Comments Add Comment

मध्यपहाडी लोकमार्ग

List Grid
एक हप्तापछि एकतर्फी खुल्यो पर्वत-बागलुङ सडक

२४ भदौ, पोखरा । भदौ १७ गतेको पहिरोले ठाउँठाउँमा क्षति पुर्‍याएपछि पूर्ण रुपमा बन्द भएको मध्यपहाडी लोकमार्ग अन्तर्गतको पर्वत-बागलुङ खण्ड बिहीबारदेखि एकतर्फी रुपमा सञ्चालनमा आएको छ । तीन दिनसम्म लगातार मर्मतको काम गरेपछि साँझ ६ बजेदेखि एकतर्फी रुपमा सडक खुलेको जिल्ला प्रशासन कार्यालय पर्वतले जनाएको छ । ‘ठाउँठाउँमा पहिरो गएर पूरै हाइवे अवरुद्ध भएपछि समस्या […]

मध्यपहाडी लोकमार्ग ठेक्कामा योजना प्रमुख र ठेकेदारविरुद्ध ६८ लाखको भ्रष्टाचार मुद्दा

१२ साउन, काठमाडौं । मध्यपहाडी लोकमार्ग अन्तर्गत खोटाङ जिल्लाको एक खण्डको ठेक्कामा अनियमितता भएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालिन आयोजना प्रमुख र ठेकेदारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मंगलबार अख्तियारले मध्यपहाडी लोकमार्ग योजना धुलिखेल कार्यालयका तत्कालिन योजना प्रमुख विजय चापागाईं, ठेकेदार रवि सिंहसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो । […]

मध्यपहाडी लोकमार्गको पर्वत खण्ड अवरुद्ध

२ साउन, पर्वत । लगातारको वर्षाका कारण मध्यपहाडी लोकमार्गको पर्वत-बागलुङ खण्ड अवरुद्ध भएको छ । पर्वतको कुश्मा नगरपालिका-१ पाङको सहस्रधारामा सडक माथिबाट आएको पहिरो र लेदोले गए रातिदेखि नै अवरुद्ध भएको हो । वर्षा नरोकिएकाले अहिले पनि लेदो खसिरहेको छ । सडक खुलाउनका लागि जेसिबी र सुरक्षा निकाय तयारी अवस्थामा रहे पनि वर्षा नरोकिएकाले तत्काल […]

दुई लेन बन्न सकेको छैन, चार लेन बनाउने घोषणा

प्रमुख१८ जेठ, काठमाडौं । आगामी वर्ष २०७८-७९ को बजेट वक्तव्यको २७५ औं नम्बरमा लेखिएको छ, ‘पुष्पलाल राजमार्गलाई चार लेनमा विस्तार गरी मध्यपहाडी क्षेत्रको विकास मेरुदण्डको रुपमा निर्माण गरिनेछ ।’ गाडीको अत्यधिक चाप रहेको पूर्वपश्चिम राजमार्गका विभिन्न खण्ड विस्तारमा स्रोत नजुटिरहेको बेला निर्माण नै नसकिएको मध्यपहाडी लोकमार्गलाई चार लेन बनाउने योजना सुरुआतमै आलोचित भएको छ । […]

मध्यपहाडी लोकमार्गले पायो ८ अर्ब २७ करोड बजेट

१५ जेठ, काठमाडौं । सरकारले ३ वर्षभित्र निर्माण सक्ने गरी पुष्पलाल मध्यपहाडी लोकमार्गका लागि आगामी आर्थिक वर्ष ०७७/०७८ मा ८ अर्ब २७ करोड बजेट छुट्याएको छ । यसमा सरकारको आफ्नै र दाताको सहुलियतपूर्ण ऋण खर्च गरिने भएको छ । बिहीबार संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. युवराज खतिवडाले यो राष्ट्रिय गौरवको आयोजनाका […]

मध्यपहाडी लोकमार्ग : भिर कटान गर्न नसक्दा निर्माणमा समस्या   

११ मंसिर, जाजरकोट । मध्यपहाडी लोकमार्गको जाजरकोट खण्ड निर्माण सुरु भएको नौ वर्ष बिते पनि झार्पा र कार्कीगाउँ बीचमा रहेको मन्ता भिरखण्डको बाटो निर्माण हुन नसक्दा समस्य हुँदै आएको छ । कुदुदेखि सुयाडासम्मको ८७ किमि सडकसमेत खुलिसकेको छ तर भन्ताभिरको ५ सय मिटर चट्टानका कारण नौ वर्षदेखि सडकको काम अलपत्र परेको हो । गत वर्षदेखि जाजरकोट खण्डको […]

मध्यपहाडी लोकमार्गः दैलेख खण्डमा कामको गति

११ भदौ, दैलेख । राष्ट्रिय गौरवको मध्यपहाडी (पुष्पलाल) लोकमार्गअन्तर्गत दैलेख खण्ड निर्माणको कामले गति लिएको छ । लामो समय जग्गा विवादका कारण दैलेख खण्डको मार्ग खोल्नै सकस भएको थियो । विवाद समाधान भएसँंगै लोकमार्ग स्तरोन्नतिको काम भइरहेको आयोजनाले जनाएको छ । अहिले दैलेख खण्डको ५० किलोमिटरमा कालोपत्रेका लागि पूर्वाधार तयारी भइरहेको मध्यपहाडी लोकमार्ग दैलेख खण्डका […]

मध्यपहाडी लोकमार्गका लागि ५ अर्ब ५५ करोड बजेट

१६ जेठ, काठमाडौं । सरकारले मध्यपहाडी लोकमार्गका लागि आगामी आर्थिक वर्ष २०७५/०७६ मा ५ अर्ब ५५ करोड रुपैयाँ बजेट छुट्याएको छ । जसमा सरकारको ३ अर्ब ५५ करोड र २ अर्ब एडीबीको सहुलियतपुर्ण ऋण खर्च गरिने भएको छ । निर्माणका लागि मात्रै यो वर्ष ५ अर्ब ४५ करोड खर्च गर्ने सरकारको योजना छ । चालु […]

पहाडमा १० नयाँ सहरका लागि सरकारले जग्गा किन्न सकेन

१२ माघ, काठमाडौं । सरकारले उपलब्ध गराएका सुविधाहरु सहरमा केन्द्रित भएपछि अहिले पहाडका सदरमुकाम र तराईमा बसाई सर्ने मानिसहरुको लर्काे लागेको छ । तर, सरकारले भने पहाडमै १० वटा ठूला सहर निर्माण गरेर बसाइँ सराइ रोक्ने बताइरहेको छ । यसरी बसाइँ सराइ रोक्न पहाडमै १० वटा शहर निर्माण गर्ने योजना भने अहिले कछुवा गतिमा अघि […]