Comments Add Comment

ओपोको पुरुष एम्बेसेडर भए सिद्धार्थ मल्होत्रा


१५ कात्तिक, काठमाडौं । ओपोले कार्तिक १२ गते भारतीय अभिनेता तथा पूर्व मोडल सिद्धार्थ मल्होत्रालाई आफ्नो नयाँ पुरुष एम्बेसेडरका रुपमा घोषणा गरेको छ । सिद्धार्थ मल्होत्रा लोकपि्रय र चर्चाको शिखरमा अघि बढी रहेका ‘मुभी स्टार’ हुन् ।

ओपोले लामो समयदेखि चिरपरिचित भारतिय अभिनेत्री तथा चलचित्रकी सुपर स्टार दिपिका पादुकोणसंग महिला एम्बेसेडरका रुपमा सहकार्य गरिरहेको छ ।

हाल ओपोले नेपाली बजारमा नयाँ सेल्फी एक्सपर्ट एण्ड लिडर ओपो एफफाइभ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । ओपो एफ फाइभ यही नोवेम्बर महिनाको मध्यतिर सार्वजनिक हुने अनुमान गरिएको छ । नयाँ फोनका साथै कम्पनीले आफ्नो ट्याग लाइन ‘ओपो क्यामेरा फोन’ बाट ‘ओपो सेल्फी एक्स्पर्ट एण्ड लिडर’का रुपमा स्थापित गर्दैछ ।

सार्वजनिक हुने तयारीमा रहेको ओपो एफफाइभको प्रमोशनका लागि कम्पनीले आफ्ना फेसबुक, टि्वटर, ईन्स्टाग्राम लगायत सामाजिक सञ्जालको माध्यमबाट विभिन्न क्याम्पेनको समेत आयोजना गरिरहेको छ । यही क्रममा केही दिन अघि कम्पनीले आफ्ना फ्यान्ससँग अन्तरक्रिया बढाउने सोचका साथ सामाजिक सञ्जालमा ‘गेस दि एम्बेसेडर’ क्याम्पेन सञ्चालन गरेको थियो ।

यही क्रममा कात्तिक १२ गते पुरुष एम्बेसेडरको घोषणाका लागि भिडियो पोष्ट गरी सिद्धार्थ मल्होत्रालाई पुरुष ब्राण्ड एम्बेसेडरका रुपमा घोषणा गरेको हो । कम्पनीले आफुद्वारा सञ्चालित ‘गेस दि एम्बेसेडर’ क्याम्पेनका विजेताको रुपमा प्रविना श्रेष्ठको छनोट समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment