
९ पुस, नयाँ दिल्ली । भारतमा सन् २०२१ यता एक हजार ४४५ वर्ग किलोमिटरले वन तथा रूखहरू बढेको छ ।
शनिबार प्रकाशित एक प्रतिवेदनले वन क्षेत्र बढेर कुल आठ लाख २७ हजार ३५७ वर्ग किलोमिटर अर्थात् देशको भौगोलिक क्षेत्रफलको २५.१७ प्रतिशत पुगेको देखाएको छ ।
भारतीय वन मन्त्रालय अन्तर्गतको संस्था वन सर्वेक्षणले जारी गरेको भारतको वन राज्य प्रतिवेदन सन् २०२३ अनुसार अहिले वन क्षेत्र सात लाख १५ हजार ३४३ वर्ग किलोमिटर (२१.७६ प्रतिशत) रहेको छ ।
छत्तीसगढ (६८४ वर्ग किमी), उत्तर प्रदेश (५५९ वर्ग किमी), ओडिशा (५५९ वर्ग किमी) र राजस्थान (३९४ वर्ग किमी) सबैभन्दा बढी वन, रुख क्षेत्रमा वृद्धि आएका राज्यहरू हुन् । रासस/सिन्ह्वा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4