Comments Add Comment

रघुजी पन्त

List Grid
रघुजी पन्त अस्पताल भर्ना

२२ जेठ, काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्त अस्पताल भर्ना भएका छन् । पन्त काठमाडौं मोडल अस्पतालमा भर्ना भएका हुन् । पन्तले गएको मंसिरमा पित्तथैलीको शल्यक्रिया गराएका थिए । त्यही शल्यक्रियाको असर भएको आशंकामा अस्पताल भर्ना गरिएको हो । अहिले उनको उपचार भइरहेको पारिवारिक स्रोतले जनाएको छ ।

भाइरल तस्वीरप्रति घनश्याम र रघुजीको आपत्ति

२ जेठ, काठमाडौं । सांसदबाट राजीनामा दिने तयारी स्थगित गरेको नेकपा एमालेको माधवकुमार नेपाल समूहका नेताहरु शुक्रबार साँझ सिंहदबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा पुुगे । त्यहाँ अध्यक्ष केपी शर्मा ओली पक्षका नेताहरु पनि आए । अरुभन्दा ढिला बैठक हलमा आइपुगेका पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली दुवै हात जोड्दै बैठक हलमा प्रवेश गरे । […]

केपी ओली सच्चिएनन्, पार्टी एक नहुने भो : रघुजी पन्त

४ वैशाख, पोखरा । नेकपा एमाले माधवकुमार नेपाल-झलनाथ खनाल समूहले युवा संघको कास्की र पोखरा महानगरमा समानान्तर कमिटी बनाएको छ । पोखरामा शनिबार भएको युवाहरुको भेलाले १ सय १ सदस्यीय कास्की र पोखरा महानगर कमिटी गठन गरेको हो । आसिम गुरुङको अध्यक्षतामा युवा संघ कास्की कमिटी गठन गरिएको छ । कमिटीको उपाध्यक्षमा महेन्द्र कुँवर र […]

माधव नेपाल समूहले भन्यो : पार्टीलाई एकतावद्ध बनाउने भूमिका ओलीकै

२६ फागुन, काठमाडौं । नेकपा एमालेको नेता माधवकुमार नेपाल समूहका नेताहरुले पार्टीलाई एकतावद्ध बनाउने भूमिका अध्यक्ष केपी शर्मा ओलीकै हुने बताएका छन् । बुधबार काठमाडौंको एक होटलमा माधवकुमार नेपाल समूहका केन्द्रीय सदस्यहरुको भेला आयोजना गरिएको थियो । उक्त भेलामा सहभागी नेता रघुजी पन्तले पार्टी कसरी अगाडि बढ्छ भन्ने कुराको निर्धारण अध्यक्ष ओलीको भूमिकामा भर पर्ने बताएका […]

कोमल वलीले दिइन् पन्तविरुद्ध मुद्दा, ४ वर्ष कैद र ४० हजार जरिवाना माग

२५ फागुन, काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले नेकपा एमालेका नेता रघुजी पन्तविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेकी छन् । सार्वजनिक कार्यक्रममा आफ्नो इज्जतमा धक्का पुर्‍याउने नियतले जानी जानी गाली र बेइज्जती गरेको र त्यसको प्रचार प्रसार गरेको भन्दै उनले पन्तविरुद्ध ४ वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको सजाय माग गर्दै मुद्दा दायर […]

पन्तविरुद्ध मुद्दा हालेकी कोमल वलीले भनिन् : क्षमा दिन सक्दिन

२४ फागुन, काठमाडौं । राष्ट्रियसभा सदस्य कोमल वलीले आफूमाथि ‘लैङ्गिक हिंसाजन्य’ अभिव्यक्ति दिएका नेकपा एमालेका नेता रघुजी पन्तलाई क्षमा दिन नसक्ने बताएकी छन् । उनले पूर्वमन्त्री पन्तविरुद्ध मंगलबार जिल्ला अदालत, काठमाडौंमा मंगलबार गाली बेइज्जतीसम्बन्धी मुद्दा दायर गरेकी छन् । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले पन्तको अभिव्यक्तिले आफूलाई चोट पुगेको बताए । पन्तले सरी भनिसकेकाले माफी […]

पार्टी एकता जोगाउने सम्भावना खोज्नुपर्छ : रघुजी पन्त

२४ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तले पार्टी एकता जोगाउने सम्भवना अझै खोज्नुपर्ने बताएका छन् । सोमबार प्रचण्ड माधव समूहको स्थायी कमिटी बैठकमा सहभागी भएर बाहिरिएका नेता पन्तले पत्रकारसँग पूर्व पार्टीमा नै जाने कि नजाने भन्ने विषयमा छलफल जारी नै रहेको बताए । ‘त्यो विषयमा त छलफल जारी नै छ । तर […]

रघुजी पन्तको स्पष्टीकरण : कोमल वलीलाई चोट पुगेकामा दुःख व्यक्त गर्छु

१६ फागुन, काठमाडौं । गायिका तथा राष्ट्रियसभा सदस्य कोमल वलीबारे गरेको टिप्पणीलाई लिएर नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्त विवादमा परेका छन् । शनिबार एक कार्यक्रममा वलीबारे ‘लैंगिक हिंसाजन्य’ टिप्पणी गरेको भन्दै पन्तको आलोचना भएको हो । पन्तले भने आफ्नो आशय वलीलाई चोट पुर्‍याउने नभएको स्पष्टीकरण दिएका छन् । उनले अनलाइनखबरसँग भने, ‘मेरो अभिव्यक्ति उहाँप्रति […]

‘ओलीले राजीनामा दिए नेकपाकै बहुमतको सरकार बन्न सक्छ’

१४ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका नेता रघुजी पन्त राजनीतिक विश्लेषक एवं लेखक पनि हुन् । माधव नेपालका पालामा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको भूमिका निभाएका पन्त अझै पनि नेकपाकै बहुमतको सरकार बन्ने सम्भावना देख्छन् । तर, यसका लागि केपी ओलीबाटै पहल हुनुपर्ने पन्तको सुझाव छ । ‘अहिले पनि राजनीतिलाई कुन दिशातिर लैजाने भन्ने कुराको मुख्य […]

सर्वोच्चले संविधान हेरेर फैसला गरोस् : पन्त

१० फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव पक्षका नेता रघुजी पन्तले संसद विघटनको असंवैधानिक कदमलाई सर्वोच्च अदालतले सच्याउने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधि सभा विघटनको विरोधमा सोमबार नेपाल दलित मुक्ति संगठनले काठमाडौंमा गरेको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै पन्तले सर्वोच्चले संविधान हेरेर फैसला गर्ने विश्वास व्यक्त गरे । जनतालाई जागरुक बनाउन र संसद पुनर्स्थापनाको पक्षमा जनमत […]

ओलीलाई पन्तको चुनौती : आउनुस्, बोल्ने पशुपतिनाथहरु गनौं

२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तले जनता कोसँग छन् भनेर हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । प्रधानमन्त्री ओली हालै मात्र पशुपतिनाथ गएको उल्लेख गर्दै उनले नबोल्ने पशुपतिनाथ होइन, बोल्ने पशुपतिनाथलाई हेर्न आग्रह गरे । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले काठमाडौंमा गरेको जनसभामा नेता पन्तले पशुपतिनाथ गएका प्रधानमन्त्रीले करिव […]

ओलीको पार्टीमा मार्क्सवादको ठाउँमा मासुभात चल्न थाल्यो : रघुजी पन्त

२६ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तले माघ २८ मा राजधानीमा हुने जनप्रदर्शनमा मार्क्सवाद मान्नेहरु ल्याउने बताएका छन् । यो समूहले गर्दै आएको नियमित फेसबुक सम्वादमा पन्तले जनप्रदर्शनमा कार्यकर्तालाई मासुभात खुवाउन नल्याइने बताए । ‘यो सत्ता र शक्तिको दुरुपयोग गरेर गर्न लागिएको जनप्रदर्शन होइन । हामीले मार्क्सवाद मान्नेहरुलाई ल्याउने हो, मासुभात खुवाउन […]

संसद विघटनविरुद्धको आन्दोलन नेकपाकै शक्तिमा अघि बढ्छ : रघुजी पन्त

२० पुस, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता रघुजी पन्तले संसद विघटनविरुद्धको आन्दोलन नेकपाकै शक्तिमा अघि बढ्ने बताएका छन् । सोमबार प्रचण्ड –माधव समूहको स्थायी कमिटी बैठकपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिँदै पन्तले सरकारको असंवैधानिक कदमविरुद्ध संयुक्त आन्दोलन गर्न अन्य दलसँग समन्वय जारी राख्दै आन्दोलनलाई अघि बढाउने बताए । नेता पन्तले संसद विघटनको सम्बन्धमा सवोच्च अदालतले […]

नेकपा नेता पन्त अस्पताल भर्ना

१२ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटी सदस्य रघुजी पन्त अस्पताल भर्ना भएका छन् । पेटसम्बन्धी समस्या देखिएपछि काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको नेकपा केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । चिकित्सकले नेता पन्तलाई केही दिन अस्पतालमा राखिने उपचार गर्नुपर्ने बताएको छ ।

नेकपाको ट्रेजेडी : प्रधानमन्त्री सिंहदरबार नगएको कति भयो ?

माधवकुमार नेपाल प्रधानमन्त्री रहेका बेला उनका प्रमुख राजनीतिक सल्लाहकार थिए रघुजी पन्त । पूर्वमन्त्रीसमेत भइसकेका उनी सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य हुन् । पन्त पूर्वपत्रकार एवं राजनीतिक विश्लेषक र स्तम्भकारसमेत हुन् । प्रधानमन्त्रीको सचिवालयले गर्न हुने÷नहुने कामहरुबारे पन्त अनुभवी नेता हुन् । अहिले नेकपामा चर्किएको विवादबारे पन्तको विश्लेषण सुन्न स्वयंभू नजिकै […]

‘प्रधानमन्त्रीलाई मन्त्री छान्ने स्वतन्त्रता दिनुपर्छ, अरुले नियन्त्रण गर्नु ठीक होइन’

१५ असोज, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य रघुजी पन्त माधवकुमार नेपाल निकट नेता हुन् । तर, अहिले भइरहेको मन्त्रिपरिषद हेरफेरसम्बन्धी मुद्दामा भने पन्तको विचार प्रधानमन्त्री केपी ओलीसँग निकट देखिएको छ । कसलाई मन्त्री बनाउने/नबनाउने बारेमा प्रधानमन्त्रीलाई ‘डिक्टेट’ गर्न नहुने पन्तको धारणा छ । ‘मन्त्रिपरिषद गठन/पुनर्गठन गर्ने अधिकार प्रधानमन्त्रीकै हो,’ […]

‘प्रधानमन्त्रीले हामीलाई हुल्लडबाजहरु भन्दिनुभो’

१३ साउन, काठमाडौं । पूर्वमन्त्री एवं नेकपाका स्थायी कमिटी सदस्य रघुजी पन्त पार्टीभित्र माधव नेपाल निकट नेताका रुपमा चिनिन्छन् । गत जेठमा स्थायी कमिटीको बैठक चाहियो भनेर माग गर्ने २० नेतामध्ये पन्त पनि एकजना हुन् । पन्तलगायतका नेताहरुले गरेको मागअनुसार असार १० गतेदेखि नेकपा स्थायी कमिटीको बैठक बालुवाटारमा बस्यो पनि । तर, अहिलेसम्म बैठकले कुनै […]