Comments Add Comment

ब्याडमिन्टन

List Grid
पहिलो पटक अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टनमा नेपाली खेलाडीले प्रतिस्पर्धा गर्दै

१३ चैत, काठमाडौं । नेपाली पारा ब्याडमिन्टन खेलाडीले पहिलो पटक अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टन प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । सुर्खेतका १८ वर्षीय प्रकाश अधिकारीले युएईमा हुने तेस्रो फाज्जा दुबई अन्तर्राष्ट्रिय पारा ब्याडमिन्टनमा प्रतिस्पर्धा गर्न लागेका हुन् । मार्च २७ देखि अप्रिल ५ सम्म दुबईको शाबब अल अहली दुबई क्लबमा हुनेछ । प्रकाश शनिबार त्यसतर्फ प्रस्थान […]

साइनो मेयर कप ब्याडमिन्टन : दीपेश, विष्णु र प्रिन्स अन्तिम आठमा

२८ फागुन, काठमाडौं । एपीएफका दीपेश धामी र नेपाल पुलिसका विष्णु कटुवाल राजधानीमा जारी प्रथम खुल्ला साइनो मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलको अन्तिम आठमा स्थान सुरक्षित गर्न सफल भएका छन् । शुक्रबार सम्पन्न खेलमा दीपेशले सेनाका सन्तोष पनेरुलाई २१-१४, २१-१२ को सहज जित निकाल्दै क्वाटरफाइनलमा स्थान पक्का गरेका हुन् । यस्तै प्रतियोगिताका दोश्रो वरीयता […]

मेयर कप ब्याडमिन्टन : दिवससँग पराजित हुँदै विवेक बाहिरिए

२१ फागुन, भाेजपुर । लामो समय पश्चात कोर्टमा फर्किएका भोजपुरका विवेक श्रेष्ठको यात्रा सेमिफाइनलमै समाप्त भएकाे छ । पूर्वजुनियर च्याम्पियन श्रेष्ठ भोजपुरमा जारी प्रदेश नं. १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको पुरुष सेमिफाइनलमा पाँचथरका दिवस शंकरसँग १९-२१, ८-२१ ले पराजित हुन पुगे । अब उपाधिका लागि दिवसले आफ्नै जिल्लाका एसिया जवेगुसँग प्रतिस्पर्धा गर्ने छन् । […]

लामो समयपछि कोर्टमा फर्किंदै विवेक पुगे क्वाटरफाइनलमा

२० फागुन, भोजपुर । लामो समय कोर्टबाट बाहिर रहेका पूर्वराष्ट्रिय च्याम्पियन भोजपुरका विवेक श्रेष्ठ पुनः कोर्टमा फर्कदै सुखद पुनरागमन गरेका छन् । बिहीबार प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा जित निकाल्दै विवेक क्वाटरफाइनलमा प्रवेश गरेका छन् । पुरुष एकलको प्रतिस्पर्धामा विवेकले सुनसरीका प्रकाश लिम्बुलाई २१–१४, २१–१५ को सोझो सेटमा पराजित गर्दै अन्तिम ८ को […]

प्रदेश १ मेयर कप ब्याडमिन्टन : भोजपुरका विशाल र सुभाष प्रिक्वाटरमा

१९ फागुन, भोजपुर । भोजपुरका विशाल तामाङ भोजपुरमा जारी प्रदेश नं. १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिताको प्रिक्वाटरमा प्रवेश गरेका छन् । विशालले पुरुष एकलतर्फ पहिलो दिन सुनसरीका सत्यन सुब्बामाथि १८-२१, २३-२१, २१-१४ को जित निकाल्दै प्रिक्वाटरमा प्रवेश गरेका हुन् । भोजपुरकै अर्का खेलाडी सुभाष तामाङ पनि प्रिक्वाटरमा स्थान बनाउन सफल भए । सुभाषले सोलखुम्बुका संयोग सुब्बालाई २१-१६, […]

सैनामैनामा प्रथम मेयर कप ब्याडमिन्टन हुँदै

१९ फागुन, बुटवल । रुपन्देहीको सैनामैनामा प्रथम मेयरकप बी लेभल ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ । सैनामैना नगरपालिकाको आर्थिक सहयोग तथा दुधराक्ष युवा क्लबको आयोजनामा शुक्रबारदेखि प्रतियोगिता हुन लागेको हो । सैनामैना–६ स्थित दुधराक्ष ब्याडमिन्टन क्लबको कोर्टमा सञ्चालन हुने मेन्स डबल्स प्रतियोगितामा ३० समूहको सहभागिता रहने क्लबका अध्यक्ष विष्णु पाण्डेले जानकारी दिए । प्रतियोगिताको विजेताले […]

भोजपुर मेयरकप ब्याडमिन्टन बुधबारदेखि

१८ फागुन, भोजपुर । भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजनमा प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता बुधबारबाट सुरु हुने भएको छ । प्रतियोगिताका लागि सम्पूर्ण तयारी पूरा भइसकेको भोजपुर जिल्ला ब्याडमिन्टन संघका अध्यक्ष एवं पूर्वराष्ट्रिय च्याम्पियन विकास श्रेष्ठले जानकारी दिए । भोजपुर जिल्ला ब्याडमिन्टनको कभर्डहलमा सञ्चालन हुने प्रतियोगितामा पुरुष तथा […]

प्रदेश १ स्तरीय मेयरकप ब्याडमिन्टन फागुन तेस्रो हप्ता

७ फागुन, काठमाडौं । भोजपुरमा आगामी फागुन १९-२२ गतेसम्म प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको मुख्य प्रायोजन र योनेक्स सनराइजको सहप्रायोजनमा भोजपुर बहुमुखी क्याम्पसको कभर्डहलमा प्रतियोगिता सञ्चालन हुन लागेको हो । प्रतियोगितामा पुरुष तथा महिला एकल, पुरुष युगल, यू-१७ ब्वाइज तथा […]

दीपेश र जेशिकालाई प्रथम प्रधानमन्त्री कप ब्याडमिन्टनको उपाधि

२ फागुन, चितवन । एपीएफका दीपेश धामी र जेसिका गुरुङले चितवनमा सम्पन्न भएको योनेक्स सनराईज प्रथम प्रधानमन्त्री कप राष्ट्रब्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । धामीले पुरुष एकलमा एपीएफकै प्रिन्स दाहाललाई र जेशसिकाले महिला एकलमा नेपाली सेनाकी रशिला महर्जनलाई पराजित गर्दै च्याम्पियन बनेका हुन् । पुरुष एकल निकैनै प्रतिस्पर्धी खेलमा धामीले दाहाललाई २१-१९, २२-२० […]

प्रधानमन्त्री कप ब्याडमिन्टनमा रत्नजित पराजित

३० माघ चितवन । नेपाली ब्याडमिन्टनका पहिलो वरियताका खेलाडी रत्नजित तामाङ चितवनमा जारी योनेक्स सनराइज प्रथम प्रधानमन्त्री कप राष्ट्रव्यापी खुला ब्याडमिन्टन प्रतियोगिताबाट बाहिरिएका छन् । क्वार्टरफाइनल प्रवेशका लागि शुक्रबार भएको पुरुष एकल स्पर्धामा नेपाली सेनाका रत्नजित सेनाकै हिमाल चन्दसंग पराजित भएका हुन् । प्रतियोगिताको तयारीका लागि प्रशिक्षण गर्ने क्रममा खुट्टामा चोट लागेका तामाङ चन्दसँग २१–१६, १३ […]

खुल्ला ब्याडमिन्टनको उपाधि पोखराका विशाल र विधानलाई 

२५ माघ, बुटवल । बुटवलमा सम्पन्न राष्ट्रियस्तरको खुल्ला तथा भेट्रान्स पुरुष डबल व्याडमिन्टन प्रतियोगिताको उपाधि पोखराका विशाल खड्का र विधान अधिकारीको जोडीले जितेका छन् । लाफा समूह बुटवलको आयोजनामा भएको प्रतियोगिताको फाइनलमा बुटवलका विश्वास नेपाल र गणेश रायमाझीको जोडीलाई २–१ को सेटमा पराजित गर्दै खड्का र अधिकारीले उपाधि जितेका हुन् । खुल्लातर्फ पोखराका विशाल बस्नेत […]

पुष्लाल स्मृती ब्याडमिन्टनको उपाधि प्रिन्स र जेशिकालाई

४ माघ, सिराह । सिल्क ग्रुपका प्रिन्स दाहाल र एपिएफकी जेशिका गुरुङले योनेक्स सनराइज १०औं पुष्पलाल स्मृती राष्ट्रिय र्‍याङकिङ प्रतियोगिताको उपाधि जितेका छन् । सेमिफाइनलमा शीर्ष वरीयताका रत्नजित तामाङलाई पराजित गरेका प्रिन्सले शीर्ष १६ वरीयताअनतर्गत पुरुष एकलको फाइनलमा एपीएफका दीपेश धामीलाई २१-१८, २१-१३ ले पराजित गर्दै पुष्पलाल ब्याडमिन्टनमा नयाँ इतिहास रचेका छन् । गोलबजार कभर्डहलमा भएको […]

रत्न, प्रिन्स, प्रफुल र दिपेश सेमिफाइनलमा

२ माघ, काठमाडौं । राष्ट्रिय च्याम्पियन नेपाली सेनाको त्रिभुवन आर्मी क्लबका रत्नजित तामाङ, उदियमान खेलाडी सिल्क ग्रुपका प्रिन्स दाहाल, आर्मीका प्रफुल महर्जन र एपीएफका दिपेश धामीले योनेक्स सनराइज १० औं पुष्पलाल स्मृति राष्ट्रिय र्‍याङकिङ प्रतियोगिताको पुरुष उच्च १६ को अन्तिम चारमा स्थान पक्का गरेका छन् । शुक्रबार गोलबजार कभर्डहलमा भएको क्वाटरफाइनल खेलमा रत्नले भोजपुरका विकास […]

विश्व वरीयतामा प्रिन्सकाे छलाङ

२ माघ, काठमाडौं । नेपाली युवा ब्याडमिन्टन स्टार प्रिन्स दाहालले विश्व ब्याडमिन्टनकाे जुनियर वरीयतामा ठूलाे छलाङ मारेका छन् । विश्व ब्यमड्मिन्टनकाे सर्वाेच्च संस्था वर्ल्ड ब्याडमिन्टन फेडेरेसनले शुक्रबार जारी गरेकाे नयाँ जुनियरमा प्रिन्स तेस्राे स्थानमा उक्लेका छन् । उनीभन्दा माथि डेनमार्कका म्याड्स जाेएल मुलर र भारतका वरुढ कपुर रहेका छन् । प्रिन्सले जुनियर ब्याडमिन्टनमा अहिलेसम्मकै ठुूलो […]

काठमाडौं ब्याडमिनटन एकेडेमीको घोषणा

१७ पुस, काठमाडौं । ब्याडमिन्टन उत्कृष्ट खेलाडी उत्पादन गर्ने लक्ष्यसहित काठमाडौं ब्याडमिन्टन एकेडेमी (केबीए) को औपचारिक घोषणा भएको छ । ६ महिना अघि नै सुरु भएको केबीएको सन् २०२१ को पहिलो दिन पारेर शुक्रबार एक कार्यक्रमका बीच घोषणा गरिएको हो । राष्ट्रिय प्रतियोगितामा तीनपल्ट च्याम्पियन रहिसकेका रीता अधिकारी विष्टको अध्यक्षतामा केबीए स्थापना भएको हो । विष्ट […]

धादिङमा मेयर कप ब्याडमिन्टन सुरु

९ पुस, धादिङ । धादिङ जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा निलकण्ठ नगरपालिकाको प्रदबर्द्धन तथा नेपाल ब्याडमिन्टन एसोसिएसनको प्राविधिक सहयोगमा धादिङमा प्रथम मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ सुरु भएको छ । ८ वटा इभेन्ट समावेश रहेको प्रतियोगिताको उद्घाटन बिहीबार निलकण्ठ नगरपालिकाका मेयर भिम प्रसाद ढंगानाले गरे । उद्घाटनको अवसरमा खेलाडीको तर्फबाट धादिङका खेलाडी राम चन्द्र गिरी र […]

खेल सामग्री नपाएपछि ब्याडमिन्टन खेलाडीले दिए उजुरी

३० साउन, काठमाडौं । गत मंसिरमा नेपाल आयोजना भएको १३ औ दक्षिण एशियाली खेलकुद (साग) मा ब्याडमिन्टन खेलाडीका लागि छुट्याइएको खेल सामाग्री अझैसम्म नपाएको भन्दै ब्याडमिन्टन खेलाडीहरुले राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा उजुरी दिएका छन् । सागमा प्रतिस्पर्धा गरेका २० मध्ये १२ खेलाडीले शुक्रबार शुक्रवार १३ औं सागमा उपलब्ध खेल सामाग्री नपाएको भन्दै राखेप सदस्यसचिव […]

‘प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर खेलाडी’

३ साउन, काठमाडौं । ब्याडमिन्टन एसियाले नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल एसियाकै उत्कृष्ट जुनियर खेलाडी भएको जनाएको छ । एसिया ब्याडमिन्टनले प्रिन्सको बारेमा संक्षिप्त लेख लेख्दै वर्तमान अवस्थामा प्रिन्स नै एसियाली क्षेत्रको उत्कृष्ट युवा खेलाडी भएको जनाएको हो । विश्व ब्याडमिन्टनको जुनियर वरियतामा प्रिन्स सातौं स्थानमा छन्, जुन नेपालको युवा ब्याडमिन्टन खेलाडीले अहिलेसम्म प्राप्त […]

ब्याडमिन्टन लेजेण्ड लिन डानले लिए सन्यास

काठमाडौं । विश्व ब्याडमिन्टनका स्टार लेजेण्ड चाइनिज खेलाडी लिन डानले खेल करियरबाट सन्यास लिएका छन् । दुई पटक ओलम्पिक गोल्ड मेडल र पाँच पटक विश्वक च्याम्पियन बनेका डानले शनिवार खेल जीवन टुङ्गाउने घोषणा गरेका हुन् । उनले सामाजिक सञ्जाल विवोबाट सन्यास घोषणा गरेका हुन् । ‘२००० देखि २०२० सम्म ! २० वर्षपछि मैले राष्ट्रिय टिमलाई […]

पाँच पटककी राष्ट्रिय च्याम्पियन पूजा र युवा स्टार प्रिन्सले सुरु गरे प्रशिक्षण

७ असार काठमाडौं । पछिल्लो समय नेपाली ब्याडमिन्टनमा युवा स्टारको छवि बनाएका प्रिन्स दाहाल र कीर्तिमानी राष्ट्रिय च्याम्पियन पूजा श्रेष्ठले ब्याडमिन्टन प्रशिक्षण सुरु गरेका छन् । कोरोना महामारी र लकडाउनले गर्दा झण्डै तीन महिनादेखि लकडाउनमा रहेको बेला पूजा र प्रिन्सले बुल्स क्लबो इन्डोर हलमा प्रशिक्षण गरेका हुन् । सरकारले लकडाउन खुकुलो बनाएपछि खेलाडीहरुले प्रशिक्षण सुरु […]

ब्याडमिन्टनको ट्रेनिङ सुरु गराउने तयारीमा संघ

१ असार काठमाडौं । नेपाल ब्याडमिन्टन संघ एनबीएले खेलाडीहरुको प्रशिक्षण सुरु गर्ने बारे तयारी थालेको छ । कोरोनाभाइरस महामारीले गर्दा अहिले सबै खेलकुद गतिविधि ठप्प हुँदा सबै नेपाली खेलाडीहरु घरमै फुर्सदमा छन् । ३ महिनाको लकडाउनले गर्दा धेरै खेलाडी फेरि प्रशिक्षणमा फर्कने समय कुरिरहेका छन् । यसैबीच संघले पनि खेलाडीको प्रशिक्षण सुरु गर्नेबारे पहल थालेको […]