Comments Add Comment

भारत

List Grid
भारतीय दूताबासमा मधेसी मोर्चाका नेताहरुको ‘लन्च मिटिङ’, संविधान संशोधनबारे छलफल

१८ मंसिर, काठमाडौं । नेपालका लागि भारतीय राजदूत रणजित रायले मधेसी मोर्चाका शीर्ष नेताहरुलाई बोलाएर संविधान संशोधन विधेयकबारे चासो राखेका छन् । शनिबार विहान लन्च मिटिङ भन्दै दूताबासले मधेसी मोर्चामा आवद्ध सात दलका अध्यक्षहरुलाई बोलाएको थियो । तर, पाँच दलका अध्यक्ष मात्र पुगेका छन् । संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव र सामसपाका अध्यक्ष शरतसिंह […]

उल्फा विद्रोहीको आक्रमणमा तीन भारतीय सैनिकको मृत्यु

५ मंसिर, असम (भारत) । भारतको असम राज्यमा स्थानीय उल्फा विद्रोहीहरुको आक्रमणमा परी तीन भारतीय सैनिकको मृत्यु भएको छ । शनिबार तीनसुकिया जिल्लाको पेनगरी क्षेत्रमा गस्तीमा खटिएका सैनिकको गाडीलाई उल्फा विद्रोहीहरुले एम्बुसमा पारेपछि गोली वर्षाएका थिए । गोली प्रहारबाट तीन सैनिकको मृत्यु हुनुका साथै ४ सैनिक जवान घाइते भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । बिहानै […]

जासुसको आरोपमा पाकिस्तान उच्चायोगका एक कर्मचारी भारतमा पक्राऊ

११ कात्तिक, काठमाडौं । भारतीय प्रहरीले पाकिस्तान उच्चायोगका एक कर्मचारीलाई जासुसको आरोपमा पक्राउ गरेको छ । दिल्ली पुलिसको अपराध शाखाले महमुद अख्तर नामक कर्मचारीलाई हिरासतमा लिएको हो । यसअघि भारतले पाकिस्तानी उच्चायुक्त अब्दुल बाशितलाई फिर्ता पठाइदिएको थियो । उच्चायोगका कर्मचारी अख्तरलाई दिल्लीबाट सुरक्षा मामिला सम्बन्धी केही दस्ताबेजसहित हिरासतमा लिइएको र सोधपुछका लागि चाणक्यपुरीस्थित कार्यालयमा लगिएको […]

भारतीयलाई नेपालीसरह व्यवहार गर्न दबाब

१० कात्तिक, काठमाडौं । भारतले आफ्ना नागरिकलाई नेपालीसरह ‘राष्ट्रिय व्यवहार’ हुनुपर्ने भन्दै नेपाललाई पुनः दबाब दिएको छ । भारतीय विदेश मन्त्रालयले पन्ध्र दिनअघि परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै भारतीय नागरिकलाई नेपाली नागरिकसरह ‘राष्ट्रिय व्यवहार’ गर्ने सम्वन्धमा नेपालको धारणा मागेको आजको अन्नपूर्णमा समाचार छ । परराष्ट्रका एक उच्च अधिकारीले नेपालले त्यससम्बधमा तत्काल कुने निर्णय गर्न नसक्ने जवाफ […]

वेश्यावृत्तिमा लगाउनका लागि छोरी जन्मिँदा खुसीयाली !

बदलिदो सामाजिक माहोलमा छोरी जन्मिएपछि खुसीयाली मनाउने नयाँ परम्परा सुरु भइसकेको छ । तर, गुजरातको वाडिया गाउँमा यो निक्कै पुरानो परम्परा हो । यसकारण होइन कि त्यहाँ महिलाको सम्मान दिइन्छ । त्यहाँ त यसकारण खुसीयाली मनाइन्छ कि उनले ठूलो भएपछि वेश्याबृतिको प्राथा अगाडि बढाउनेछिन् । यही गाउँमा जन्मिएकी र बेश्यावृतिको दलदलबाट बाँच्न सफल भएकी सोनललाई […]

बङ्गलादेशमा प्रभाव बढाउन चीन, भारत र जापानको होडबाजी

अमेरिकाको ‘एशिया पिभोट’ (एशिया धुरी) नीतिको एक उद्देश्य भनेको यस महादेशमा रहेको रुसको सामरिक मित्र चीनलाई तारो बनाउनु हो । र, त्यहाँ रहेका मुलुकहरूलाई चीनको प्रभावबाट टाढा राख्नु हो । वासिङ्गटनको यही नीतिअनुरुप अमेरिकाले रुसलाई एशियाली देशहरूमाथि सैनिक गठबन्धनहरूको माध्यमबाट आˆनो दबदबा कायम नगर्न चर्को दबाब दिँदै आएको छ । यसो हुँदै गर्दा चीन, भारत […]

पाकिस्तानमा राजनीतिक हलचलः अमेरिका र चीन दुबैको दबाव

२० असोज, काठमाडौं । पछिल्लो समयमा भारतले पाकिस्तानलाई विश्वसमुदायबाट एक्ल्याउने नीति लिएपछि पाकिस्तानभित्र ठूलो राजनीतिक तरंग आएको छ । सोमबार र मंगलबार इस्लामावादमा भएको गर्मागर्मी बहसपछि पाकिस्तान  सरकारले केही नयाँ कदम चाल्ने निर्णयसमेत गरेको छ । पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफले अमेरिका, भारत र चीनसमेतको दबावलाई मथ्थर पार्नका लागि हक्कानी नेटवर्क, लस्कर ए तोयवा, जैस ए […]

चीनले रोक्यो ब्रम्हपुत्रको सहायक नदी प्रवाह

१६ असोज, काठमाडौं । भारत र पाकिस्तानबीच पछिल्ला केही दिनयता बढ्दो तनावकाबीच चीनले आफ्नो सवैभन्दा महँगो विद्युत आयोजना निर्माणका लागि तिब्बतमा ब्रम्हपुत्रको सहायक नदीको प्रवाह रोकेको छ । भारतको पूर्वी क्षेत्र भएर बग्ने ब्रम्हपुत्रको सहायक नदी रोकेपछि यसबाट तल्ला क्षेत्रका पानीको प्रवाह कम हुने आकलन गरिएको छ । यसअघि भारतले पाकिस्तानसँग सिन्धु सम्झौताको समिक्षा गर्नुपर्ने […]

मोदीलाई मुशर्रफको चेतावनी- पाकिस्तानलाई नेपाल र भुटान जस्तो नठानियोस्

१२ असोज, काठमाडौं । पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुशर्रफले भारतलाई कडा चेतावनी दिँदै भनेका छन् कि पाकिस्तानलाई नेपाल वा भुटान जस्तो कमजोर नठानियोस् । भारतीय टेलिभिजन च्यानल आजतकसँग कुराकानी गर्दै मुशर्रफले पाकिस्तान शक्तिशाली देश भएको बताएका छन् र भनेका छन्, ‘पाकिस्तानलाई नेपाल र भुटानजस्तो सम्झिने गल्ती भारतले नगरोस् ।’ उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानको बदनाम […]

‘भारत ००७ सालको मानसिकताबाट मुक्त हुनुपर्छ’

मेरो आफ्नो दृष्टिकोणमा नेपाल र भारतबीचको सम्वन्ध सामान्य अवस्थामा छ । विगतमा नयाँ संविधान जारी भइसकेपछि जुन किसिमको तिक्तता र असमझदारी थियो, त्यो हटिसकेको छ । र, त्यसपछि दुई देशका सम्वन्ध सामान्य ढंगबाट अगाडि बढेको छ भन्ने मलाई लाग्छ । चारबुँदे ननपेपर र स्वनामधन्य बुद्धिजिवी हामीकहाँ केही राजनीतिक दल, बुद्धिजिवी र सञ्चारमाध्यम पनि दुई देशको […]

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा खुला आकाश सम्झौता

१२ भदौ, काठमाडौं । नेपालका निर्माणाधीन विमानस्थल सञ्चालनका लागि अनिवार्य मानिएको खुला आकाश सम्झौता गर्न अन्ततः भारत तयार देखिएको छ । प्रधानमन्त्री प्रचण्डको आसन्न भारत भ्रमणका क्रममा यो सम्झौता गर्ने तयारी भइरहेको संस्कृति पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयले जनाएको आजको कारोबार दैनिकमा समाचार छ । भैरवाह विमानस्थल निर्माणले गति लिइरहे पनि यो सम्झौता नहुँदा यसको […]

सुस्ताका १८ नेपालीविरुद्ध भारतीय अदालतमा मुद्दा

९ भदौ, काठमाडौं । भारतीय पक्षले सुस्ताका नेतृत्वकर्तालाई ज्यान मुद्दा लगाएको छ । भारतीय पक्षले सुस्तामा रहेर भारतीय अतिक्रमणको बिरोध गर्नेविरुद्ध ज्यान मारेको अभियोगमा मुद्दा चलाएको हो । विहार प्रहरीका लागि सुराकीको काम गर्दै आएका भनिएका सुस्ताका एक व्यक्तिको हत्या आरोपमा १९ जना नेपालीविरुद्ध भारतमा मुद्दा चलाइएको हो । आफ्नो भूमि मिचिएर अफ्ठेरोमा परेका सुस्ताबासी […]

‘फास्ट ट्रयाक भारतलाई दिन माओवादीकै सहमति’

८ भदौ, काठमाडौं । सत्ताको नेतृत्व गरिरहेको नेकपा माओवादी केन्द्र काठमाडौं तराई द्रुत मार्ग (फास्ट ट्रयाक) निर्माणको जिम्मेवारी भारतीय कम्पनीलाई दिन तयार रहेको पार्टीकै नेताहरुले खुलासा गरेका छन् । सरकारको विशेष दूतका रूपमा नयाँदिल्ली पुगेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिमार्फत प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले यस्तो सन्देश पठाएको ती नेताको दाबी रहेको आजको कारोबार […]

‘भारतमा संविधान संशोधनका बारेमा छलफल गर्नु गलत’

७ भदौ, भक्तपुर। नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकारले भारतमा दूत पठाएर संविधान संशोधनबारेमा छलफल गर्नु गलत भएको बताएका छन् । भक्तपुर विकास सहयोग सङ्घको २५औँ स्थापना दिवस एवम् रजत महोत्सवमा उनले नेपालका मामिलामा दूत पठाएर भारतमा छलफल गर्नाले नेपालको सार्वभौमिकतामाथि ठूलो धक्का पुग्ने बताए । वर्तमान सरकारले काठमाडौँलाई तराईसँग जोड्ने द्रुतमार्ग निर्माणको जिम्मा […]

लखनउमा शिक्षक बन्नका लागि महात्मा गान्धी देखि अमिताभ बच्चनसम्मले हाले दरखास्त

भारतको उत्तर प्रदेशको राजधानी लखनउका सरकारी स्कुलमा महात्मा गान्धी र अमिताभ बच्चन सहायक शिक्षक बन्न चाहेका छन् । यतिमात्र होइन, शिक्षक भर्तीका लागि खुलाइएको आवेदनको मेरिट लिष्टमा महात्मा गान्धी ९४ प्रतिशत अंकका साथ पहिलो स्थानमा रहेका छन् । टाइम्स अफ इण्डियाका अनुसार शिक्षा विभागका अधिकारीका अनुसार शिक्षकका लागि आवेदन दिनेहरुमध्ये १५ जनाको नाम यस्तो छ […]

भाजपा वरिष्ठ नेताको हत्या प्रयास, गोली लागेर गम्भीर घाइते

२८ साउन, काठमाडौं । भारत उत्तर प्रदेशको गाजियावादमा भारतीय जनता पार्टीका एक वरिष्ठ नेताको हत्या प्रयास भएको छ । भाजपा नेता बजपाल तेवतियालाई लक्षित गरी एके ४७ राइफल मार्फत् गोली चलाइएको थियो । गोली लागेर नेता बजपाल र उनका सुरक्षागार्ड गम्भीर घाइते भएका छन् । उनीहरुको अवस्था चिन्ताजनक छ । ‘उनीहरुलाई नोएडाको के फोर्टिस अस्पतालमा […]

दुई उपप्रधानमन्त्रीलाई भारत र चीन पठाउने सरकारको निर्णय

२७ साउन, काठमाडौं । सरकारले पछिल्लो राजनीतिक परिस्थितिबारे जानकारी गराउन दुई उपप्रधानमन्त्रीहरुलाई छिमेकी मुलुक भारत र चीन पठाउने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उपप्रधानमन्त्री विमलेन्द्र निधिलाई भारत र कृष्णबहादुर महरालाई चीनमा पठाउने निर्णय गरेको हो । निधि र महरालाई कहिले पठाउने भन्नेबारे भने उल्लेख गरिएको छैन । बैठकपछि उपप्रधानमन्त्री एवम् सरकारका प्रवक्ता […]

नेपाल हुँदै भारतसम्म चिनियाँ रेल सम्भव

२२ साउन, काठमाडौं । कुटनीतिक मामिलाका चिनियाँ विज्ञहरुले छिङ् हाई तिब्बत रेलवेलाई नेपाल हुँदै भारतसम्म् जोड्न आर्थिक तथा प्राविधिक रुपले सम्भव रहेको बताएका छन् । चाइना टिबेटोलोजी रिसर्च सेन्टरले बेइजिङमा आयोजना गरेको कार्यक्रममा चिनियाँ विज्ञले त्यस्तोे बताएका हुन् । सन् २०२० सम्म नेपाल  चीन सीमा बिन्दु केरुङसम्म विस्तार हुने चिनियाँ रेललाई स्वशासित क्षेत्र तिव्वत हुँदै […]

भारतमा बाढीले पुल भत्कियो, यात्रु बोकेका दुई बस बगे

१९ साउन, काठमाडौं । भारतको मुम्बई-गोवा राजमार्गको एक पुल भाँचिएको छ । रायगढ जिल्लाका कलेक्टर शीतल हगले स्थानीय सञ्चारकर्मीलाई दिएको जानकारी अनुसार सावित्री नदीको पुल भत्कदा दुई बस तथा अन्य केही सवारी साधन बगाएको बीबीसीले जनाएको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार बसमा २२ यात्रु थिए । अन्य सवारी साधनमा कति यात्रु सवार थिए भन्ने बारे […]

सत्ता परिवर्तनमा भारतको भूमिका अनावश्यक चर्चाः भट्टराई

१७ साउन, तुलसीपुर । नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले नेपालको सत्ता परिवर्तनमा भारतको भूमिकाबारे अनावश्यक चर्चा हुने गरेको बताएका छन् । रिपोर्टर्स क्लब दाङले आज तुलसीपुरमा आयोजना गरेको पत्रकार भेटघाटमा  भट्टराईले नेपालको सत्ता परिवर्तनमा सधैं भारतलाई हेर्ने गलत प्रवृत्ति रहेको उल्लेख गरे ।  नेपालको आन्तरिक मामिलाको हल यहीका दलले गर्नुपर्ने बताउँदै उहाँले बाहिरी […]

भारतको बिजुली काठमाडौं ल्याउँन समस्या

१७ साउन, काठमाडौं । पाँच महिनाअघि प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतको नयाँ दिल्लीमा स्वीच थिचेर ८० मेगावाटको विद्युत आयातको शुभारम्भ गरे । ढल्केबर-मुजफ्फपुर अन्तरदेशीय प्रसारण लाइनमार्फत नेपाल ल्याइने यो बिजुली आयातको खबरले लोडसेडिङ घट्ने भयो भनेर काठमाडौंवासी धेरै खुसी भए पनि अझै यो बिजुली काठमाडौं आइपुगेको छैन । आगामी हिउँददेखि […]