Comments Add Comment

सूचना प्रविधि

List Grid
रिमोट वर्किङमा लोभिँदै अमेरिकी प्रविधि कम्पनीहरु

अमेरिकाको सिएटलस्थित आफ्ना ६० हजार कर्मचारीहरु मध्ये अधिकांश कर्मचारीहरु कार्यालयमै उपस्थित भएर काम सुरु गर्ने भनी जब गत मार्च महीनामा अमेजन कम्पनीले घोषणा गर्यो तब कम्पनीका धेरै कर्मचारीहरुमा आक्रोस देखियो । कम्पनीको यस्तो घोषणापछि कतिपय कर्मचारीहरुले त जागिर नै छाड्ने धम्की दिए । एकजना कर्मचारीले महामारीपछिको नियमले आफ्नो दैनिक कामकागजको तरिकालाई प्रभावित गर्ने बताए । […]

माइक्रोसफ्ट कम्पनीको बजार मूल्य २० खर्ब डलर नाघ्यो

काठमाडौं । माइक्रोसफ्ट कम्पनी २० खर्ब अर्थात् २ ट्रिलियन डलर बजार मूल्य पुगेको दोश्रो सार्वजनिक अमेरिकी कम्पनी बनेको छ । यसअघि एप्पलले पहिलोपटक २ ट्रिलियन डलर बजार मूल्यको कोशेढुंगा पार गरेको थियो । अमेरिका बाहिरको सार्वजनिक कम्पनीमा भने साउदी अरबको अराम्को तेल कम्पनी २ ट्रिलियन डलर बजार मूल्य पूग्ने एकमात्र कम्पनी हो । सन् २०१९ […]

यी हुन् पेस मेकरलाई खतरनाक हुने एप्पलका उत्पादन

काठमाडौं । मुटुमा राखिने पेसमेकर लगायत शरीरमा प्रत्यारोपण गरिने विभिन्न खाले उपकरणका लागि खतरनाक हुने विभिन्न प्रडक्टहरुको सूचि एप्पलले सार्वजनिक गरेको छ । शरीरमा प्रत्यारोपित चिकित्सा उपकरणहरु भन्दा टाढै राख्नुपर्ने एप्पलका प्रडक्टहरुको सूचिमा आइफोन १२, एप्पल वाच तथा म्याकबुक प्रो लगायतका छन् । धेरै कन्जुमर इलेक्ट्रोनिक्स उपकरणहरुमा चुम्बक लगायतका वस्तु हुन्छन्, जसले शरीरमा प्रत्यारोपण गरिएका […]

क्रिप्टोकरेन्सीको कारोबार रोक्न चीनको कडा निर्देशन, बिटक्वाइनको मूल्य ३० हजारभन्दा तल

चीनले डिजिटल मुद्रा क्रिप्टोकरेन्सीहरुमाथिको हस्तक्षेपमा विस्तार गर्दै देशभित्रका बैंक तथा भुक्तानी प्लाटर्फमहरुलाई डिजिटल क्रिप्टोकरेन्सी मुद्रामा हुने भुत्तानीलाई रोक्न निर्देशन दिएको छ । गत शुक्रबार सिचुआन प्रान्तमा हुने बिटक्वाइनको माइनिङ रोक्ने आदेश दिएको चीनको भोलिपल्टै बैंक तथा भुक्तानी कम्पनीहरुलाई यस्तो निर्देशन दिएको हो । स्मरण रहोस् गत वर्ष विश्वमा भएको बिटक्वाइनको कूल उत्पादन मध्ये ६५ प्रतिशत […]

अहिलेसम्म कति तयार भयो चीनको आफ्नै स्पेस स्टेसन ?

चीनले यहीँ जुन महिनामा आफ्ना ३ जना अन्तरिक्ष यात्रीहरुलाई ३ महिने बसाइँका लागि निर्माणाधीन चिनियाँ अन्तरिक्ष स्टेसनमा पठाउने घोषणा गरिसकेको छ । आफ्नो एक मालबाहक अन्तरिक्षयान सफलतापूर्वक प्रक्षेपण गरी स्पेस स्टेसनमा जोडिएको एक दिनपछि चीनले यस्तो घोषणा गरेको थियो । चाइनिज म्यान्ड स्पेस एजेन्सीका अनुसार चिनियाँ स्पेस स्टेसनको मुख्य मोड्युलको रूपमा रहेको तियान्हे मोड्युलमा अहिले अन्तरिक्ष […]

शाओमीले घोषणा गर्दै कीर्तिमानी फास्ट चार्जिङ प्रविधि

चिनियाँ स्मार्टफोन कम्पनी शाओमीले सोमबार आफ्नो नयाँ Hypercharge fast charging technology सार्वजनिक गर्दैछ । सबैभन्दा तीव्र गतिको वायरलेस चार्जिङ प्रविधिमा समेत किर्तिमान कायम गरेको शाओमीले HyperCharge प्रविधिमार्फत् तारबाट गरिने चार्जिङ  प्रविधिमा पनि नयाँ कीर्तिमान कायम गर्न लागेको हो । स्मार्टफोनमा १२० वाटभन्दा धेरै फास्ट चार्जिङ टेक्नोलोजी उपलब्ध गराउने निकै कम स्मार्टफोन कम्पनीमध्ये शाओमी एक हो […]

अमेजनले किन्यो हलिउडको सर्वाधिक चर्चित स्टुडियो, मूल्य करिब १० खर्ब रुपैयाँ

इ कमर्श कम्पनी अमेजनले हलिउडको सर्वाधिक चर्चितमध्येको एक एमजिएम स्टुडियो खरीद गर्ने सहमति गरेको छ । सम लाइक इट हट तथा सिंगिङ इन रेन जस्ता विभिन्न क्लालिस फिल्महरु निर्माण गरेको ९७ वर्षअघि स्थापित ऐतिहासिक एमजिएम स्टुडियो अमेजनले ८ अर्ब ४५ करोड डलरमा खरीद गर्ने भएको हो । सो खरीद पश्चात् अमेजनको प्राइभ स्ट्रिमिंग सर्भिसले उक्त […]

एन्ड्रोइडमा आयो सोसल मिडिया एप क्लब हाउस

अडियो बेस्ड सोसल मिडिया प्लाटफर्म क्लबहाउस अन्ततः गुगल प्ले स्टोरमा उपलब्ध भएको छ । करिब १ वर्षसम्म एप्पलको आइओएसमा उपलब्ध रहेको क्लब हाउसले आइतबार आफ्नो एन्ड्रोएड एप लञ्च गरेको हो । योसँगै अब एन्ड्रोइड प्रयोगकर्ताले पनि पहिलोपटक अडियो सोसल मिडिया क्लबहाउस प्रयोग गर्न पाउने भएका छन् । यद्यपि हालका लागि यो एन्ड्रोइड एप अमेरिकामा मात्र […]

यी हुन् प्रविधि क्षेत्रका सबैभन्दा धनी ५० अर्बपति

फोर्ब्स म्यागेजिनले हालै विश्वका अर्बपतिहरुको आफ्नो वार्षिक सूची सार्वजनिक गर्‍यो । महामारीका बाबजुत सन् २०२० मा विश्वमा ४९३ जना नयाँ अर्बपति थपिए भने विद्यमान सम्पत्तिमा अभूतपूर्व रुपमा ५ ट्रिलियन डलरले वृद्धि भएको फोर्ब्सले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ । अर्बपतिहरुको सूचीमा लगातार चौथो वर्ष पनि अमेजनका सीईओ जेफ बेजोसले पहिलो स्थान कब्जा गरेका छन् । […]

७५ प्रतिशत क्षेत्रमा उच्च गतिको इन्टरनेट जडान

११ चैत, काठमाडौं । देशभर उच्च गतिको ब्रोडब्यान्ड इन्टरनेट पुर्‍याउने लक्ष्यसहित नेपाल दूरसञ्चार प्राधिकरणले अघि बढाएको परियोजनाअन्तर्गत गत फागुन मसान्तसम्म ७५ प्रतिशत क्षेत्रमा जडान सम्पन्न भएको छ । प्राधिकरणले ग्रामीण दूरसञ्चार विकास कोषको रकम प्रयोग गरी ब्रोडब्यान्ड इन्टरनेट सेवा उपलब्ध गराउनेसम्बन्धी परियोजनालाई १८ प्याकेज बनाएर सञ्चालन गरेको छ । उक्त प्याजेकअन्तर्गत फागुन मसान्तसम्ममा ७४ दशमलव […]

यी हुन् यस वर्ष प्रयोगकर्ताले सबैभन्दा धेरै रकम खर्चिएका ९ स्मार्टफोन एप

काठमाडौं । चालू वर्ष सन् २०२० मा मोबाइल एप तथा गेमहरुमा प्रयोगकर्ताले गरेको खर्चले नयाँ कीर्तिमान कायम गरेको छ । यो वर्ष एप्पलको एप स्टोर र गुगलको प्लेस्टोर दुबैमा प्रयोगकर्ताले उल्लेखनीय खर्च गरे । एपबाट हुने आम्दानीको दृष्टिकोणबाट एप्पलले यो वर्ष पनि आफ्नो प्रभुत्व कायमै राखेको छ । सन् २०२० मा स्मार्टफोन प्रयोगकर्ताहरुले एप खरीदमा […]

कम्प्युटर प्रोसेसर उत्पादक कम्पनीहरु एएमडी र झिलिङ्क्स एक हुने

१२ कात्तिक, काठमाडौं । चिप्स उत्पादक कम्पनी एएमडीले झिलिंक्स नामको अर्को चिप्स उत्पादक कम्पनीलाई ३५ अर्ब डलरमा खरिद गर्ने निर्णय गरेको छ । यो खरिदसँगै अर्को विश्व प्रसिद्ध चिप्स उत्पादक कम्पनी इन्टेलसँगको प्रतिस्पर्धा अरु तीव्र हुने अनुमान गरिएको छ । झिलिंक्सलाई एएमडीमा गाभेसँगै यसको शेयर बजारको अनुपात पनि टुंगो लागेको छ । झिलिंक्सका शेयरधनीले अब […]

यी हुन् भारतको प्रविधि जगतका शीर्ष १० अर्बपतिहरु

काठमाडौं । कोरोना भाइरस महामारीका कारण सन् २०२० विश्वभर नै प्रविधि क्षेत्रका लागि समेत चुनौतिपूर्ण रह्यो । यद्यपि भारतका अर्वपतिहरुको सूचि सार्वजनिक गर्ने आइआइएफएल वेल्थ रिपोर्ट अनुसार यो वर्ष भारतमा थप १ सय ६१ जना नयाँ अनुहारहरु अर्बपतिको सूचिमा उक्लिन सफल भए । भारतको प्रविधि जगत आफैंमा निकै विशाल छ र धेरै अर्बपतिहरु यो क्षेत्रले […]

जसले जम्मा गरे ३ हजार क्यामरा, बन्दैछ क्यामरा संग्रहालय

काठमाडौं । कुनैपनि एकजना मानिसले आफूसँग कतिवटा क्यामरा राख्ला । मान्छेले आफ्नो जीवनकालमा कतिवटा सम्म क्यामरा खरीद गर्छ होला ? स्कटकल्याण्डका एकजना व्यक्तिले चाहिँ आफ्नो जीवनकालमा ३ हजारवटा फरक–फरक मोडेलका क्यामरा खरीद गरे । स्कटल्याण्डको फिफे क्षेत्रमा पर्ने एउटा गाउँमा रहेको उक्त व्यक्तिगत क्यामरा संग्रह विश्वमा कुनैपनि व्यक्तिले गरेको सबैभन्दा धेरै क्यामराको संग्रह हो । […]

‘परजिवी हो सोसल मिडिया, आफू बाँच्न तपाईंलाई चुसिरहेको छ’

काठमाडौं । तपाई‌ंका लागि सोसल मिडिया आवश्यक छैन, तर सोसल मिडियालाई तपाईं चाहिन्छ । सोसल मिडिया परजिवी हो । यसको जीवन नै तपाईंका फोटो, मिम, स्विकारोक्ति तथा अभिव्यक्तिहरुका कारण बाँचेको हुन्छ । यसले तपाईंलाई यसरी विश्वस्त बनाएको हुन्छ कि आफ्नो करिअर र मानसिक स्वास्थ्यका लागि यससँग जोडिनु पर्छ भन्ने मानसिकताका साथ ‘नरभक्षी’ सोसल मिडियालाई आहार जुटाइदिन […]

७ अर्ब वर्षपछि पृथ्वीमा ठोक्कियो भयानक तरंग

काठमाडौं । आठवटा सूर्यबाट एकसाथ उत्सर्जन हुने ऊर्जा कति होला, कल्पना गर्नुस् त । त्यति नै परिमाणमा ब्रह्माण्डको एक भागमा उत्पत्ति भएको भयानक ऊर्जाको तरंग अन्ततः ७ अर्ब वर्षपछि पृथ्वीसम्म आइपुगको छ । दुईवटा ब्ल्याक होलहरु एक आपसमा मर्ज हुँदा निस्किएको ऊर्जाबाट सिर्जित गुरुत्वाकर्षण तरंगको झट्का (सक वेभ) पृथ्वीमा आएको तथ्य वैज्ञानिकहरुले पत्ता लगाएका हुन् […]

टिकटक खरिद गर्ने वालमार्टको इच्छा

काठमाडौं । लोकप्रिय सोसल मिडिया एप टिकटक खरिद गर्न चाहने अमेरिकी कम्पनीहरुको सूचिमा दिग्गज खुद्रा व्यापार कम्पनी वालमार्टसमेत थपिएको छ । टिकटकको अमेरिकी व्यवसाय खरिद गर्नका लागि यसअघि माइक्रोसफ्टले छलफल अगाडि बढाइसकेको छ । त्यस्तै ट्वीटरले समेत टिकटक खरिद गर्ने मनसाय बनाएको खबर आएको थियो । बीबीसीसँगको कुराकानीमा वालमार्टका अधिकारीले अमेरिकास्थित चिनियाँ भिडियो शेयरिङ एप […]

यी हुन् सबैभन्दा धेरै स्मार्टफोन बिक्री गर्ने टप फाइभ कम्पनी

काठमाडौं । चालु वर्ष सन् २०२० को दोश्रो त्रैमासिकमा विश्व बजारमा स्मार्टफोनको समग्र बिक्रीमा गत वर्षको सोही अवधिको तुलनामा २० प्रतिशतले गिरावट आएको छ । रिसर्च फर्म गार्टनरले सार्वजनिक गरेको रिपोर्ट अनुसार अप्रिलदेखि जुन महिनासम्मको अवधिमा २९ करोड ५० लाख गोटा स्मार्टफोन बिक्री भएका छन् । यो वर्षको दोश्रो त्रैमासिकमा पनि कोरोना भाइरस महामारीले स्मार्टफोनको […]

अमेरिकी सरकारको आदेशविरुद्ध अदालत जाँदै टिकटक

काठमाडौं । छोटो भिडियो शेयर गरिने लोकप्रिय एप टिकटक तथा उसको मातृ कम्पनी बाइट डान्ससँग कारोबारमा रोक लगाउने अमेरिकी सरकारको कार्यकारी आदेशविरुद्ध टिकटकले अदालतको ढोका ढक्ढकाउने भएको छ । यही सोमबार टिकटकले ट्रम्प प्रशासनको आदेशविरुद्ध अदालतमा अपिल गर्ने तयारी गरिरहेको रोयटर्सले उल्लेख गरेको छ । गत अगष्ट ११ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक कार्यकारी […]

अन्ततः माइक्रोसफ्टले इन्टरनेट एक्सप्लोरर बन्द गर्ने

काठमाडौं । कुनै समयको वेब ब्राउजरको बादशाह इन्टरनेट एक्सप्लोरर अन्ततः बन्द हुने भएको छ । सन् २०२१ को अगष्ट २१ देखि इन्टरनेट एक्सप्लोरर औपचारिक रुपमा बन्द हुने माइक्रोसफ्टले जनाएको छ । एक ब्लग पोष्टमार्फत् माइक्रोसफ्ट टिम्सको वेब एपले आगामी नोभेम्बर ३० देखि नै इन्टरनेट एक्सप्लोरर सपोर्ट नगर्ने समेत जानकारी उसले दिएको छ । अन्य माइक्रोसफ्ट […]

वि च्याटमाथि अमेरिकी प्रतिबन्ध : विश्व प्रविधि जगतमा के असर पर्ला ?

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत हप्ता एक कार्यकारी आदेश जारी गर्दै ४९ दिनभित्रमा कुनै अमेरिकी कम्पनीले खरीद नगरेको खण्डमा टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गरेसँगै विश्वको जीवन्त सामाजिक सञ्जाल तथा विस्तृत सोसल मिडियामा बजारलाई समाप्त गर्ने खतरा उत्पन्न भएको बताइएको छ । टिकटकविरुद्ध आदेश जारी गरिएकै दिन ट्रम्प प्रशासनबाट विभिन्न चिनियाँ एपहरुविरुद्ध अर्को […]