+
+

अमेरिकी चुनावको नतिजाबाट भारत डराउनुपर्ने अवस्था छैन: एस जयशंकर

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २६ गते ११:०२
Photo Credit : Reuters

२६ कात्तिक, काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकरले अमेरिकी चुनावको नतिजाबाट भारत ‘नर्भस’ नभएको बताएका छन् । मुम्बईमा आयोजित एक कार्यक्रममा पत्रकारले सोधेका प्रश्नहरूको जवाफ दिने क्रममा उनले अमेरिकी राष्ट्रपतिमा ट्रम्प निर्वाचित भएर भारतलाई फरक नपर्ने आशयको जवाफ दिएका हुन् ।

बीबीसी हिन्दीका अनुसार अमेरिकाको चुनावी नतिजाबारे जयशंकरलाई ‘अमेरिकी चुनावको नतिजालाई भारत-अमेरिका सम्बन्धको दृष्टिकोणबाट कसरी हेर्नुहुन्छ ?’ भनेर सोधिएको थियो । जवाफमा उनले प्रधानमन्त्री नरेन्द्र मोदीको फोन ट्रम्पले सुरुमा उठाएका तीन फोन कलमध्ये एक भएको उल्लेख गर्दै भने, ‘प्रधानमन्त्रीको आफ्नो कार्यकालमा सबै राष्ट्रपतिहरूसँग राम्रो सम्बन्ध रहेको छ। चाहे त्यो ओबामा होस्, त्यसपछि ट्रम्प वा बाइडेन ।’

उनले अगाडि थपे, ‘मलाई थाहा छ संसारका धेरै देशहरू अमेरिकालाई लिएर त्रसित छन्, तर म यो प्रष्ट पार्न चाहन्छु कि भारता त्यस्तो अवस्था छैन ।’

अमेरिकी राष्ट्रपतिको निर्वाचनबाट रिपब्लिकन नेता डोनाल्ड ट्रम्प निर्वाचित भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?