Comments Add Comment

विनोद घिमिरे

लेखकबाट थप

List Grid
अध्ययन बिदा लिएर राजनीतिक नियुक्ति

४ साउन, काठमाडौं । मध्यपश्चिम विश्वविद्यालयका एक जना डीनले अध्ययन बिदा लिएर राजनीतिक नियुक्ति लिएको खुलासा भएको छ । इन्जिनियरिङ संकायका डीन अनन्तराज घिमिरेले अध्ययन बिदा लिएर ऊर्जा मन्त्रालय अन्तर्गतको विद्युत उत्पादन कम्पनी लिमिटेडको म्यानेजिङ डाइरेक्टर (प्रबन्ध निर्देशक) पदमा राजनीतिक नियुक्ति लिएका हुन् । सो कम्पनीको अध्यक्ष ऊर्जा मन्त्रालयको सचिव हुने व्यवस्था छ । सहप्राध्यापक […]

रामबहादुर कुरुम्वाङ : सिनियरलाई पन्छाउँदै कसरी पाए दाङको सीडीओ ?

१० असार, काठमाडौं । सिनियर सहसचिवहरुलाई गृह मन्त्रालयमै थन्काएर उपसचिव रामबहादुर कुरुम्वाङलाई दाङ जिल्लाको सीडीओ बनाइएको छ । सर्वोच्च अदालतको आदेशबाट खगराज अधिकारी गृहमन्त्रीबाट पदमुक्त हुनुअघि दुई जिल्लाको सीडीओ हेरफेर गर्दा कुरुम्वाङले दाङ जिल्ला हाँक्ने जिम्मेवारी पाएका हुन् । उनी आइतबार दाङमा हाजिर हुँदैछन् । यही असार १८ गते अवकाश हुन लागेका दाङका प्रजिअ दीर्घनारायण […]

बाढी-पहिरोबाट १८ लाख बासिन्दा उच्च जोखिममा, पूर्वतयारी फितलो

२८ जेठ, काठमाडौं । राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार २०६८ साल वैशाख १ देखि २०७७ चैत ३१ सम्मको अवधिमा पहिरोबाट १२ सय ५ जनाले ज्यान गुमाए भने २९७ जना बेपत्ता भए । यस वर्ष सरकारले तयार पारेको सम्भावित सूची अनुसार २३ जिल्लाका १७ लाख बासिन्दा बाढीबाट र २६ जिल्लाका १ लाख २० […]

नेपाल भित्रियो मनसुन, एक–दुई दिनमा देशभर फैलिने

२८ जेठ, काठमाडौं । यस वर्षको मनसुन नेपाल भित्रिएको छ । औसत मिति जुन १३ अर्थात् जेठ ३० गतेभन्दा दुई दिन अगाडि नै मनसुनको आगमन भएको हो । गत वर्ष जुन १२ मा भित्रिएको मनसुन अक्टुबर १२ मा बाहिरिएको थियो । शुक्रबार पूर्वी नेपाल हुँदै भित्रिएको मनसुन प्रदेश १, प्रदेश २ र बागमती प्रदेशसम्म फैलिएको […]

सर्वोच्चको आदेश कुर्दै विपक्षी गठबन्धन, बनेन आन्दोलनको खाका

१८ जेठ, काठमाडौं । ६ महिनाको अवधिमा दोस्रो पटक संसद विघटन भएपछि विपक्षी गठबन्धनले राजनीतिक र कानुनी लडाइँ लड्ने निर्णय गरेका छन् । कानुनी लडाइँ सर्वोच्च अदालतमा पुगिसके पनि राजनीतिक रुपमा गर्ने भनिएको संघर्षको खाका बनाउन दलहरुले सकेका छैनन् । दोस्रो लहरको कोरोना महामारीको प्रतिकूल परिस्थितिको कारण अघिल्लो पटकको जस्तो सडकमा उत्रिन नसकेका विपक्षी दलहरु […]

लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिश

२६ वैशाख, काठमाडौं । संवैधानिक परिषदले लोक सेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधव रेग्मीलाई नियुक्त गर्न सिफारिश गरेको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको परिषद बैठकले झापा गौरादह–३ का रेग्मीलाई लोक सेवा आयोगको अध्यक्ष पदमा नियुक्तिको सिफारिश गरेको स्रोतले बतायो । लोक सेवा आयोगको अध्यक्षमा सचिव शिशिरकुमार ढुंगाना र रेग्मीको नाम प्रस्तावित थियो । […]