+
+
Shares

शिक्षक महासंघसँग वार्तामा छौं, १५ असारभित्रै ऐन आउँछ : शिक्षामन्त्री 

अनलाइनखबर अनलाइनखबर
२०८२ जेठ १३ गते १८:५२
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा ऐन १५ असारभित्रै ल्याउने बताएका छन्।
  • मन्त्री पन्तले महासंघसँग भएको सहमति अनुसार ऐन जारी गर्ने बताएका हुन् ।

१३ जेठ, काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षा ऐन १५ असारभित्रै ल्याउने बताएका छन् ।

मंगलबार संसद् भवनमा सञ्चारकर्मीसँग मन्त्री पन्तले महासंघसँग भएको सहमति अनुसार समयमै ऐन जारी गर्ने बताएका हुन् ।

‘शिक्षक महासंघसँग वार्तामा छौं । १५ असारसम्मको डेटलाइन छ । त्यो भन्दा अगाडि नै ल्याउने प्रयत्नमा छौँ,’ मन्त्री पन्तले भने ।

शिक्षक महासंघले पनि शिक्षा मन्त्रालयसँग संवादमा रहेको बताएको छ । विद्यालय शिक्षा विधेयकको उपसमितिको प्रतिवेदनमा महासंघले असहमति जनाएपछि मन्त्रालयले फेरि वार्ता गरिरहेको हो ।

‘आज पनि मन्त्रालयका कर्मचारीसँग छलफल गरेका छौं । हामीसँग भएको सहमतिभन्दा फरक गरी उपसमितिको प्रतिवेदन आयो । प्रतिवेदनमा असहमति जनाएपछि मन्त्रालयसँग छलफल भइरहेको हो,’ शिक्षक महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले भनिन् ।

शिक्षक महासंघसँग वार्ता चलिरहेकाले विद्यालय शिक्षा विधेयकमाथिको छलफल स्थगित भएको छ ।

महासंघसँग सहमति भएपछि प्रतिनिधिसभाको शिक्षा समितिमा छलफल हुनेछ । मन्त्री पन्तले महासंघसँग वार्ता गर्नका लागि ७ दिनको समय मागेका छन् । सोही अनुसार मन्त्रालय र महासंघबीच वार्ता भइरहेको हो ।

उपसमितिको प्रतिवेदनमा ईसीडी, विद्यालय कर्मचारी, अस्थायी प्रकृतिका राहत, साविक उमावि, अस्थायी करार, सिकाइ अनुदान, प्राविधिक धार, विशेष शिक्षक लगायतको विषय सहमति अनुसार नभएको महासंघको भनाइ छ ।

सरुवा र विभागीय कारबाहीको विषयमा पनि सहमति अनुसार कार्यान्वयन नभएको महासंघको दाबी छ । गत २० चैतदेखि २९दिन काठमाडौंमा शिक्षकले सडक आन्दोलन गरेका थिए । १७ वैशाखमा ९ बुँदे सहमति भएपछि आन्दोलन स्थगित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?