Comments Add Comment

बामदेव गौतम

List Grid
बालुवाटार पुगेर वामदेवले भने– प्रचण्डको प्रस्तावमा मेरो पनि योगदान छ

३० कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले आइतबार बालुवाटार पुगेर अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । भेटमा गौतमले सचिवालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेकव प्रस्तावमा आफ्नो पनि योगदान रहेको प्रधानमन्त्रीलाई जानकारी गराएका छन् । ‘प्रचण्डले सचिवालय बैठकमा प्रस्तुत गर्नुभएको प्रस्ताव हामी सचिवालयका पाँचैजना […]

बामदेवलाई मन्त्री बन्न बाटो खुला, सर्वोच्चले दिएन अन्तरिम आदेश

२६ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यको रुपमा काम गर्न र मन्त्री बन्नबाट रोक्न अस्वीकार गरेको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासहितको संवैधानिक इजलासले गौतमलाई राष्ट्रियसभा सदस्यको हैसियतमा काम गर्न र मन्त्रिपरिषदमा सामेल हुन रोक लगाउने गरी अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो । सर्वोच्चको […]

मेरो नियुक्ति पद र प्रतिष्ठासँग गाँसिएको थिएन : बामदेव गौतम

२६ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमले राष्ट्रियसभामा आफ्नो नियुक्ति पद र प्रतिष्ठासँग नगाँसिएको बताएका छन् । बामदेवलाई राष्ट्रियसभा सदस्यको हैसियतमा काम गर्न र मन्त्री बन्न रोक्न माग गर्दै दायर भएको रिटमा बुधबार सर्वोच्चले अन्तरिम आदेश नदिएपछि उनले फेसबुकमा स्टाटस लेख्दै खुशी व्यक्त गरेका छन् । सँगै उनले भनेका […]

बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज

२६ कात्तिक, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष तथा राष्ट्रियसभा सांसद बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाइ आज हुने भएको छ । गौतमको सांसदको योग्यता सम्बन्धी सर्वोच्च अदालतमा परेको मुद्दाको पेशी आजका लागि तोकिएको हो । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपकुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलाशमा गौतमविरुद्धको मुद्दाको सुनवाइ […]

बामदेवलाई राष्ट्रपतिको आग्रह : पार्टी एकता जोगाउन भूमिका खेल्नुहोस्

१८ कात्तिक, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतम राष्ट्रपति विद्यादेवी भण्डारी भेट्न शितल निवास पुगेका छन् । मंगलबार साँझ गौतम शितल निवास पुगेका हुन् । गौतमलाई राष्ट्रपति भण्डारीले नै भेट्न बोलाएको गौतमका प्रेस संयोजक विश्वमणि सुवेदीले अनलाइनखबरलाई बताए । भेटमा राष्ट्रपति भण्डारीले पार्टी एकता जोगाउन भूमिका खेल्न आग्रह गरेकी छन् […]

बामदेवविरुद्धको मुद्दाको सुनुवाई दसैंपछि !

२८ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमविरुद्धको मुद्दाको सुनुवाई दसैंपछि मात्रै हुने देखिएको छ । बुधबार संवैधानिक इजलास बस्न नसकेपछि दसैंअघि उनको मुद्दामा सुनुवाइ हुने संभावना लगभग टरेको हो । सर्वोच्च अदालतका  केही न्यायाधीश र अधिकृतमा  नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण संवैधानिक इजलास बस्न नसकेको हो । हप्तामा बुधबार […]

कोरोनाले बामदेवको मुद्धामा सुनुवाई स्थगित

२१ असोज, काठमाडौं । सर्वोच्च अदालतमा बुधबार सुनुवाई तोकिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमसँग सम्बन्धित रिटमाथिको सुनुवाई स्थगित भएको छ । न्यायाधीश र केही कर्मचारीमा कोरोना भाइरस संक्रमण भएपछि तीन दिनदेखि सर्वोच्च अदालतको सेवा प्रभावित भएको छ । बुधबार सर्वोच्चमा न्यायाधीश प्रकाशमान सिंह राउत र बमकुमार श्रेष्ठको संयुक्त र न्यायाधीश हरि फुयालको […]

बामदेवको मुद्दा फेरि हेर्दाहेर्दैमा, अब बुधबार सुनुवाई हुने

१६ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाका उपाध्यक्ष बामदेव गौतमसँग सम्बन्धित रिटमा सर्वोच्च अदालतमा अब बुधबार सुनुवाई हुने भएको छ । शुक्रबार सुनुवाई नसकिएपछि मुद्दा हेर्दाहेर्दैमा राखेर बाँकी सुनुवाई आउँदो बुधबारसम्मका लागि सरेको सर्वोच्च अदालतका एक अधिकारीले जानकारी दिए। गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपतिले राष्ट्रियसभा सदस्य मनोनित गरेको विरुद्धमा वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता […]

बामदेवको मुद्दा संवैधानिक इजलासमा सुनुवाइ हुँदै

१६ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभा सदस्यमा मनोनित गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको आज पनि सुनुवाई हुँदैछ । बुधबार हेर्दा हेर्दैको अवस्था रहेको यो रिटमा आज शुक्रबार थप सुनुवाई गर्ने मिति तोकिएको थियो । गौतमलाई सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रियसभा सदस्यमा मनोनयन गरेपछि वरिष्ठ अधिवक्ता दिनेश […]

बामदेवको मुद्दा हेर्दाहेर्दैमा, मन्त्री बन्न सक्ने सरकारको तर्क

१४ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्यमा मनोनित गर्ने निर्णयविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई शुक्रबारसम्मलाई लम्बिएको छ । बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासको पूर्ण इजलासमा रिट निवेदक र विपक्षी दुबैपक्षबाट बहस भए पनि अझै कानुन व्यवसायीहरुले बहस गर्ने क्रम नसकिएका कारण शुक्रबारसम्मलाई सरेको हो । सर्वोच्चका […]

गौतमविरुद्धको रिट पूर्ण इजलाशलाई सुनुवाइ हुँदै

१४ असोज, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमविरुद्धको रिटमाथि आज पूर्ण इजलाशमा सुनुवाइ हुँदैछ । गत प्रतिनिधिसभा सदस्य निर्वाचन हारेकाले गौतम सांसद र मन्त्री बन्न योग्य नरहेको दाबीसहित दायर रिट प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरू दीपककुमार कार्की, हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ र ईश्वरप्रसाद खतिवडाको इजलाशमा परेको हो । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले […]

बामदेवलाई मन्त्री बन्न सर्वोच्चको रोक, सांसद पद यथास्थितिमा

७ असोज, काठमाडौं । सर्वोच्च अदालतले हालै राष्ट्रियसभा सदस्य नियुक्त भएका नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै बुधबार न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो । […]

बामदेव गौतमविरुद्ध सर्वोच्चमा रिट, मन्त्री बनाउन रोक्न अन्तरिम आदेश माग

५ असोज, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपतिको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता बद्रीराज भट्टले गौतमलाई राष्ट्रियसभामा मनोनीत गर्ने राष्ट्रपति कार्यालयको भदौ २९ को निर्णय र उनलाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषदको निर्णय बदर गर्न माग […]

बामदेवको व्यवस्थापन : ६ वर्ष राष्ट्रियसभामै थन्किएलान् ?

१ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष बामदेव गौतमले विहीबार राष्ट्रिय सभा सदस्यको सपथ लिएका छन् । गौतमको सपथ ग्रहणसँगै एउटा प्रश्न भने अझै थाती छ, के अब नेकपाभित्र गौतमको व्यवस्थापन तत्काललाई टरेको हो ? वा अझै बाँकी छ ? कतै न कतै शक्तिमा रहिरहन रुचाउने नेता हुन् गौतम । राष्ट्रिय सभामा […]

राष्ट्रियसभाको गरिमा गिराउने काम गर्दिनँ : बामदेव गौतम

१ असोज, काठमाडौं । राष्ट्रियसभा सदस्य बामदेव गौतमले राष्ट्रियसभाको गरिमा र प्रतिष्ठा गिराउने काम नगर्ने बताएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष गौतमलाई बिहीबार राष्ट्रियसभा सदस्य मनोनित गरेकी थिइन् । लगत्तै उनले राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमल्सिनासमक्ष पद तथा गोपनीयताको सपथ लिएका छन् । सपथपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै […]

बामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित

१ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उपाध्यक्ष वामदेव गौतम राष्ट्रियसभा सदस्य मनोनित भएका छन् । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई गौतमलाई राष्ट्रियसभा सदस्य मनोनित गरेकी हुन् । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभामा राष्ट्रपतिले मनोनित गर्ने तीनमध्ये एक सिट फागुनदेखि खाली थियो । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले त्यही सिटमा गौतमलाई […]

विवेकशीलको प्रश्न– बामदेवले के योगदान गरेका थिए ? राष्ट्रियसभामा किन आवश्यकता पर्‍यो ?

२३ भदौ, काठमाडौं । विवेकशील नेपाली दलले नेकपा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभामा नलैजान सरकारलाई आग्रह गरेको छ । साथै राष्ट्रियसभामा तीन सदस्य मनोनयन गर्ने संवैधानिक व्यवस्थाको मर्म र भावनाबारे विचार गर्न राष्ट्रपति विद्यादेवी भण्डारीलाई विवेकशील नेपाली दलले ध्यानाकर्षणसमेत गराएको छ । २०७४ को प्रतिनिधि सभा निर्वाचनमा बर्दिया क्षेत्र नम्बर १ बाट पराजित गौतमलाई राष्ट्रियसभामा […]

वामदेवलाई राष्ट्रियसभामा पठाउने नेकपाको निर्णय

१८ भदौ, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा पठाउने निर्णय गरेको छ । नेकपा सचिवालयको बैठकले राष्ट्रियसभा सदस्यमध्ये राष्ट्रपतिले मनोनित गर्ने खाली एक सिटमा गौतमलाई मनोनयन गर्न सिफारिस गर्ने निर्णय गरेको हो । बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियसभा सदस्यमा मनोनित गर्न गौतमलाई सिफारिस गर्ने निष्कर्षमा सरकार पुगेको […]

नेकपा बैठक : प्रधानमन्त्री ओली मौन, बामदेवको विरोध

१ भदौ, काठमाडौं । अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच ‘सहमति’ भएपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सचिवालय बैठक सोमबार बस्यो । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा दुई अध्यक्ष सहमतिकै भावमा प्रस्तुत भएको नेताहरुले बताएका छन् । एक सदस्यका अनुसार बैठक सुरु हुनासाथ अध्यक्ष एवं प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाई बैठक चलाउन आग्रह […]

प्रचण्डलाई बामदेवको जवाफ : म सानो ठूलो कुनै पनि गुटमा लाग्दिनँ

२१ साउन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमले आफू पार्टीको कुनै पनि गुटमा नलाग्ने बताएका छन् । मंगलबार विहान नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग आफ्नै निवासमा भएको भेटमा उनले आफू कुनै सानो ठूलो गुटमा नलाग्ने बताएका उनका सहयोगी विश्वमणि सुवेदीले जानकारी दिएका छन् । ‘क. प्रचण्डले ‘अब तपाईं के गर्नुहुन्छ ?’ भनी सोध्नुभयो […]

बामदेवलाई भेट्न भैंसेपाटी पुगे प्रधानमन्त्री

१३ साउन, काठमाडौं । प्रधानमन्त्री एवं सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली उपाध्यक्ष बामदेव गौतमलाई भेट्न उनको निवास भैंसेपाटी पुगेका छन् । प्रचण्ड–माधवकुमार नेपाल समूह छाडेर आफूतिर आएलगत्तै ओली गौतमलाई भेट्न निवासमै पुगेका हुन् । भेटमा पार्टी महासचिव विष्णु पौडेल समेत सहभागी रहेको स्रोतले बताएको छ । ओलीले मंगलबार बोलाएको स्थायी कमिटी […]