Comments Add Comment

हङकङ

List Grid
हङकङमा प्रजातन्त्रवादी आन्दोलनमा सहभागी तीन जना पक्राउ

३० जेठ, काठमाडौं । हङकङको प्रहरीले तीन वर्षअघि भएको प्रजातन्त्रवादी आन्दोलनमा सहभागी भएका तीनजनालाई पक्राउ गरेको छ । तीन वर्षअघि भएको प्रजातन्त्रवादी आन्दोलनको तीन वर्ष पुगेको अवसरमा उक्त आन्दोलनमा सहभागी तीनजना पक्राउ परेका हुन् । हङकङमा प्रजातन्त्रवादी आन्दोलन चर्किएसँगै चीनले राष्ट्रिय सुरक्षा कानुन ल्याएको थियो । सोही कानुनअन्तर्गत अहिले चीनमा धेरै प्रजातन्त्रवादी नेताहरु पक्राउ परिरहेका […]

हङकङका मिडिया सञ्चालकलाई थप १४ महिना जेल सजाय

१४ जेठ, काठमाडौं । हङकङका प्रजातन्त्रवादी मिडिया सञ्चालक मोगुल जिम्मी लईलाई थप १४ महिनाको जेल सजाय सुनाइएको छ । उनलाई सन् २०१९ मा अनधिकृत सभामा भाग लिएको भन्दै १४ महिनाको जेल सजाय सुनाइएको थियो। यससँगै ७३ वर्षीय मोगुलको समग्र जेल सजाय २० महिना पुगेको छ । मोगुल अहिले सन् २०१९ मै भएको आन्दोलनमा सहभागी भएको […]

कसरी खोसिँदैछ हङकङको स्वायत्तता ?

२८ फागुन, काठमाडौं । हङकङको स्वायत्तताको मुद्दा अन्तर्राष्ट्रिय रुपमा निरन्तर उठ्दै आएको विषय हो । यद्यपि पछिल्लो केही वर्षयता यसको चर्चा अन्तर्राष्ट्रिय समुदायमा बढेको छ । स्वायत्तताको माग गर्दै सन् २०१९ मा निस्किएको ठूलो आन्दोलनपछि भने हङकङको स्वायत्तताबारे अन्तर्राष्ट्रिय समुदायको चासो तथा दबाव बढ्दो क्रममा देखिएको हो । तर, चीनले त्यसको ठीक उल्टो हङकङलाई आफ्नो […]

चीनमा हङकङको निर्वाचनमा अंकुश लगाउने नियम पारित

२७ फागुन, काठमाडौं । चीनको संसद्ले हङकङको निर्वाचनमा अंकुश लगाउन सक्ने विवादित नियम पारित गरेको छ । पारित गरिएको नियममा हङकङको निर्वाचनमा उम्मेदवारका विषयमा पनि विशेषाधिकार (भिटो) प्रयोगको अनुमति दिइएको छ । हङकङमा ठूलो संख्यामा मानिसहरुले प्रजातन्त्रको विषयमा प्रदर्शन गर्दै आएको अवस्थामा चीनले देशभक्त उम्मेदवार छान्नका लागि यो नियम ल्याएको हो । बिहीबार चीनको संसद्का […]

हङकङमा पक्राउ परेका ४७ प्रजातन्त्रवादी नेतामध्ये १५ जनालाई जमानत

२१ फागुन, काठमाडौं । हङकङमा राज्य प्रणालीमा क्षति पुर्‍याएको मुद्दामा पक्राउ परेका ४७ मध्ये १५ प्रजातन्त्रवादी नेताले जमानत पाएका छन् । अदालतमा सुनुवाइको क्रममा १५ जनाले जमानत पाएका हुन् । तर, सबैजना अझै केही समय हिरासतमा नै बस्नेछन् । हङकङको न्याय विभागले उनीहरुलाई जमानत दिने निर्णयविरुद्ध अपिल गरेको कारण यसबारे फैसला नआउँदासम्म उनीहरुलाई हिरासतमा नै […]

हङकङका नागरिकलाई बेलायतमा विशेष भिसा

१८ माघ, काठमाडौं । बेलयतमा आइतबारदेखि हङकङका नागरिकहरुलाई नागरिकता दिने उद्देश्यका साथ ल्याइएको विशेष भिसा योजना सुरु भएको छ । यो योजनाअन्तर्गत हङकङका करिब तीन लाख मानिसहरुले यो योजनामा सहभागी भई बेलायतको भिसा लिने अनुमान गरिएको छ । अहिले ल्याइएको भिसा योजना बेलायती राष्ट्रिय (ओभरसिज) पासपोर्ट भएका मानिसहरुका लागि लागू हुनेछ । उनीहरुले छिटो बाटोबाट […]

हङकङमा प्रजातन्त्र पक्षधर ५३ जना पक्राउ

२२ पुस, काठमाडौं । हङकङमा प्रजातन्त्र पक्षधर ५३ जना पक्राउ परेका छन् ।  हङकङ प्रहरीले बुधबार दिएको जानकारी अनुसार वर्तमान सरकार हटाउन विपक्षी उम्मेदवारलाई छान्न गरिएको अवैध मतदानमा संलग्न भएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो । बुधार उनीहरुलाई पक्राउको लागि एक हजारभन्दा धेरै प्रहरी परिचालन गरिएको थियो । गत जुन महिनामा चीनले हङकङका लागि विवादित […]

नेपाल एयरलाइन्सको हङकङ उडानमा यात्रुमाथि कडाइ

२९ मंसिर, काठमाडौं । नेपाल एयरलाइन्सले हङकङ उडानमा कडाइ गर्ने भएको छ । नेपालबाट गएका यात्रुमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएपछि चौथो प्रतिबन्ध भोगेको एयरलाइन्सले हङकङ यात्राका लागि अधिकतम ४८ घण्टाभित्र पीसीआर रिर्पोट नेगेटिभ चाहिने बताएको छ । यसअघि ७२ घण्टाभित्र पीसीआर रिर्पोट नेगेटिभ आएकाहरुलाई यात्रा अनुमति दिइएको थियो । तर त्यसरी हङकङ […]

नारिता र हङकङ उड्ने यात्रु ४ घण्टा अगाडि नै विमानस्थल पुग्नुपर्ने

१२ मंसिर, काठमाडौं । काठमाडौंबाट जापानको नारिता र हङकङ उड्ने यात्रु अब जहाज उड्ने समयभन्दा चार घण्टा अगाडि नै विमानस्थल पुग्नुपर्ने भएको छ । नेपाल एयरलाइन्सले विमानस्थल समय एक घण्टा थप भएको जानकारी गराएको छ । यसअघि अन्तर्राष्ट्रिय उडानका दौरान  तीन घण्टा अगाडि विमानस्थल पुग्नुपर्ने नियम थियो । त्यस अवधिमा विमानस्थलभित्रका चेकजाँच प्रक्रिया पुरा गरी […]

हङकङले कोरोना संक्रमित विपन्न नागरिकलाई राहत दिने

८ मंसिर, काठमाडौं । हङकङले कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित भएका आफ्ना नागरिकहरुलाई पाँच हजार हङकङ डलर राहत दिने भएको छ । हङकङका स्वास्थ्यमन्त्रीले कोरोना संक्रमण बढेसँगै संक्रमणको कारण आफ्नो आम्दानी गुम्न सक्ने अवस्थामा पुगेका मानिसहरुलाई उक्त राहत प्रदान गरिने बताएका हुन् । हङकङमा कोरोना संक्रमणको चौथो लहर चलिरहेको अवस्थामा सरकारले यस्तो घोषणा गरेको हो […]

नेपाली रेष्टुरेन्टमा आगलागीपछि हङकङमा पुराना भवनको अनुगमन गरिने

२ मंसिर, काठमाडौं । हङकङको फायर सर्भिस डिपार्टमेन्ट (एफएसडी) र बिल्डिंग्स डिपार्टमेन्ट (बीडी)ले ६० वर्षभन्दा पुराना करिब २५ सय डोमेस्टिक वाच कम्पोजिट भवनको अनुगमन गर्ने भएको छ । यस वर्षको अन्तिमसम्ममा सहरका सबै पुराना भवनहरुको अनुगमन गरिने चाइना डेल्लीले उल्लेख गरेको छ । आइतबार बेलुका हङकङको नेपाली रेष्टुरेन्टमा भएको आगलागीमा ८ वर्षीय बालकसहित ७ जनाको मृत्यु […]

हङकङमा प्रजातन्त्र पक्षधर सांसदले दिए सामूहिक राजीनामा

२६ कात्तिक, काठमाडौं । हङकङमा प्रजातन्त्र पक्षधर सांसदहरुले राजीनामा दिएका छन् । चार जना सांसदलाई अयोग्य घोषित गरिएसँगै प्रजातन्त्रपक्षधर सांसद्हरुले सामूहिक राजीनामा दिने निर्णय गरेका हुन् । बुधबार चीनले हङकङलाई राष्ट्रिय सुरक्षाको जोखिमको सम्भावना भएका सांसद हटाउन सक्ने अधिकार दिने प्रस्ताव पारित गरेको थियो । सोही अधिकारको आधारमा हङकङको सरकारले प्रजातन्त्र पक्षधर चार सांसदलाई हटाउने निर्णय […]

हङकङ मामिलामा चीनलाई ५५ मुलुकको साथ

२२ असोज, काठमाडौं । चीनले हङकङ र सिनजियाङको विषयमा पछिल्ला केही महिनामा लिएको निर्णयलाई ७० भन्दा बढी मुलुकहरुले समर्थन गरेका छन् । संयुक्त राष्ट्रसंघको जारी महासभामा सो सफलता प्राप्त भएको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । राष्ट्रसंघको जनरल डिवेट सम्वन्धी तेस्रो कमिटीको बैठकमा हङकङको वहानमा चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न खोजिएको भन्दै पाकिस्तानले ५५ वटा […]

हङकङमा निर्वाचन स्थगित भएको विरुद्धमा प्रदर्शन, तीन सयभन्दा धेरै पक्राउ

२२ भदौ, काठमाडौं । हङकङमा संसदीय निर्वाचन एक वर्ष स्थगित गर्ने निर्णयविरुद्ध हङकङमा आइतबार प्रदर्शन भएको छ । यो प्रदर्शनको क्रममा करिब तीन सय मानिसहरु प्रक्राउ परेका छन् । हङकङमा सेप्टेम्बर ६ मा निर्वाचन हुने तालिका थियो । तर, कोरानेा भाइरस (कोभिड-१९) को महामारीको कारण सरकारले यो निर्वाचन एक वर्ष पछि सार्ने निर्णय गरेको थियो । […]

ल्हासामा ढकाल, हङकङमा राना बने महावाणिज्यदूत

१५ भदौ, काठमाडौं । सरकारले चीनको ल्हासास्थित नेपाली महावाणिज्यदूतमा नवराज ढकाल र हङकङको महावाणिज्यदूतमा उदयबहादुर रानामगरलाई नियुक्त गरेको छ । मन्त्रिपरिषदको आइतबार साँझ बसेको बैठकले उनीहरुलाई महावाणिज्यदूतमा नियुक्त गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । प्रशासन सेवाका यी दुबै सहसचिवलाई सरकारले अघिल्लो हप्ता परराष्ट्र मन्त्रालयमा सरुवा गरेको थियो । […]

हङकङमा एक दैनिक पत्रिकाका सञ्चालक पक्राउ

२६ साउन, काठमाडौं । हङकङमा एक दैनिक पत्रिकाका संस्थापक पक्राउ परेका छन् । एप्पल डेली नामक पत्रिकाका संस्थापक जिम्मी लाइ ची यिङ पक्राउ परेका हुन् । हङकङका लागि ल्याइएको नयाँ राष्ट्रिय सुरक्षा कानुनअन्तर्गत उनलाई पक्राउ गरिएको हो । यिङको मिडिया ग्रुप नेक्स्ट डिजिटलको मुख्यालयमा पनि प्रहरीले छापा मारेको छ । नेक्स्ट मिडिया ग्रुपले एप्पल डेल्ली […]

हङकङमा कोरोना नियन्त्रण गर्न चीनको सहयोग

१९ साउन, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि चीनले हङकङमा मेडिकल विशेषज्ञको टोली पठाएको छ । चीनले कोरोना भाइरस परीक्षणका लागि पठाउन लागेको ६० सदस्यीय टोलीमध्ये सात स्वास्थ्य अधिकारी हङकङ पुगेका हुन् । पहिलोपटक चिनियाँ स्वास्थ्य अधिकारीहरु हङकङलाई सहयोग गर्न पुगेका हुन् । पछिल्लो केही दिनयता हङकङमा कोरोना संक्रमितको संख्या बढिरहेको समयमा चिनियाँ टोली […]

हङकङमा अझै ठूलो संख्यामा फैलिन सक्छ कोरोना संक्रमण, सरकारले व्यक्त गर्‍यो चिन्ता

१४ साउन, काठमाडौं । पछिल्लो केही दिनयता कोरोना भाइरस (कोभिड-१९) का संक्रमित बढ्दै गरेको अवस्थामा हङकङकी नेतृ क्यारी लामले हङकङको अस्पतालको प्रणालीमा यो महामारीले असर गर्न सक्ने बताएकी छिन् । उनले मानिसहरुलाई घरमा नै बस्न आग्रह गरेकी छिन् । साथै उनले ठूलो संख्यामा हङकङमा कोरोना भाइरस फैलिन सक्ने सम्भावना रहेको बताएकी छिन् । यसरी कोरोना […]

बेलायत-चीन सम्बन्ध : व्यापार रोज्ने कि हङकङ ?

काठमाडौं । नयाँ राष्ट्रिय सुरक्षा कानुनलाई लिएर बेलायतले गत मंगलबार हङकङसँग भएको सुपुर्दगी सन्धि अनिश्चितकालका लागि निलम्बन गर्ने घोषणा गरेको थियो । र, हङकङको मुद्दाले चीन र बेलायतको सम्बन्धमा धेरै परिवर्तन भइरहेको देखिन्छ छ । यसअघि दुई मुलुकको सम्बन्ध यस्तो थएन । पछिल्लो दुई दशकमा मात्र दुई मुलुकको आर्थिक सम्बन्ध उल्लेख्य विस्तार भएको छ । […]

हङकङमा विद्यार्थीलाई राजनीतिक गतिविधिमा रोक

२५ असार, काठमाडौं । हङकङका विद्यार्थीहरुलाई विद्यालयमा कुनै पनि राजनीतिक गतिविधिमा संलग्न हुनमा रोक लगाइएको छ । हस्ताक्षर कार्यक्रम, नारा लगाउने र कक्षा बहिस्कार गर्नेलगायतका राजनीतिक गतिविधिमा उनीहरुलाई प्रतिबन्ध लगाइएको हङकङका शिक्षामन्त्रीले बताएका हुन् । गत वर्ष हङकङमा भएको प्रजातन्त्रवादी आन्दोलनमा हजारौं बालबालिकाहरु भेला भएका थिए । यस्तोमा एक हजार ६ सय बालबालिकाहरु हिंसात्मक गतिविधिमा […]

हङकङको नयाँ सुरक्षा कानुन : किन डराइरहेका छन् मानिसहरू ?

१८ जेठ, काठमाडौं । चीनले हङकङका लागि ल्याएको नयाँ राष्ट्रिय सुरक्षा कानुनसँगै विश्वको ध्यान त्यसतर्फ मोडिएको छ । पश्चिमा मुलुकहरूले स्वतन्त्रता विरोधी कानुनको संज्ञा दिएर यसको विरोध गरिरहेको छ । अर्काेतर्फ हङकङका नागरिकहरू समेत आन्दोलनमा छन् । आखिर त्यो नयाँ कानुनले हङकङमा कस्तो परिवर्तन ल्याउने आकलन छ त ? कानुनका जानकारहरू राष्ट्रिय सुरक्षा कानुनले आधारभूत […]