+
+
Shares

समाजवाद घोषणा गर्ने बेला भयो, ढिला नगरौं : बामदेव गौतम

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ २५ गते १९:२३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रिय सभा सदस्य बामदेव गौतमले समाजवाद घोषणा गर्न अब ढिला नगर्न सुझाव दिए।
  • उनले मुलुकको समृद्धिका लागि समाजवादको बाटो अवलम्बन आवश्यक भएको बताए।
  • गौतमले भ्रष्टाचार र नेताहरूको दुरुपयोगबाट बच्न परिवर्तन आवश्यक रहेको उल्लेख गरे।

२५ जेठ, काठमाडौं । राष्ट्रिय सभा सदस्य बामदेव गौतमले समाजवाद घोषणा गर्न अब ढिला गर्न नहुने बताएका छन् ।

आइतबार सिंहदरबारमा बसेको राष्ट्रिय सभाअन्तर्गतको विकास, आर्थिक मामिला तथा सुशासन समिति बैठकमा बोल्दै उनले मुलुकमा समाजवाद घोषणा गर्ने समय भइसकेको बताए ।

समाजवादको बाटोमा हिँडे मात्रै मुलुक समृद्ध बन्न सकिने उनको भनाइ थियो । अरू बाटोबाट हिँडे मुलुक गरिब र नेताहरू त्यहीँ गरिब जनतालाई ठग्ने भन्दा अरू नहुने उनले जिकिर गरे ।

‘समाजवाद घोषणा गर्ने बेला भयो, ढिला गर्नुहुँदैन । त्यही बाटोमा हिँड्नुपर्छ हामी समृद्ध हुन्छौँ । अरू बाटोबाट हामी गरिबको गरिब, गरिब जनतालाई ठग्ने नेता, त्यो भन्दा अरू हुँदैन,’ गौतमले भने ।

भ्रष्टाचार नगरी नेता नबाच्ने, चुनाव नजित्ने र राज्यलाई धोका दिनै पर्छ भन्ने बाटोमा मुलुक रहेको बताउँदै त्यसलाई परिवर्तन गर्नुपर्नेमा गौतमले जोड दिए ।

‘भ्रष्टाचार नगरी नेता बाँच्दैन, नेताले चुनाव जित्न पनि सक्दैन, केही न केही गर्नैपर्छ, राज्यलाई केही न केही धोका दिनै पर्छ, त्यस्तो बाटोमा लैजाने गरी आज जुन व्यवस्था भएको छ,’ गौतमले भनेका छन्, ‘त्यो व्यवस्था सबैलाई भ्रष्टाचार गर्न लगाउने व्यवस्था हो । यसलाई परिवर्तन गर्नुपर्छ । परिवर्तन गरेर अगाडी जाने काम गरौँ । अभाव केही छैन नेपालमा, सबै चिज नेपालभित्रै छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?