+
+

विष्णु पौडेलको वडामा ३० वर्षपछि एमाले हार्यो, कांग्रेस उम्मेदवार पंगेनी विजयी

अनलाइनखबर अनलाइनखबर
२०७९ जेठ ६ गते ६:४९
नेपाली कांग्रेसका उम्मेदवार यज्ञप्रसाद पंगेनी

६ जेठ, बुटवल । नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री विष्णु पौडेलको वडा बुटवल उपमहानगरपालिका–८ को अध्यक्षमा नेकपा एमालेका उम्मेदवार पराजित भएका छन् ।

एमालेका पूर्वनगर कमिटी अध्यक्ष ज्ञानप्रसाद अर्याललाई ३१ मत अन्तरले पछि पार्दै नेपाली कांग्रेसका उम्मेदवार यज्ञप्रसाद पंगेनी विजयी भएका छन् ।

यो वडामा ३ हजार ४३० मत खसेको थियो । यो वडा बुटवलका पूर्व नगर प्रमुख एवं प्रदेश सरकारका पूर्वमन्त्री एमाले नेता भोजप्रसाद श्रेष्ठको पनि वडा हो ।

यो वडामा २०४९ सालयता पहिलोपटक नेपाली कांग्रेस विजयी भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?