Comments Add Comment

संवैधानिक आयोग

List Grid
‘वाचडग’ बाट ‘ल्यापडग ’ तिरको यात्रामा संवैधानिक आयोगहरु

पछिल्लो समयमा भएका नियुक्ति र गतिविधिले संवैधानिक आयोगले प्राप्त गरेको स्वायत्तता गुम्ने र ती आयोग कतै सरकारको विभाग जस्तो हुने त होइनन् भन्ने प्रश्न उठेको छ । त्यसैले उनीहरू संसद र जनताप्रति उत्तरदायी हुने भन्दा पनि नियुक्त गर्ने व्यक्ति र पार्टीप्रति उत्तरदायी हुने खतरा बढेको छ ।

संवैधानिक आयोगका २० पदाधिकारीको नियुक्ति विरुद्ध सर्वोच्चमा रिट

१६ असार, काठमाडौं । राष्ट्रपतिले असार १० गते नियुक्त गरेका संवैधानिक निकायमा पदाधिकारीको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले संवैधानिक परिषदबाट नियुक्ति सिफारिस भएका पदाधिकारीको संसदीय सुनुवाइविना नियुक्त गर्न नमिल्ने भन्दै बदर गर्न माग गरेका हुन् । उनले रिटको टुंगो नलागेसम्म उनीहरुलाई कामकाज गर्न नदिन […]

संवैधानिक निकायमा २० पदाधिकारी नियुक्त, लोकसेवा अध्यक्षमा रेग्मी

१० असार, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्त गरेकी छन् । संवैधानिक परिषद्ले वैशाख अन्तिम साता सिफारिश गरेका २० पदाधिकारीलाई संसदीय सुनुवाइ विना नै नियुक्त गरिएको हो । गत वैशाख २६ गते बसेको संवैधानिक परिषदको बैठकले लोकसेवा आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतका संवैधानिक आयोगमा […]

यी हुन् संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिशमा परेकाहरु

२७ वैशाख, काठमाडौं । संवैधानिक परिषद्ले विभिन्न संवैधानिक आयोगमा रिक्त पदाधिकारीमा नियुक्तिका लागि सिफारिश गरेकाहरुको सूची सार्वजनिक भएको छ । आइतबार बसेको परिषदको बैठकले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको छ । लोक सेवा आयोगका सदस्य र अन्य संवैधानिक आयोगहरुका पदाधिकारीमा सिफारिस भएकाहरुको नामावली पनि खुलेको थिएन । […]

निर्वाचन आयोग : संवैधानिक भूमिकाबाट च्युत हुँदै

१६ फागुन, काठमाडौं । संविधानमै नभएको अधिकार प्रयोग गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले विघटन गरेको प्रतिनिधिसभा सर्वोच्च अदालतले पुनस्र्थापना गरिदिएपछि संवैधानिक संकटको खतरा टरेको छ । तर, राजनैतिक संकट भने कायमै छ । अहिलेको यो राजनैतिक संकट निर्वाचन आयोगको अनिर्णयका कारणले निम्तिएको हो । निर्वाचन आयोगले गत ११ माघमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विभाजनलाई […]

संवैधानिक आयोगमा असंवैधानिक नियुक्ति : बल फेरि सर्वोच्चकै कोर्टमा

१४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले ११ फागुनमा बदर गरेपछि विभिन्न संवैधानिक निकायमा गरिएका ३२ पदाधिकारीको पद संकटमा परेको छ । संवैधानिक परिषद्का ६ मध्ये जम्मा ३ जनाको सिफारिस र संसदीय सुनुवाईबिनै नियुक्ति लिएका पदाधिकारीहरूलाई अदालतको फैसलाले थप आलोचित बनाएको हो । संकट वा […]

सभामुखले दायर गरेको रिट न्यायाधीश ढुंगानाको इजलासमा

२५ माघ, काठमाडौं । संवैधानिक आयोग भएका नियुक्ति बदर गर्न माग गर्दै सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा दायर गरेको रिटमाथि आज सुनुवाइ हुँदैछ । रिटमाथिको सुनुवाइ न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा हुँदैछ । तर सुनुवाइ सुरु भइसकेको छैन । सभामुख सापकोटाले राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशसहित ३७ जनालाई विपक्षी बनाएर शुक्रबार रिट दायर गरेका थिए । संवैधानिक […]

संवैधानिक निकायमा नियुक्ति भइसक्दा पनि आएन मुद्दाको पालो

२३ माघ, काठमाडौं । संवैधानिक आयोगहरूमा नियुक्ति भइसक्दा पनि सर्वोच्च अदालतमा यससम्बन्धी मुद्दाको पालो आएको छैन । संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, अध्यादेश अनुसार बसेको बैठक र सिफारिस कार्यान्वयन नगर्न माग गरिएका रिटहरूमा आजका लागि संवैधानिक इजलासमा पेसी चढे पनि स्थगनमा परेका हुन । अध्यादेश खारेजी र संसदीय सुनुवाईको माग राखेर १ पुसमा अधिवक्ता ओमप्रकाश अर्याल, […]

शीतल निवासमा नागरिक आन्दोलनको मार्च पास (फोटो फिचर)

२३ माघ, काठमाडौं । नागरिक समाजले आज बिहानै शीतल निवास नजिक मार्च पास गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अवैधानिकरुपमा संवैधानिक निकायमा नियुक्ति गरेको भन्दै त्यसको विरोधमा बृहत नागरिक आन्दोलनको आयोजनामा मार्चपास गरिएको हो । नागरिक समाजका अगुवाहरुले बिहान पद्मरत्न तुलाधर निवास परिसर, लैनचौरदेखि शीतल निवासको निषेधित क्षेत्रसम्म मार्चपास गरेका हुन् । उनीहरुले राष्ट्रपति ज्यू […]

को-को हुन् संवैधानिक निकायमा नियुक्ति पाउने ३२ जना ?

२१ माघ, काठमाडौं । कानुन र राजनीतिक विवादका बीच संवैधानिक निकायका पदाधिकारीहरु नियुक्त भएको छ । संवैधानिक परिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा प्रेमकुमार राई र सदस्यहरुमा किशोरकुमार सिलवाल र जयबहादुर चन्दलाई नियुक्त गरेकी हुन् । यस्तै निर्वाचन आयोगको आयुक्तमा रामप्रसाद भण्डारी र डा. जनकुमारी तुलाधर नियुक्त भएका छन् । […]

संसदीय सुनुवाईविनै संवैधानिक आयोगमा नियुक्तिको तयारी

२१ माघ, काठमाडौं । संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस भएका पदाधिकारी तथा सदस्यहरुलाई संसदीय सुनुवाईविनै नियुक्त गर्ने तयारी सरकारले गरेको छ । यसअघि संवैधानिक परिषद्ले सिफारिस गरेका नामलाई राष्ट्रपति कार्यालयले आज नियुक्त गर्ने तयारी गरेको हो । आजै बिहान शपथ खुवाउने तयारी भैरहेको स्रोतको भनाइ छ । संवैधानिक व्यवस्थाअनुसार संवैधानिक निकायका पदाधिकारी नियुक्ति गर्दा संसदीय […]

‘संवैधानिक आयोगले सरकारलाई दबाव दिन सकेनन्’

१३ असोज, काठमाडौं । सांसदहरुले संवैधानिक आयोगहरुले आफूले दिएका सुझाव कार्यान्वयन गर्न सरकारलाई दबाब दिन नसकेको बताएका छन् । राष्ट्रियसभा अन्तर्गतको ‘राष्ट्रिय सरोकार तथा समन्वय समिति’को मंगलबारको बैठकमा उपस्थित सांसदहरुले कुनैपनि अध्ययन अनुसन्धानबाट देखिएका समस्या समाधानको लागि संवैधानिक आयोगहरुले सरकारलाई दवाव दिन नसकेको बताएका हुन् । बैठकमा राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी […]

संवैधानिक आयोगका ४८ पदाधिकारीमा भागवण्डाको तयारी

१ असोज, काठमाडौं । झण्डै दुई तिहाइ बहुमत प्राप्त केपी ओली नेतृत्वको सरकारले आफ्नो कार्यकालको आधा समय व्यतीत हुँदा पनि संविधानतः गठन हुनुपर्ने संरचनाहरुलाई चलायमान बनाउन सकेको छैन । अहिलेसम्म संवैधानिक आयोगहरुमा ४८ पदहरु रिक्त छन् । प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आदिवासी जनजाति, मधेसीलगायतको पहिचानको मुद्दामा अरुचि राख्ने गरेको आरोप लाग्ने गरेको छ । यही […]

संवैधानिक नियुक्तिबारे छलफल गर्न नेकपा र कांग्रेस सहमत

१ भदौ, काठमाडौं । संवैधानिक अंगहरुमा खाली रहेका पदमा नियुक्तिका लागि छलफल अगाडि बढाउन सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र प्रमुख विपक्षी नेपाली कांग्रेस सहमत भएका छन् । नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवासँग छलफल गरेका थिए । बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले […]

६ संवैधानिक आयोग गठन सम्बन्धी विधेयक संसदीय समितिमा

१६ असोज, काठमाडौं । व्यवस्थापिका संसदले विभिन्न ६ वटा आयोग गठनको कानूनी व्यवस्थाका लागि पेश गरिएका विधेयकहरु दफावार छलफलका लागि संसदीय समितिमा पठाएको छ । संसदको आइतबार बसेको बैठकले राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेसी आयोग, थारु आयोग र मुस्लिम आयोग गठन सम्बन्धी विधेयक संसदीय समितिमा पठाएको हो । संवैधानिक आयोग […]