+
+

भारतले दियो १० वटा बेलिब्रिज

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २४ गते १३:५२

२४ असोज, काठमाडौं । बाढीपहिरोले अवरूद्ध सडक जोड्‍न भारत सरकारले १० वटा बेलिब्रिज (प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज) नेपाललाई दिएको छ ।

बाटपहिरोबाट अवरूद्ध भएको सडक सञ्जाललाई जोड्न सहज होस भनेर भारतले ३८ करोड रुपैयाँ मुल्‍यका यी बेलिब्रिज पुलका सामग्रीहरू दिएको भारतीय दूतावासले जनाएको छ ।

वीरगञ्‍जस्थित भारतीय महावाणिज्य दूतावासका महावाणिज्यदूत देवी सहाय मीनाले पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाललाई पुलका सामानहरू हस्तान्तरण गरिन् । उनले बेलिब्रिजका थप सामानहरू आगामी दिनमा पनि उलब्ध गराउने प्रतिवद्धता व्यक्त गरिन् ।

भारतले बाढीपहिरोबाट प्रभावित परिवारलाई अत्यावश्‍यक सरसफाई सामग्री, औषधि, लाइफ ज्‍याकेट, स्लिपिङ म्याट, खाद्यवस्तु, इन्फ्लेटेबल रबर बोट, मोटर, टारपोलिन, स्लिपिङ ब्याग, कम्बल, क्लोरिन ट्याबलेट र पानीका बोतलसहितको २५ टनभन्दा बढी राहत सामग्री उपलब्ध गराएको दूतावासले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?