२४ कात्तिक, काठमाडौं । नेपाल ब्याडमिन्टन संघको आयोजनामा भएको ओलम्पिक सोलिडारिटी बीडब्लुएफ लेभल वान कोचिङ कोर्स शनिबार सम्पन्न भएको छ ।
डल्लु आवास क्षेत्रमा नवनिर्मित भूकम्प स्मृति बहुउद्देश्यीय कभर्डहलमा सञ्चालन भएको छ दिने कोर्समा १५ पुरुष र ६ महिला गरी २१ जनाको सहभागिता रहेको थियो ।
सहभागीलाई बीडब्लुएफ ट्युटर चेक रिपब्लिककी मार्केटा तथा ब्याडमिन्टन एसिया ट्युटर भुटानका दोर्जी र नेपालकी सरादेवी तामाङले प्रशिक्षण दिएका थिए ।
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले शनिवार आयोजित एक कार्यक्रमबीच सहभागीलाई प्रमाण पत्र प्रदान गरे । यसअघि यहि कात्तिक ९ देखि १६ गतेसम्म ब्याडमिन्टन संघले लेभल २ कोचिङ कोर्स आयोजना गरेको थियो । दुवै कोर्स नेपाल ओलम्पिक कमिटीको सहयोगमा भएको हो ।
ब्याडमिन्टन संघका अध्यक्ष रामजीबहादुर श्रेष्ठले कोर्स आयोजनाका लागि सहयोग गरेकोमा ओलम्पिक कमिटीलाई धन्यवाद दिए ।
प्रतिक्रिया 4