+
+

चीनबाट फर्किएर प्रधानमन्त्रीले भने- अब भारत भ्रमण मिलाउनुपर्छ

अब दक्षिणको भ्रमण कहिले ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘अब एरेन्ज गर्नुपर्छ । कहिले भन्ने कुरा फर्किएकै दिन कसरी टुंग्याउन सकिन्छ ?’

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर २० गते १५:४२

२० मंसिर, काठमाडौं । चीनको औपचारिक भ्रमणबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले अब भारत भ्रमणको व्यवस्था मिलाउने बताएका छन् । चार दिने भ्रमण सकेर बिहीबार स्वदेश फर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा सञ्चारकर्मीसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन् ।

अब दक्षिणको भ्रमण कहिले ? भन्ने सञ्चारकर्मीको प्रश्नको जवाफमा प्रधानमन्त्री ओलीले भनेका छन्, ‘अब एरेन्ज गर्नुपर्छ । कहिले भन्ने कुरा फर्किएकै दिन कसरी टुंग्याउन सकिन्छ ?’

सञ्चारकर्मीले उनलाई दक्षिणतिरबाट तपाईंलाई उत्तरतिर ढल्कियो भन्ने आरोप लगाइरहेका छन् ? बीआरआई सम्झौतापछि त्यसरी नै कुरा भइरहेको छ दक्षिणतिरबाट । के भन्न चाहनुहुन्छ ? भन्दै प्रश्न गरेका थिए ।

जवाफमा उनले भनेका छन्, ‘मैले त्यति थाहा पाएको छैन । यस्तो कुरा । र, म के भन्छु भने दक्षिणको मिडियाले अलि मित्रहरूलाई भड्काउने, आक्षेप गर्ने खालको कुरा कुनै मिडियाले गरेको छ भने लिडरहरूले त्यस्तो गरेको मैले थाहा पाएको छैन । कुनै मिडियाबाट कतै त्यस्तो भएको छ भने त्यो राम्रो तरिका होइन । म त्यति भन्न सक्छु ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?