
News Summary
Generated by OK AI. Editorially reviewed.- समिति सभापति अम्मरबहादुर थापाले २२ असारमा विद्यालय शिक्षा विधेयक पास गर्न बैठक बोलाएका छन्।
- विधेयक पास गर्न असार १६ मा तयारी थियो, तर शिक्षक पदपूर्ति र प्रतिशत विषयमा फरक मतले रोकिएको थियो।
- सभापति थापाले सबै विषय मिलेको र विधेयक हुबहु पास हुने बताएका छन्।
२० असार, काठमाडौं । विद्यालय शिक्षा विधेयक पास गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ ।
समिति सभापति अम्मरबहादुर थापाका अनुसार पर्सि २२ असारलाई समिति बैठक बोलाइएको छ ।
‘पर्सि बैठक बस्छ । सबै विषय मिलिसक्यो,’ सभापति थापाले भने, ‘समितिमा लक भइसकेको छ । जे छ त्यो हुबहु पास हुन्छ ।’
१६ असारमा नै विधेयक पास गर्ने तयारी थियो । तर अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति आन्तरिक ६० र खुला ४० प्रतिशत गर्नेमा कांग्रेसले फरक मत राखेपछि रोकिएको थियो ।
शिक्षक महासंघले आन्तरिक ७५ प्रतिशत र २५ प्रतिशत खुला गर्नुपर्ने माग राखेपछि कांग्रेस प्रमुख सचेतक श्याम घिमिरेले बैठक स्थगितको प्रस्ताव गरेका थिए । त्यसपछि शिक्षामन्त्री रघुजी पन्तले महासंघसँग वार्ता गर्न समय मागेका थिए ।
६०/४० प्रतिशतमा नै सहमति जुटेको छ । कार्य सम्पादन मूल्यांकनको अंकमा पनि मिलेको थिएन । ईसीडीमा कार्यरतलाई शिक्षक भन्ने वा नभन्नेमा विवाद छ । समिति सभापति थापाका अनुसार सबै विषय मिलेको छ ।
प्रतिक्रिया 4