १ जना दुबईबाट फर्किएका व्यक्तिसहित ११ जनामा कोरोना संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशक विनोदविन्दु शर्माले जानकारी दिए । मंगलबार नै तनहुँको भानु नगरपालिकामा ६ जनामा […]

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीलाई कोरोना

७ भदौ, पोखरा । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका एक जना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत ३९ वर्षीय पुरुष स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो । साउन ३२ गते अस्पतालको इमर्जेन्सी विभागमा भर्ना गरिएका एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएपछि २ भदौमा मृत्यु भएको थियो । […]

कास्की सेवा हस्पिटलमा आईसीयुका बिरामी र नर्सलाई कोरोना

७ भदौ, पोखरा । पोखराको कास्की सेवा हस्पिटलको आईसीयू कक्षमा उपचाररत एक जना बिरामी र एक नर्सलाई कोरोना संक्रमण पुष्टि भएको छ । भदौ २ गते राति कोरोना संक्रमित तनहुँकी ५० वर्षकी महिलाको मृत्यु भएपछि अस्पतालका ५२ जनाको स्वाब परीक्षण गरिएको थियो । तीमध्ये आइतबार स्टार्फ नर्स र आईसीयूमा उपचाररत महिलामा कोरोना संक्रमण पुष्टि भएको […]

पोखरामा कोरोनासँग मिल्दो लक्षण भएकी महिलाको मृत्यु

२ भदौ, पोखरा । कोरोना भाइरससँग मिल्दो जुल्दो लक्षण भएकी २६ वर्षीया एक महिलाको पोखराको बुद्धचोकस्थित ग्यालेक्सी हस्पिटलमा उपचारको क्रममा मृत्यु भएको छ । श्वाप्रश्वासमा समस्या देखिएपछि तनहुँको बन्दीपुरबाट उनलाई उपचारका लागि पोखराको ग्यालेक्सी हस्पिटलमा भर्ना गरिएको थियो । साउन २० गते बन्दीपुर हस्पिटलमा उपचारका लागि उनी भर्ना भएकी थिइन् । तर स्वास्थ्यमा थप समस्या […]

पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु

२ भदौ, पोखरा । पोखराकोमा थप एक जना कोरोना संक्रमितको पनि मृत्यु भएको छ । पोखरा महानगरपालिका वडा नम्बर १६ का ८७ वर्षीय वृद्धको मंगलबार बिहान १०ः४० बजे मृत्यु भएको पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखराका निर्देशक डा. अर्जुन आचार्यले जानकारी दिए । पोखरामै तनहुँकी ५० वर्षीया संक्रमित महिलाको पनि गएराति मृत्यु भएको थियो । पोखराका ८७ […]

पोखरामा तनहुँकी कोरोना संक्रमित महिलाको मृत्यु

२ भदौ, पोखरा । कोरोना संक्रमण पुष्टि भएकी तनहुँकी एक महिलाको पोखरामा उपचारको क्रममा मृत्यु भएको छ । तनहुँ ब्यास–१ अम्रेनीकी ५० वर्षीया महिलाको पोखराको कास्की सेवा अस्पतालमा उपचारको क्रममा ज्यान गएको हो । उनलाई साउन ३२ गते उपचारका लागि अस्पताल लागिएको थियो । ती महिलामा सुगर, प्रेसर, मुटुको समस्या र निमोनिया रहेको कास्की सेवा […]

पोखरामा बढे स्रोत नखुलेका संक्रमित, महानगर नै सिल गर्ने तयारी

३२ साउन, पोखरा । साउन १२ गते पोखरा ५ को एउटा सहकारीको कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भयो । बिना कुनै स्रोत ती कर्मचारीलाई कोरोना पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएका व्यक्तिहरुको स्वाब संकलन थालियो । ८० जनाको स्वाब संकलन गर्दा अहिलेसम्म वडामा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शनिबारमात्रै ती कर्मचारीको बाबु र छोरीमा […]