+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
147/6 (20)
VS
Biartnagar Kings won by 6 wickets
Won विराटनगर किंग्स 2025
150/4 (11.5)
Shares

पोखरामा बाटोसँगै घर भासियो

अनलाइनखबर अनलाइनखबर
२०७९ असार १२ गते ९:२१

१२ असार, पोखरा । केही दिनदेखि लगातार भइरहेको भारी वर्षाका कारण पोखरा महानगरपालिका वडा नम्बर ४ मा सडकसहित एक घर भासिएको छ ।

फिर्केखोला नजिकैको बुढानीलकण्ठ किरियाकर्म अगाडिको बाटो करिब १५ मिटर भासिएको वडाध्यक्ष देवीकृष्ण पराजुलीले जानकारी दिए । ‘सडक वारि र पारि गरेर पूर्णरुपमा भासिएको छ । घरको बाहिरी भाग सकुशल छ तर, भित्री कोठा भने भासिएर पूर्ण क्षति पुगेको छ,’ वडाध्यक्ष पराजुलीले भने, ‘घर ओढारजस्तो भएको छ ।’

महानगर उपप्रमुख मञ्जुदेवी गुरुङसहितको टोलीले भासिएको सडकको स्थलगत निरीक्षण गरेको छ ।

सामान्य वर्षामा समेत पोखराका विभिन्न ठाउँमा सडक भासिँदै आएको छ । जमिनभित्र चुनयुक्त माटो भएको र बर्खामा पानीको सम्पर्कमा आउँदा पग्लिएर सडक भ्वाङ पर्ने गरेको विज्ञहरुले बताउँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?