+

भारतको लाइफ केयर र बंगलादेशको साईक्यू विजयी

२०८१ कात्तिक  ४ गते १९:१४ २०८१ कात्तिक ४ गते १९:१४
भारतको लाइफ केयर र बंगलादेशको साईक्यू विजयी

४ कात्तिक, बुटवल । रुपन्देहीको भैरहवामा जारी ‘वीपी कोइराला स्मृति कप टी–२०’ अन्तर्राष्ट्रिय अन्तर क्लब क्रिकेट प्रतियोगितामा भारतको लाइफ केयर क्रिकेट र बंगलादेशको साइक्यू क्रिकेट एकेडेमी विजयी भएका छन् ।

आइतबारको खेलमा नेक्सस रुपन्देही–११लाई ७ विकेटले पराजित गर्दै लाइफ केयर भारतले लगातार दोस्रो जित निकालेको हो । साइक्यूले भने पाकिस्तानको जावेद गोहार इन्टरनेशनल क्रिकेट एकेडेमीलाई ४२ रनले पराजित गरेको हो ।

भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेक्ससले निर्धारित खेलमा ७ विकेट गुमाएर १३३ रन बनाएको थियो । नेक्ससका लागि आकाश त्रिपाठीले ४८, सुमित महर्जन र वसिर अहमदले समान २८–२८ रन बनाए । अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् ।

बलिङमा भारतको लाइफ केयरका योगेश कुमारले ३ तथा शुभम लाम्रा, हिमांशु र विपुल कम्बोजले समान १–१ विकेट लिए ।

१३४ रनको लक्ष्य पछ्याएको भारतको लाइफ केयरले १६ ओभर ३ बलमा ३ विकेटको नोक्सानीमा लक्ष्य भेट्टायो । उसको जितमा दीपक पुनियाले अर्धशतकीय पारी खेल्दै ४३ बलमा ३ छक्का र ५ चौकाको मद्दतमा ६० रन जोडे ।

यस्तै, राजेश शर्माले नटआउट ३७ र विपुल कम्बोजले ३२ रनको योगदान दिए । बलिङमा नेक्सस नेपालका साहब आलमले २ तथा वसिर अहम्मदले १ विकेट लिए । खेलमा भारतको लाइफ केयरका दीपक पुनिया म्यान अफ द म्याच भई पाँच हजार रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा सिद्धार्थ क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको साइक्यूले १९ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १४७ रनको लक्ष्य प्रस्तुत ग¥यो । उसका लागि मुल्लरले ४६, मुनिम सानरिअरले २७, सौरभले अविजित २५, रानाले १७ र फैसालले १४ रन बनाए । बलिङमा जावेद गोहारका रिसव जोशीले ३, इमरान नाजिर र अब्बास अलीले २–२ तथा अहाब अली र सामोहले समान १–१ विकेट लिए ।

पाकिस्तानको जावेद गोहारले जवाफी ब्याटिङ गर्दै १८ ओभर २ बलमा अलआउट हुँदै १ सय ५ रनमै समेटियो । उसका लागि अली हुसेनले ३४, जिम खानले १९, सामोहले १८ र रिशभ जोशीले १० रन बनाए अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टिमले हार व्यहो¥यो । बलिङमा उसलाई सस्तैमा रोक्न बंगलादेशको साइक्यूका सोमराटले ३, राकिव र मुल्लारले २–२ तथा एकस, शाहबाज र शाकिवले समान १–१ विकेट हात पारे । साइक्यूका मुल्लर म्यान अफ द म्याच भई पाँच हजार रुपैयाँ पाए ।

नेक्सस क्रिकेट एकेडेमीको आयोजना र रुपन्देही क्रिकेट संघको प्राविधिक सहयोगमा जारी प्रतियोगिता कार्तिक १० गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगितामा विजेता टिमले ५ लाख र उपविजेताले ३ लाख रुपैयाँ पाउनेछन् ।

त्यस्तै म्यान अफ द सिरिजले ३५ हजार, बेस्ट बलरले २० हजार, बेस्ट ब्याट्सम्यानले २० हजार र प्रत्येक खेलको म्यान अफ द म्याचले ५ हजार रुपैयाँ पाउने आयोजक संस्थाका अध्यक्ष अध्यक्ष भरतबहादुर शाहीले जनाए । प्रतियोगितामा दक्षिण एसियाली चारवटा टेष्ट राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र नेपाल गरी पाँच देशका खेलाडीहरुको सहभागी छन् ।

पी कोइराला स्मृति कप टी–२०’ भारत

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय