+
+
Shares

बामदेवको दाबी- पार्टी सदस्यको संख्या १ करोड पुग्छ

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १९ गते १६:५०

१९ कात्तिक, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता बामदेव गौतमले नयाँ बनेको कम्युनिस्ट पार्टीको सदस्य संख्या १ करोड पुग्ने दाबी गरेका छन् ।

बुधबार नवगठित पार्टीको एकता घोषणा सभामा बोल्ने क्रममा उनले यस्तो बताएका हुन् ।

अहिले आफूहरूसँग १०/१२ लाख सदस्य भएको उल्लेख गर्दै जनतासमक्ष पुग्दा अब त्यो संख्या १ करोडसम्म पुग्ने जिकिर गरे ।

‘अहिले हामीसँग १० १२ लाख पार्टी सदस्य छन् । अब हामी जनताकाबीचमा गयौं भने ६ महिनामा २० लाख पुग्नेछ,’ गौतमले भने, ‘एक वर्षमा ५० लाख पुग्नेछ र पार्टी सदस्यको संख्या १ करोड पुग्नेछ । पार्टी सदस्य र जनताको समर्थनको पीर नगर्नुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?