Comments Add Comment

विष्णु पौडेल

List Grid
सरकार गिराउने षड्यन्त्र हुँदैछ : अर्थमन्त्री पौडेल

२० फागुन, बुटवल । अर्थमन्त्री एवं नेकपा ओली समूहका महासचिव विष्णु पौडेलले सरकार गिराउने षड्यन्त्र सुरु भएको बताएका छन् । ‘आफ्नो पार्टीको सरकार गिराउन संवैधानिक दायराबाट बाहिर गएर मध्यरातमा कहिले देउवा, कहिले जसपाका नेतासंग प्रस्ताव बोकेर हिँडेका छन्’ रुपन्देहीको तिलोत्तमामा बिहीबार आयोजित कार्यक्रममा उनले भने, ‘मध्यरातमा अँध्यारा कोठामा तानाबाना बुनिंदै छन् ।’ लिपुलेक, लिम्पियाधुरा र […]

नेकपा फुटेको छैन : विष्णु पौडेल

१ फागुन, बुटवल । नेकपा ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले नेकपा नफुटेको दाबी गरेका छन् । ओली समूहको लुम्बिनी प्रदेश कमिटीले शनिबार बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै महासचिव पौडेलले भने, ‘कतिपय मानिसहरुलाई लाग्यो, नेकपा फुट्यो, फुट्दैछ । तर, आजको उपस्थितिले के पुष्टि गर्दैछ भने नेपाल कम्युनिष्ट पार्टी फुटेको छैन, स्वार्थी तत्वहरु चोइटिएका मात्र […]

नेकपाको कथित निर्णय निर्वाचन आयोगले खारेज गर्‍यो : विष्णु पौडेल

१३ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव तथा अर्थमन्त्री विष्णु पौडेलले नेकपाबारे निर्वाचन आयोगले गरेको पछिल्लो निर्णयको स्वागत गरेका छन् । ओली समूहनिकट प्रेस संगठन नेपालले मंगलबार भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै बैठकका नाममा गरिएका कथित निर्णयलाई खारेज गरेको बताएका हुन । ‘निर्वाचन आयोगको पछिल्लो निर्णयको विषयमा यहाँहरूले रंङ्गीबिरङ्गी प्रतिक्रियाहरू […]

लोकतन्त्र मान्नेले चुनावको विरोध गर्दैनन् : अर्थमन्त्री पौडेल

१३ माघ, काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचनको विरोध गर्नु लोकतान्त्रिक मान्यता विपरीत भएको बताएका छन् । मंगलबार ६९ औं भन्सार दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् । ‘लोकतन्त्रमा विश्वास गर्नेले निर्वाचनको विरोध गर्दैनन्,’ मन्त्री पौडेलले भने । निर्वाचनको विरुद्धमा उठेका प्रश्नहरु लोकतन्त्रविरुद्ध रहेको भन्दै उनले देशको विशेष परिस्थितिलाई ख्याल […]

प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना छैनः विष्णु पौडेल

८ माघ, काठमाडौं । नेकपा (ओली समूह)का महासचिव एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना नरहेको बताएका छन् । आफ्नो समूह तर्फका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला सम्बोधन गर्दै पौडेलले सर्वोच्च अदालतको फैसला भने स्वीकार गर्ने बताए । ‘सर्वोच्च अदालतप्रति विश्वास छ, जे निर्णय गर्छ, स्वीकार्छौं’, पौडेलले भने । तर, अदालतमा प्रतिनिधिसभा पुनर्स्थापना […]

माधव–प्रचण्ड समूहको बैठक : ओलीसँग स्पष्टीकरण माग, विष्णु पौडेलको जिम्मेवारी खोसियो

२ माघ, काठमाडौं । नेकपा माधव–प्रचण्ड समूहले महासचिव पदबाट विष्णुप्रसाद पौडेललाई हटाउने निर्णय गरेको छ । पेरिसडाडाँमा बसेको स्थायी कमिटीको बैठकले पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेको हो । बैठकले केपी शर्मा ओलीलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । पार्टी अनुशासन विपरीत काम गर्न नछोडेकाले किन साधारण सदस्यबाट समेत नहटाउने ? भनेर स्पष्टिकरण सोध्ने निर्णय गरेको […]

प्रतिनिधिसभा पुनर्स्थापना हुने कुनै सम्भावना छैन : विष्णु पौडेल

१९ पुस, बुटवल । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभा पुनर्स्थापनाको कुनै सम्भावना नरहेको बताएका छन् । ६४ प्रतिशत सांसदहरुको समर्थनप्राप्त प्रधानमन्त्रीले आफू चौतर्फी घेराबन्दीमा परेपछि बाध्यात्मक अवस्थामा प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटनको कदम चाल्नुपरेको भन्दै उनले संसद पुनर्स्थापनाको कुनै सम्भावना नरहेको बताए । यद्यपि यो विषय सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन […]

प्रचण्ड र माधव नेपाल अझै फर्किने ठाउँ छ : विष्णु पौडेल

१५ पुस, वीरगञ्ज । नेपाल कम्युनिस्ट पार्टीका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले प्रचण्ड र माधव नेपाललाई पार्टीमै फिर्ता आउन आग्रह गरेका छन् । नेकपा ओली समूहले वीरगञ्जमा आयोजना गरेको प्रदेश भेलालाई सम्बोधन गर्दै उनले प्रचण्ड र माधव नेपाललाई पार्टीमा अझै ठाउँ राखेको समेत बताए । तर त्यसका लागि नेताद्वयले विगतमा गरेको गल्ती सच्याउनुपर्ने र प्रचण्डले […]

‘प्रधानमन्त्री स्वयं संसद विघटन गर्न चाहनुहुन्नथ्यो’

१२ पुस, काठमाडौं । तत्कालीन नेकपा एमाले र माओवादी मिलेर नेकपा कम्युनिस्ट पार्टी (नेकपा) गठन हुँदा केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड दुई अध्यक्ष बने । दुबै अध्यक्षको विश्वास जितेका विष्णु पौडेल अरु नेताहरुलाई उछिनेर साझा महासचिव बन्न सफल भए । तर, अहिले पार्टी विभाजित हुँदा महासचिव पौडेल ओली समूहतर्फ लागे । अर्थमन्त्रीसमेत रहेका […]

प्रतिनिधिसभा पुनर्स्थापना हुनै सक्दैन : पौडेल   

८ पुस, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेलले प्रतिनिधिसभा पुनर्स्थापना हुनै नसक्ने बताएका छन् । नेकपा ओली समूहको लुम्बिनी प्रदेशस्तरीय भेलालाई बुधबार सम्बोधन गर्दै महासचिव पौडेलले नेताकार्यकर्तालाई चुनावको तयारीमा जुट्न निर्देशन दिए । उनले नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओलीमाथि ‘आधारहीन आरोपहरुसहितको पत्र ल्याउनु नै’ पार्टी विभाजनको कारण […]

पार्टी विवादले यो सरकार ढल्दैन : पौडेल

३० मंसिर, बुटवल । अर्थमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीभित्रको विवादले सरकारको निरन्तरतामा असर नपर्ने बताएका छन् । मंगलबार बुटवलस्थित कान्ति माविको विज्ञान तथा छात्रावास भवनको शिलन्यास गर्दै उनले केपी ओली नेतृत्वको सरकार पूरा कार्यकाल टिक्ने दाबी गरे । ‘नेकपा भित्रको अन्तरविरोधमा सुँड घुसाएर मुलुकलाई अस्थिरतातिर धकेल्ने प्रयास भएको छ, […]

विष्णु पौडेलको ‘बर्थ डे केक’ खाएपछि बालुवाटारमा बाझाबाझ

१६ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चर्काचर्की भयो । अध्यक्ष ओलीले प्रचण्डलाई हप्काएपछि अरु नेताहरु पनि केपी ओलीमाथि खनिए । धुम्बाराहीमा बस्ने भनिएको बैठक ‘सुरक्षा थ्रेट’ रहेको भन्दै बालुवाटारमै सारिएको थियो । बैठकको सुरुमा प्रधानमन्त्री ओलीले महासचिव […]

नेकपा सचिवालय बैठकमा पौडेलको जन्मदिन सेलिब्रेसन

१६ मंसिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा महासचिव विष्णु पौडेलको ६२ औं जन्मदिन मनाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको बैठकअघि पौडेलको जन्मदिनको अवसरमा केक काटिएको थियो । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले पौडेललाई केक खुवाएर शुभकामना दिएका थिए । त्यस अवसरमा पार्टी उपाध्यक्ष बामदेव गौतमले पौडेललाई […]

नेकपा महासचिव पौडेललाई बुटवलमा कालो झण्डा

१० मंसिर, बुटवल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेललाई बुटवलमा कालो झण्डा देखाइएको छ । बुटवलबाट पश्चिम सैनामैनातर्फ जाने क्रममा नेता पौडेललाई नेपाल विद्यार्थी संघ र तरुण दलका कार्यकर्ताले तिनाउ पुल नजिक नेपालगन्ज रोडमा कालो झण्डा देखाएका हुन् । नेता पौडेल आफ्नो निर्वाचन क्षेत्र (रुपन्देही–२) को सैनामैना मा.बि रानिबगिया […]

बुटवलमा पौडेललाई प्रश्न : अर्थमन्त्रीसँग प्रदेश राजधानी साटेको हो ?

९ मंसिर, बुटवल । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेल अर्थमन्त्री भएपछि पहिलो पटक गृहजिल्ला रुपन्देही पुगेका छन् । मंगलबार बुटवल पुगेका पौडेलले सञ्चारकर्मीहरुसँग भेट गरे । पार्टीको पछिल्लो विवादबारे धारणा राख्दै उनले मर्यादा नाघेर अभिव्यक्तिहरु आउन थालेको बताए । यो चिन्ताजनक भएको भन्दै उनले मर्यादाभित्र फर्किएर छलफल गर्नुपर्ने बताए । सञ्चारकर्मीहरुको केही […]

देउवासंग सत्ता समीकरणको कुरा भएको होइन : विष्णु पौडेल

९ मंसिर, बुटवल । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासंग सत्ता समीकरणका विषयमा छलफल नभएको दावी गरेका छन् । प्रेस संगठन रुपन्देहीले गरेको पत्रकार भेटघाटमा नेता पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीसंग सुविधाजनक वहुमत भएकाले प्रमुख विपक्षी दलसंग सत्ता समीकरणबारे कुरा गर्नुपर्ने आवश्यकता […]

विष्णु पौडेलको प्रश्न : सचिवालयका नेता काम नलाग्ने भइसक्यौं ?

३ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले पार्टीको समस्या स्थायी कमिटीमा लानु भन्दा सचिवालयकै नेताहरुले हल गर्नुपर्ने बताएका छन् । बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बसेको सचिवालय बैठकमा स्थायी कमिटी बैठक बोलाउनेबारे छलफल हुँदा महासचिव पौडेलले त्यसमा विमति जनाए । स्थायी कमिटीबाट समस्या समाधान खोज्ने कुराले सचिवालयका नेताहरुको सामर्थ्यमाथि […]

नेकपामा नयाँ लेनदेनको खोजी, खुमलटारमा प्रचण्ड र विष्णु पौडेलवीच भेटवार्ता

२ मंसिर, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक भोलि (बुधबार) दिउँसो १ बजे बालुवाटारमा बस्दैछ । बैठकको अघिल्लो दिनसम्म केपी शर्मा ओली पक्ष र प्रचण्ड-माधव पक्षका नेताहरुवीच सहमति जुटाउने प्रयासहरु भइरहेका छन् । सचिवालय बैठकको अघिल्लो दिन मंगलबार बिहान खुमलटार पुगेर महासचिव विष्णु पौडेलले कार्यकारी अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् […]

पुस्तकमा भन्सार :  युवराज खतिवडा ठीक कि विष्णु पौडेल ?

२५ कात्तिक, काठमाडौं । विदेशबाट भित्रिने पुस्तकमा १० प्रतिशत भन्सार शुल्क लगाउने तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाको निर्णय  सोमबार अर्थमन्त्री विष्णु पौडेलले क्याबिनेटमार्फत उल्ट्याइदिए । मन्त्रिपरिषद् बैठकले पुस्तकमा लगाइएको भन्सार महशुल हटाउने निर्णय गरेपछि यसबारे दुईखाले प्रतिक्रिया आएका छन् : कर लगाउने युवराज खतिवडाको निर्णय ठीक कि कर हटाउने विष्णु पौडेलको निर्णय ? मन्त्रिपरिषदको सोमबारको […]

अर्थतन्त्रको संकुचन हटाउनु चुनौतीपूर्ण : अर्थमन्त्री

१६ कात्तिक, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले कोभिड-१९को महामारीका कारण देशको अर्थतन्त्रमा देखिएको संकुचनलाई पुरानै लयमा फर्काउनु चुनौतीपूर्ण रहेको बताएका छन् । कोभिड संक्रमणको जोखिमका कारण देशको उत्पादन र रोजगारीमा गम्भिर प्रभाव परेकोले अर्थतन्त्रमा संकुचन देखा परेको बताए । शनिबार नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारीहरुसाग सिंहदरबारमा भएको भेटमा अर्थमन्त्री पौडेलले उत्पादन र रोजगारीमा परेको […]

पुँजीगत खर्चमा उल्लेख्य सुधार ल्याउँछु : अर्थमन्त्री पौडेल

८ कात्तिक, काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले पूँजीगत खर्चको कमजोर अवस्थामा उल्लेख्य सुधार ल्याउने बताएका छन् । महामारी र कतिपय नीतिगत प्रबन्धका कारण पुँजीगत खर्च बढ्न नसकेको भन्दै उनले महामारी सामनाको अलग्गै रणनीति बनाउने र नीतिगत व्यवस्थामा सुधार गरेर खर्च बढाउने बताएका हुन् । शनिबार न्यूज एजेन्सी नेपालसँग कुराकानी गर्दै मन्त्री पौडेलले कतिपय नियम र […]