+
+
Shares

सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक संसद्‍मा दर्ता

अनलाइनखबर अनलाइनखबर
२०८२ असार १ गते ११:४३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले असार १ गते संसद्‍मा सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक दर्ता गरे।
  • विधेयकको उद्देश्य सूचना प्रविधिको विकास, नियमन र साइबर स्पेसमा रहेका सूचना संरक्षण हो।
  • यसले विद्युतीय अभिलेख र डिजिटल हस्ताक्षरको सत्यता कायम राख्न र साइबर कानूनलाई संशोधन गर्न लक्षित छ।

१ असार, काठमाडौं । सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक संसद्‍मा दर्ता भएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो विधेयक प्रतिनिधि सभामा दर्ता गरेका हुन् ।

विधेयकको प्रस्तावनाअनुसार सूचना प्रविधिको विकास, प्रवर्धन तथा नियमन गर्ने उद्देश्यले विधेयक आएको छ । विद्युतीय अभिलेख तथा डिजिटल हस्ताक्षरको सत्यता र विश्वसनीयता कायम राख्न, साइबर स्पेसमा रहेका सूचना, तथ्यांक वा विवरणको संरक्षण गर्ने भनिएको छ ।

सञ्चार तथा सूचना प्रविधिमन्त्री गुरुङकाअनुसार साइबर स्पेसमा रहेका सूचना, तथ्यांक वा विवरणलाई व्यवस्थित प्रयोग गर्न र साइबर सुरक्षा सम्बन्धी प्रचलित कानूनलाई संशोधन र एकीकरण गर्न विधेयक ल्याइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?