
२८ साउन, हेटौंडा । मकवानपुरको हेटौँडास्थित शहीद आकाश मेमोरियल क्याम्पसमा सूचना प्रविधिसँग सम्वन्धित ‘टेकनोभा फेष्ट २०२५’ आयोजना गरिएको छ।
कार्यक्रममा एआई विज्ञ इन्जिनियर सर्वज्ञ न्यौपानेले ‘एआई इन इन्डष्ट्री’ र साइबर सेक्युरिटी विज्ञ इन्जिनियर विजय गौतमले ‘इमर्जिङ ट्रेन्ड्स इन आईटी’ विषयमा पेपर प्रस्तुत गरेका थिए ।
क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुले तयार गरेको ‘च्याट बट’, ‘फिसिङ अट्याक’, एआई भ्वाइस एक्सप्लेनर’, क्यारियर पाथ न्याभिगेटर’ र ‘टेक टर्म एक्सप्लेनर’ विषयका डेमोहरु समेत प्रस्तुत गरिएको थियो।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मिनाकुमारी लामाले उद्घाटन गरेको आईटी फेयरमा १२ कक्षा पास गरेका करिब एक सय विद्यार्थीहरुको सहभागिता थियो।
कार्यक्रममा सूरी टेक्नोलोजी प्रालि, आरएमसी केमिकल इन्डष्ट्री, सफ्टी हाइजेनिक प्रोडक्ट प्रालि, मल्टिपल आइरन प्रालि, स्टिल्स एण्ड प्लाष्टिक उद्योग, एकता प्लाष्टिक्स प्रोडक्ट्स प्रालि लगायतसँग विद्यार्थीहरुको ‘इन्टर्न तथा रोजगारी’का लागि समझदारी पत्रमा हस्ताक्षर समेत गरिएको थियो । यसलाई आगामी दिनमा अझ विस्तार गरेर लैजाने आयोजक समिति अध्यक्ष महेश मोक्तानले जानकारी दिए ।
कार्यक्रममा क्याम्पस सञ्चालक समिति अध्यक्ष विजय गौतम, हेटौँडा स्कुल अफ म्यानेजमेन्टका प्रमुख पुरनबहादुर जोशी, क्याम्पस प्रमुख दिनेश सुवेदी लगायतले विद्यार्थी केन्द्रित सम्बोधन गरेका थिए।
क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुको क्लब SAMC Tech Club ले रोयल पार्टी प्यालेसमा कार्यक्रम आयोजना गरेको थियो ।
प्रतिक्रिया 4