
News Summary
Generated by OK AI. Editorially reviewed.- सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयकको बारेमा चासो व्यक्त गरे।
- शिक्षा मन्त्री रघुजी पन्तले विधेयक यसै महिनामा आउने बताए।
२० असार, काठमाडाैं । सभामुख देवराज घिमिरेले विद्यालय शिक्षा विधेयकबारे चासो राखेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तलाई भेटेर सभामुख घिमिरेले चासो राखेका हुन् ।
‘सभामुखले शिक्षा विधेयक कहिले आउँछ भनेर सोध्नुभयो, यही महिनामा आउँछ भनेको छु,’ मन्त्री पन्तले भने । शिक्षा, विज्ञान तथा प्रविधि समितिमा विधेयक रोकेर मन्त्री पन्तले शिक्षक महासंघसँग छलफल गरिरहेका छन् ।
विधेयकमाथि छलफल गर्न समिति बैठक २२ असारमा बोलाइएको छ । समिति सभापति अम्मरबहादुर थापाले पर्सी पास गर्नेगरी बैठक बोलाइएको बताएका छन् ।
सभामुख घिमिरेसँगको भेटमा मन्त्री पन्तले तिलगंगा नेत्र विज्ञान विश्वविद्यालय सम्बन्धि विद्येयक अगाडी बढाउने विषयमा पनि छलफल भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4