Comments Add Comment

माओत्सेतुङबारे सोच्न बाध्य पार्ने नाटक : अ नाईट विद माओ

प्रेम बुढाथोकी

कलाप्रेमी माझ थियटर्स भिलेजमा मञ्चन भैरहेको नाटक ‘अ नाईट विद माओ’ एउटा उपयुक्त छनौट हुन सक्छ । बीसौं शताब्दीका एक चर्चित एवं विवादास्पद छवियुक्त चिनियाँ जनक्रान्तिका अगुवा राजनीतिज्ञ माओत्सेतुङको अत्यन्त व्यक्तिगत जीवनको लगभग क्रान्ति सम्पन्न पश्चातको एउटा पाटोलाई समेटिएर प्रस्तुत गरिएको नाटकले माओप्रतिको आम धारणालाई फरक तरिकाले सोच्न बाध्य पार्छ ।Mao

नाटकका मुख्य कलाकार रोबार्ट लिन स्वयम माओको जीवनी अध्येता त हुन् नै, साथसाथै यो नाटकको विषयवस्तुमाथि करिव बीस वर्ष गहिरो खोज अनुसन्धानको परिणामस्वरुप माओका यसअघि कहिल्यै नसुनेका, नपढेका तथ्यहरुले दर्शकहरुलाई उनको भिन्न जीवनको पाटोबारे बताउछन् ।

आमरुपमा देखिने एउटा चिनियाँ क्रान्तिको निडर, निर्भिक ठोस निर्णकर्ता, कठोर अगुवा नेताभित्र सल्बलाउने संवेगहरुले पोतिएको सिङ्गो क्यानभास झैं लाग्छ नाटक ।

माओ आफ्ना व्यक्तिगत सुरक्षाकर्मीका साथ प्रेमका कुरा गर्छन्, प्रेमपत्रहरु रच्न लगाउँछन् । शयनकक्षमा कुनै महिलाका साथ प्रेममा लिप्त हुन्छन् । माओका चार पत्नी मध्येकी सबैभन्दा कान्छी चियाङ चिङ -जो पहिले रङ्ग कलाकार थिइन्) का माध्यमबाट समेत माओको अनेक व्यक्तिगत पाटोहरुलाई उजागर गरिएको छ ।

एकठाँउमा उनी भन्छिन्, ‘उ मलाई कुकुरजस्तै व्यवहार गर्छ । जतिखेर टोक्न मनलाग्यो, टोक्यो हिँड्यो ।’ एउटा अहमको वस्तुगत र भावनात्मक बनौटबीचको विभिन्नतामाथि नाटक अदृश्य रुपमा बहस चलाउँछ ।

एस्तो लाग्छ, एउटा आगोको मुस्लोभित्र लुकेको कमलो मन जस्तै हिंसा र ध्वंशबाट नयाँ निर्माण हुन्छ भन्ने कठोर मानसिकताको आवरणका विरुद्ध जीवनका अन्तिम क्षणहरुमा माओमाथि भावनात्मक संवेगात्मक पक्ष चरम हाबी भएर आएको देख्न सकिन्छ । यस समय उनी आफूले कतै गल्ती गरंे कि भन्ने दुविधामा परेझै देखिन्छन् । लामो सुस्केरामा माओ भन्छन्, ‘मान्छेले आˆनो बाल्यकाल एवं त्यसबेलाका साथी र प्रेमिकाहरु कहिले भुल्न सक्दैनन् ।’

युद्धका दौरान धर्मलाई अफिम हो भन्दै पढाउने माओ वुद्धका मूर्ति सम्झन्छन् । वस्तुवादी तथा भौतिकवादी दृष्टिकोणबाट जीवन, जगत र इतिहासको व्याख्या गरेर नथाक्ने एउटा नेता किन अन्तिम दिनहरुमा भगवान सम्भिmन्छ ? किन प्रकृति नै सर्वेसर्वा हो भनेर चित्त बुझाउँछ ? नाटकले रसिक ढंगले गहन प्रश्नहरु समेत खडा गर्छ ।

करिव दुई घण्टा लामो नाटक बहुकथनात्मक शैलीमा मिनिमालिस्ट सिद्धान्तलाई बहुत राम्रोसँग उपयोग गर्दै प्रस्तुत गरिएको छ । प्रतिभावान चिनियाँ -अमेरिकी रङ्ग तथा फिल्म कलाकार रोबर्ट लिन बहुचारित्रिक भूमिकामा देखिन्छन् । जस्तो कि माओका निजी सुरक्षा गार्ड, माओकी विचलित पत्नी चियाङ चिङ तथा स्वया् माओ, सबै भूमिकामा उनी जोडदार लाग्छन् ।

ध्वनी तथा प्रकाशको संयोजन निकै राम्रोसँग गरिएको नाटकमा प्रोजेक्टरका माध्यमले माओको जीवनीसँग सम्बन्धित विभिन्न आयामका फोटोहरुले नाटकको कथानकलाई अझ बोधगम्य बनाएर पस्कन निर्देशक विमल सुवेदी तथा यटिन पारकानीले निकै मिहिनेत गरेका छन् । नाटकको बीचबीचमा बज्ने चिनियाँ परम्परागत धुनहरुले साँच्चिकै सोही वातावरणको अनुभवसमेत प्रदान गर्छ ।

समग्रमा नाटकले माओका अदृश्य व्यक्तिगत पाटोहरुलाई कलात्मक रुपले उजागर गर्दै भरपुर मनोरञ्जन प्रदान गर्नका साथै दर्शकहरुको माओमाथिको पुरानो दृष्टिकोणलाई केही नयाँ ढंगले सोच्न बाध्य पार्छ ।

करिब दुई घण्टाको समयसीमामा देखाइने नाटक फिल्ममा जस्तो वीचमा ब्रेक नहुनेहँुदा कतिपयका लागि लामो लाग्न सक्दछ । साथसाथै यो नाटक अंग्रेजी माध्यममा प्रस्तुत गरिएकाले भाषामा समस्या नहुनेहरुका लागि मात्र रमाइलो हुन सक्दछ । यस्तो कुरामा समस्या छैन भने तपाईं रङकर्मी तथा हलिउड कलाकार रोबर्ट लिनद्वारा अभिनित बहुप्रतिक्षित नाटकलाई कुनै ब्रोड वे थियटरको स्वादमा झै रसस्वादन गर्नसक्नु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment